Latest Updates :
LATEST UPDATES
Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

पिताले बनाइदिए छोरीको बायोडाटा, हेर्नुस् र हाँसो रोकेर देखाउनुस्

एजेन्सी। पिताले छोरीको बायोडाटा बनाइदिनु सामान्य हो । धेरै पिताहरुले छोरीको बायोडाटा बनाइदिन्छन् । तर, इङल्याण्डका एक पिताले आफ्नी छोरीको लागि यस्तो बायोडाटा बनाइदिए कि केही दिनमै भाइरल भएको छ । ती युवतीले आफ्ना पितालाई आफ्नो बायोडाटा बनाउन भनेकी थिइन् । बायोडाटा बनाउँदा पिताले पनि पूरै इमानदारी देखाए र त्यसमा केही पनि झुट लेखेनन् । यो बायोडाटा सामाजिक संजालमा चर्चित भइरहेको छ ।



जानकारीका अनुसार लरेन नामकी युवतीले पितालाई सिभी बनाइदिन भनेकी थिइन् । उनका पिताले पनि सिभीमा शैक्षिक योग्यता, कामको अनुभव, गुण र क्षमताका बारेमा लेखे । तर, उनले जे लेखे त्योदेखेर पूरै ट्वीटर हाँसिरहेको छ । उनले सिभीकमा छोरीको बारेमा लेखे कि उनी २ विषयमा फेल छिन् ।  त्यसपछि उनले छोरीको कामको अनुभवको बारेमा पनि बयान गरे । त्यसमा उनले लेखे कि उनी फेसबुक चलाउँछिन्, कसैको कुर ासुन्दिनन्, क्लाइन्टको सबै जानकारी फ्रड गर्नेहरुलाई दिन्छिन् । लरेनका पिता यत्तिमा रोकिएनन् ।



उनले सिभीमा अगाडि लेखे कि उनी अहिले १६ वर्षकी छिन् तर कुनै कुराको पर्वाह नगर्ने खालकी छिन् । उनी अल्छी छिन् यसका अलावा उनी खराब व्यवहार गर्ने ध्यान नदिनेवाली युवती पनि हुन् । यी सब कुरा उनली छोरीको क्षमताको विषयमा लेखे । सिभीको अन्त्यमा उनले यो पनि लेखे कि सिभीबारे सोध्न उनलाई सम्पर्क नगरियोस् । लरेनले यो सिभी ट्वीटरमा शेयर गरेकी छिन् ।

बैंक लुटेर भागेको ६० वर्षपछि त्यहीँ ठाउँमा फर्किंदा बैंकको ठाउँमा रेष्टुरेण्ट देखेपछि…

एजेन्सी। १९८५ मा इम्पिरियल बैंक अफ क्यानडाको ओटावा शाखाबाट बैंककै चिफ टेलरले २ लाख ६० हजार डलर चोरी गरे । चोरीपछि उनी अमेरिका भागे । केही दिन पछि नै अमेरिकाको प्रहरीले उनलाई पक्राउ गर्यो । ६० वर्षपछि उनी क्यानडा फर्किएपछि उनले बैंकको त्यो शाखा भएको ठाउँमा अहिले रेष्टुरेण्ट भएको थाहा पाए । उनी त्यही रेष्टुरेण्टमा गएर साथीहरुसँग भव्य पार्टी गरे । उनको कहानी सुनेपछि रेष्टुरेण्टमा उनको ६० वर्षअघिको ‘वान्टेड’ सूचनालाई पोस्टर बनाएर टाँसिएको छ ताकि मानिसहरु गलत बाटोमा नजाउन् ।
१० अगष्ट २०१८ का दिन बैंक लुटेरा बोयने लेस्टर जोनसन अमेरिकाबाट क्यानडा आएका थिए । क्यानडा आएपछि उनले बैंको शाखा भएको ठाउँमा अहिले रेष्टुरेन्ट भएको थाहा पाए । जोनसनका एक साथले रेष्टुरेण्ट बुक गरे र व्यवस्थापनलाई भने ‘म मेरो त्यो साथीलाई त्यो बैंकमा ल्याउँदैछु जुन बैंक उसले लुटेको थियो ।’ लञ्चपछि जोनसन पूरै रेष्टुरेण्ट घुमे । उनी त्यहाँ पनि गए जहाँ बैंकको सेफ थियो । रेष्टुरेण्टले त्यो ठाउँमा अहिले बार बनाएको छ । जोनसनले आफ्ना साथी, रेष्टुरेण्टका वाइन डाइरेक्टर म्याकमोहन र हेड शेफसँग श्याम्पेन पिए र चोरीको पूरै कहानी सुनाए ।
जोनसनले बताए कि १९५८ मा उनी बैंकमा हेड टेलर थिए । त्यतिबेला उनी २० वर्षका थिए । उनले अक्सर देख्थे कि शुक्रबारको दिन विदाको चक्करमा उनका अन्य सहकर्मी बैंकमा भएको नगद गन्न बिर्सिन्थे । एक शुक्रबार उनले बैंकको सेफबाट २ लाख ६० हजार डलर चोरे । त्यसपछि सेफमा टाइमर लगाइदिए ताकि त्यो सेफ सोमबारभन्दा पहिले खोल्न नसकियोस् । चोरी गरेको भोलिपल्ट सोमबार उनी आफ्नी पत्नी र आमासँग अमेरिकाको डेनेभर गए ।
जोनसनले डेनेभरको एक नाइट क्लवमा पार्टी गरिरहेका बेला एक महिला वेटरले उनको वान्टेड वाला पोस्टरबाट उनलाई चिनिन् र प्रहरीलाई खबर गरिदिइन् । प्रहरीले उनीसँगबाट २ लाख ५८ हजार डलर बरामद गरे । ४ हजार डलर भने उनले खर्च गरिसकेका थिए । खर्च गरेको रकम जोनसनका पिताले तिरेका थिए । जोनसनलाई ४ वर्षको जेल सजाय तोकिएको थियो तर उनी २ वर्षपछि नै १९६० मा जमानतमा रिहा भए । त्यसपछि उनी अमेरिकामै सेटल भए ।

कार चढेर विश्वकप हेर्न पुगेका क्रोएसियाली समर्थक बाटैबाट फर्काइए

काठमाडौं – फूटबल विश्वकपको फाइनलमा आफ्नो टोलीको समर्थन गर्नका लागि क्रोएसियाका चार साथीहरू चार हजार किलोमिटर पर रहेको मस्कोतिर कार चढेर गए ।

उनीहरू खासमा क्वार्टरफाइनल हेर्न गएका थिए । मस्कोसम्म कार चलाएरै जाने भनी उनीहरूले सहमति बनाएका थिए । उनीहरू हंगेरी, रोमानिया र मोल्दोभालाई पार गर्दै युक्रेनस्थित रुसको सीमामा पुगे ।

तर उनीहरूलाई क्राइमिया हुँदै रुस छिर्न दिइएन किनकि रुस र युक्रेनबीचको यो क्षेत्र सन् २०१४ देखि विवादित छ । उनीहरूले क्वार्टरफाइनल हेर्न पाएनन् ।

क्वार्टरफाइनलमा रुसलाई हराएर क्रोएसिया अघि बढेपछि ती चारै साथीहरू फेरि टीमको सपोर्ट गर्न हौसिए । तर उनीहरूलाई क्रोएसिया फर्किनुको विकल्प थिएन । उनी फेरि दुई हजार किलोमिटर फर्केर क्रोएसिया आए ।

त्यसपछि चारैजना विमान चढेर मस्को पुगे र फाइनलको टिकट खोज्न थाले । फाइनलको एउटा टिकटको मूल्य दुई हजार डलर पुगिसकेको थियो । चारैजनाले टिकट किन्दा आठ हजार डलर तिर्नुपर्ने हुन्थ्यो ।

समूहका एक सदस्य डुब्राव्को फ्लेगरका अनुसार, पहिलोपटक हामी म्याच हेर्न कार चढेर गयौं । रुस–क्राइमिया सीमाको नियमबा बारेमा हामीलाई थाहा भएन । बेकारमा ६ दिन नाश भयो । त्यसपछि क्रोएसियाले खेल जित्दै जित्दै फाइनल
पुगेपछि टिकट लिन जाँदा यति महंगो पर्ने देखियो कि चारैजनाले मिलेर एउटा कार किन्न सकिने देखियो ।

सलमान खान र गोविन्दालाई ‘डान्सिङ अंकल’को च्यालेन्ज (भिडियोसहित)

मुम्बइ। ‘डान्सिङ अंकल’को नामले चर्चित भएका प्रोफेसर संजीव श्रीवास्तव नयाँ इन्टरनेट सनसनी बनेका छन् । दिन प्रतिदिन उनका नयाँ डान्स भिडियोहरु सामाजिक संजालमा आइरहेका छन् । उनको लोकप्रियता यतिसम्म बढेको छ कि उनको गृहनगर विदिशा नगर निगमले उनलाई आफ्नो ब्राण्ड एम्बेसेडर बनाएको छ ।

बढिरहेको लोकप्रियता हेर्दै संजीवले आफ्नो नयाँ ट्वीटर ह्याण्डल पनि बनाएका छन् । ट्वीटरमा पनि उनको लोकप्रियता यतिसम्म छ कि ह्याण्डल बनेको २४ घण्टामै उनका १० हजारभन्दा धेरै फलोअर बनेका छन् । उनले लोकप्रियतालाई हेर्दै इन्स्टाग्राममा पनि एकाउण्ट खोलेका छन् ।

प्रोफेसर श्रीवास्तवले आइतबार आफ्नो एक डान्स भिडियो पोस्ट गरेका छन् । यो भिडियोमा उनी पार्टनर फिल्मको गीत ‘सोणी दे नखरे…’मा डास्न गर्दै गरेका देखिएका छन् । डान्सिङ अंकलको डान्स यतिसम्म हिट भइसकेको छ कि अब सोसल मिडियामा प्रयोगकर्ताले संजीवमुभ्स ह्याशट्यागबाट उनको भिडियो शेयर गरिरहेका छन् ।

आफ्नो पछिल्लो भिडियो शेयर गर्दै संजीवले लेखेका छन् ‘गोविन्दा र सलमानलाई म उनकै यो गीतमा संजीवमुभ्स गर्न च्यालेन्ज गर्छु ।’ भिडियो हेरेपछि केहीले उनलाई बिगबोस १२ को दावेदार मानेका छन् भने केहीले उनको डान्स सलमानको भन्दा पनि राम्रो भएको बताएका छन् ।

बल्छी धुर्बेको घर पुग्दा यस्तो देखियो, देउरानी जेठानी झगडा पर्छ की भन्ने डर


पछिल्लो समय सामाजिक संजालमा एक नवविवाहित जोडी चर्चामा छाइरहेको छ । मेरी बास्सैबाट बल्छी धुर्वेको रुपमा चर्चामा आएका मरिचमान सिंह र उनकी श्रीमती करुणाले सामजिकसंजाल प्रयोगकर्ताहरूको ध्यान तानिरहेका छन्।

बल्छी र करुणाले ६ वर्षको प्रेमसम्बन्ध पछि विवाह गरेका हुन्। बल्छी र करुणाले एक अर्कालाई राम्रोसँग बुझ्ने बताउँछन् । उनीहरूलाई एक९अर्काको रुचि पनि राम्रोसँग थाहा छ।

हालै एक अनलाइन मिडिया उनको घर पुगेका छन्। काठमाडौँमा रहेको घर पुग्दा बल्छी धुर्वे र उनका पत्नी बल्छीका दाइ भाउजूसँग भेटिए। बल्छी धुर्वेको परिवार उनको घरमा पनि र काठमाडौंमा पनि सगोलमा बस्छन् ।

बल्छीका जेठा दाइले काठमाडौँमा उनीहरूको सबै व्यवहार चलाउने काम गर्छन् । त्यसैले विवाह पछि पनि बल्छी र उनकी श्रीमतीले समेत आफूले कमाएको पैसा दाइलाई नै दिने गरेको यस भिडियोमा बताए। साथै बल्छीका दाइ भाउजू पनि उत्तिकै मिजासिला र राम्रा छन् र यी सब मिलेर बस्ने गर्छन्। यप कुराकानीका लागि भिडियो हेर्नुहोस्।

बन्नेभाे बाल गायक असाेक दर्जीकाे घर / यसरी गरीयाे जग्गा बैना


बन्नेभाे बाल गायक असाेक दर्जीकाे घर / यसरी गरीयाे जग्गा बैना

दीलिपलाई भेट्दा रोइन निरुता …(हेर्नुहोस भिडियो)


यो पनि पद्नुहोस

काठमाडौंमा बर्डफ्लु देखियाे, अरुलाई सचेत गराउन शेयर गर्नुहोस

काठमाडौंमा बर्डफ्लु देखियाे, अरुलाई सचेत गराउन शेयर गर्नुहोस

काठमाडौं, १२ जेठ । केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो ।

सानो खोरमा पालिएका कुखुरा र हाँसमा बर्डफ्लु फेला परेको पुष्टि भएपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा खटाएको थियो । महाशाखाका अनुसार तारकेश्वरका हिरा तामाङले पालेको हाँसमा बर्डफ्लु भेटिएको हो । तामाङले पालेको हाँस र कुखुरा नष्ट गरिएको छ ।

नेपाल idol rima विश्वकर्मा र सुशील नेपाल को राज खुल्यो हेर्नु यो भिडियो रिपर्ट

Such revelation about the connection between Sushil Nepal and Rima Vishakarma. (Video)

May 24, 2018 by HeadlineKhabar

Nepal icon The principal universal communicate TV program Nepal Idal which was communicated from Epivan Television was a noteworthy exchange in the primary period of the occasion Presenter Rima Vishakarma and Sushil Nepal Audiences are exceptionally sharp that couple won't have the capacity to see together in the second period of Nepal Idol

Rima Bishkarma will be in Nepal Idol, yet Sushil Nepal has been connected to another International French TV reality demonstrate 'The Voice of Nepal The host of Nepal Idol 2, alongside the most recent maker Rima Vishwakarma, is the second 50% of the film, "said Ashfaq Shah

यी बलिउड नायक-नायिकाको तस्विर हेरेपछि तपाइले हाँसो रोक्न सक्नुहुन्न !


एजेन्सी, केहि मानिस यस्ता हुन्छन जो अक्सर कुनैपनि काम जोगाड लगाएर गर्ने गर्दछन । यस्ता मानिस  प्राय कुनैपनि काम जोड जाड गरेर गर्न रुचाउछन् । यस्ता  जोगाड लगाएर  बनाएका बलिउड अभिनेता अभिनेत्रीका तस्विर  समाजिक संजालमा बेला बेलामा भाइरल हुन् गरेको छ । यता तस्बिर जो निकै हाँसो उठ्दो समेत रहेको छ ।








निरूता सिंहले खोलिन आफ्नो प्रेम रहस्य, पाँच वर्षपछि देखाइन् यस्तो बबाल डान्स (भिडियो)

काठमाडौं–कुनैबेला नेपाली सिने उद्योगमा नायिका निरुता सिंह निकै व्यस्त र चर्चित नायिकाको रुपमा दर्ज हुने गर्थिन् । लामो समयदेखि उनी नेपाली सिने क्षेत्रबाट लगभग गुमनाम जस्तै भईन् । पछिल्लो समय उनी नेपालमा सिनेमा सम्बन्धि कार्यक्रममा झुल्किन थालेकी छिन् ।

केही दिन पहिले एनएपडीसी सिने अवार्ड वितरणमा नायिका सिंह सहभागी थिईन् । नायिका सिंहले निकै मन खोलेर कुरा गरेकी छिन् । उनी सुन्दर नायिका मात्रै होईनन् मिठो स्वरकी धनी पनि हुन् । उनले हिन्दी गीतसँगै आफैले अभिनय गरेका फिल्मका गीत समेत गाएर सुनाईन् । तर, जब, उनलाई विावाहका बारेमा तथा प्रेम विवाहका बारेमा सोधियो उनी दिल खोलेर हाँसिन ।

यतिबेला निरुता कुनै समयका आफ्ना हिट गितहरुमा आफू भन्दा निकै जुनियर बहिनीहरुसँग डान्समा कोरियोग्राफी गर्दैछिन् । लामो समयदेखि मुम्बैमा बस्दै आएकी निरुताले आफ्नो शरिरलाई खानपिनमा ध्यान दिएकै कारण आफ्नो जीउ फिट भएको बताईन् । दक्षिणा फिल्मबाट सिनेमामा डेब्यु गरेकी निरुताको अन्तिमा फिल्म फर्कि आउ सम्म रह्यो ।

पलसँग हिड्दा आँचलको यति बबाल र महंगो पहिरन, ब्रेकअपछि एकसाथ नीता र आमेष भिडिओ सहित

पलसँग हिड्दा आँचलको यति बबाल र महंगो पहिरन, ब्रेकअपछि एकसाथ नीता र आमेष भिडिओ सहित

सबैभन्दा ‘मूल्यवान’ फुटबलर नेयमार, टप १० मा पनि परेनन् रोनाल्डो, यी हुन् टप १०



एजेन्सी। ब्राजिलका नेयमार जुनियर संसारका सबैभन्दा महंगा फुटबल खेलाडी हुनुको साथसाथै सबैभन्दा मूल्यवान खेलाडी पनि भएका छन् । फुटबल सम्बन्धी विश्लेषण गर्ने संस्था इन्टरनेशनल सेन्टर फर स्पोर्टस स्टडिजले संसारका सबैभन्दा ‘मूल्यवान (भ्यालुएबल) फुटबल खेलाडी’को सूची जारी गरेको छ । यसमा पहिलो स्थानमा रहेका नेयमारको ट्रान्सफर भ्यालू २१३ मिलियन युरो छ । २५ वर्षीय नेयमार अहिले फ्रन्सको क्लव पिएसजीमा आबद्ध छन् ।

यो संस्थाले सबैभन्दा मूल्यवान फुटबलरको सूची हरेक वर्ष जनवरीमा जारी गर्छ । यो सूची पाँच पुरोपियन लिगमा खेलाडीको प्रदर्शन, खेलाडीको उमेर, उनीहरुले कुनै क्लवसँग गरेको सम्झौताको अवधि र उनीहरु अर्को क्लवमा जाँदा पाउन सक्ने मूल्यलाई आधार मानेर बनाइन्छ । सूचीमा दोस्रो स्थानमा रहेका बार्सिलोनाका ३० वर्षे स्ट्राइकर लियोनेल मेस्सीको ट्रान्सफर भ्यालु २०२.२ मिलियन युरो छ । तेस्रो स्थानमा रहेका टोटनह्यामका २४ वर्षे ह्यारी केनको ट्रान्सफर भ्यालु १९४.७ मिलियन युरो छ ।

चौथो स्थानमा पिएसजीका १९ वर्षे काइलियन म्बापे छन् । उनको मूल्य १९२.५ मिलियन युरो छ । पाँचौं स्थानका १७४.६ मिलियन युरो मूल्यसहित जुभेन्टसका २४ वर्षे पाउलो ड्याबला, छैटौं स्थानमा १७१.३ मिलियन यूरो मूल्यसहित टोटनह्यामका २१ वर्षे डेले अली, सातौं स्थानमा १६७.८ मिलियन युरो मूल्यसहित म्यान्चेष्टर सिटिका २६ वर्षे केभिन डेब्रुयन, आठौं स्थानमा १६४.८ मिलियन युरो मूल्यसहित म्यान्चेष्टर युनाइटेडका २४ वर्षे रोमेलु लुकाकु, नवौं स्थानमा १५०.२ मिलियन यूरो मूल्यसहित एथ्लेटिको मड्रिडका २६ वर्षे एण्टोनी ग्रिजम्यान र दशौं स्थानमा १४७.५ मिलियन युरो मूल्यसहित म्यान्चेष्टर युनाइटेडका २४ वर्षे पाउल पोग्बा छन् । रियल मड्रिडका स्ट्राइकर क्रिस्चियानो रोनाल्डो सूचीको ४९ औं स्थानमा छन् । ३२ वर्षे रोनाल्डोको ट्रान्सफर भ्यालु मात्रै ८०.४ मिलियन युरो छ । उनी २०२१ सम्म रियलसँग सम्झौतामा रहेको र उनको सक्रिय उमेर सकिन लागेका कारण उनको ट्रान्सफर भ्यालु कम भएको हो ।

दयाहांग हसाउने, दिया र मणि हाँस्ने भिडिओ सहित

दयाहांग हसाउने, दिया र मणि हाँस्ने भिडिओ सहित

शत्रु गते टिमको रमाइलो कमेडी हेर्नुहोस भिडिओ सहित

शत्रु गते टिमको रमाइलो कमेडी हेर्नुहोस भिडिओ सहित

यस्तो बन्यो अक्षयको ‘प्याडम्यान’ ट्रेलर


अरुणाचलम मुरुगनाथमको जिन्दगीमाथी आधारित भएर निर्माण भएको फिल्म ‘प्याडम्यान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरको सुरुवातमा अमिताभ बच्चनले आवाज दिएका छन्, जसमा उनले अमेरिकासँग 'सुपरम्यान', 'ब्याटम्यान' र 'स्पाइडरम्यान' भएको र भारतसँग ‘प्याडम्यान’ रहेको बताएका छन् ।

फिल्ममा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । राधिका, अक्षयकी श्रीमती बनेकी छिन् । फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन्, जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् ।

ट्रेलर हेर्नुहोस् :-



ट्रेलरमा अक्षयलाई यूनाइटेड नेशनमा मोटिभेशनल स्पीच दिँदै गरेको पनि देख्न सकिन्छ । ‘प्याडम्यान’ यूनाइटेड नेशनमा सुट गरिने दोस्रो फिल्म हो । यो फिल्मका निर्देशन आर बाल्की हुन् ।

फिल्मलाई अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेकी हुन् । २६ जनवरी, २०१८ मा ‘प्याडम्यान’ प्रदर्शन हुँदैछ ।

डिभोर्सपछी पीडा भुलाउदै नाचिन् रीमा


मोडल, नायिका तथा प्रस्तोता रीमा बिश्वकर्माको पति संग डिभोर्स भएको केही समय मात्र भएको छ । डिभोर्स पछि केही दिन सम्पर्क बिहिन बनेकी उनी अतितलाई भुलाउन आफ्नै कामहरुलाई निरन्तरता दिन थालेकी छिन् । आफ्नो नजिकको नायिका तथा निर्मात्री केकि अधिकारिले निर्माण गरिरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को एक गीतको सुटिङ सेटमा रीमालाई पनि भेटियो ।बिशाल भण्डारीले निर्देशन गरिरहेको सो फिल्ममा उनी अतिथी कलाकारको रुपमा प्रस्तुत हुदैछिन । गत मंगलबार राती उनी उत्तर बाहिनी मन्दिरमा पीडा भुलाउदै हासेर नृत्य गरिरहेकी थिइन् । बाके जिल्ला स्थित कोहलपुरमा छायांकन भैरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ आउदो बैशाखको १४ गते सार्बजनिक प्रदर्शनमा आउदै छ ।कोहलपुर एक्सप्रेसमा केकी अधिकारी संगै भद्र बहादूर, देवी लाल न्यौपाने, र शिव प्रसाद चौंलागाईको संयुक्त लगानी रहेको छ । जुनकिरी आर्टसको प्रस्तुति रहने फिल्ममा केकी अधिकारी लगायत प्रियंका कार्की, रिचा शर्मा, विनोद न्यौपाने, बुद्घि तामाङ, रबिन्द्र झा, सुजन कार्की लगायत कलाकारको अभिनय रहेको छ ।
   – तस्बिर : रमाईलो छ ।

बिकिनी गर्लहरु संग बिनयको मस्ती, हेर्नुस् भिडियोमा

प्रदर्शनको तयारिमा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को एक हट गीत सार्बजनिक भएको छ । ‘स्याण्ड्विच मि’ बोलको उक्त गीतमा फिल्मका नायक बिनय श्रेष्ठले झण्डै दर्जन बिकिनी गर्लहरु संग भरपुर मस्ती गरेका छन् ।सार्बजनिक गीतमा अर्ल युआरएल एडगर को शब्द तथा स्वर रहेको छ । गौरब डगोअन्करको संगीत रहेको गीतकी भिडियोलाई प्रताप सिंहले कोरियोग्राफी गरेका छन् । भिडियोमा उज्वल सिंहको निर्देशन रहेको भिडियो यस्तो बनेको छ ।

भि मोसन पिक्चर ‘पिएमजी पिक्चर’ र केएस प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्म ‘रोमियो एण्ड मुना’लाई फिल्मका नायक समेत रहेका बिनय श्रेष्ठ, प्रसन्न गोपाली, राम शर्मा र कबिन साक्यले सम्युक्त रुपमा लगानी गरेका छन् । आउदो फागुन ११ लाई प्रदर्शन मिति निर्धारण गरिएको फिल्ममा बिनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, प्रज्वल सुजल गिरि, सुश्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘डेजा भु’ तोडफोड पछि साम्राज्ञि ब्वाईफ्रेन्ड मयंक पनि पक्राउ

दिनभरको थकान त एकातिर छ तर युवापुस्तामा देखिएको आधुनिकीपनाले कतिपयले देशको सस्कार सस्कृतीमा असर परेको पनि भनाई छ । अर्को तिर आधुनिकीकरणको आवस्यकता पनि छ । यस्तैमा देशका मुख्य शहरहरुमा डिजे क्लब तथा डान्स बारहरु निकै खुलेका छन् । म्युजिक र मदिरामा मस्त युवाहरूले झै झगडा पनि गर्ने गर्छन् । भर्खरै यस्तै भएको छ । देशको राजधानी काठमाडौमा खुलेको ‘डेजा भु’ नामक डिजे क्लबमा केही दिन अगाडी तोडफोड भयो ।अमेरिकी चर्चित डिजे ‘मार्समेल्लो’लाई उक्त क्लबले ल्याउने भन्दै २५ सय र ३५ सय दरका ६ हजार भन्दा धेरै थान टिकट बिक्री गरेको थियो । अन्तमा क्लबमा तय गरिएको कार्यक्रममा सो डिजे बिरामी भएको कारण देखाउदै नआउने बताएपछि एकाएक आक्रोशित युवाहरुले तोडफोड गर्न थालेका हुन् । उक्त घटना घटेपछि प्रहरीले क्लबका संचालकहरुलाई पक्रेका छन् । पक्राउ पर्ने संचालक मध्ये एक मयंक खड्का नायिका साम्राज्ञि राज्य लक्ष्मी शाहको प्रेमी हुन् । उनी सो क्लबका लगानिकर्ता हुन् । साम्राज्ञि र मयंकको प्रेमबारे केही समय अगाडि मिडियामा राम्रै चर्चा भएको थियो ।उनी संगै क्लबका अन्य संचालकहरु क्रिकेटर पृथु बाँस्कोटा, जयन श्रेष्ठ, विशाल डाँगी, मिलन श्रेष्ठ लगायत समातिएका छन् । सम्बन्धित संचालकहरुलाई महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले पक्राउ गरेको बताएका छन् । जम्मा १५ सयको क्षमता रहेको क्लबमा ६ हजारको टिकट काटिएको र राती १ बजेसम्म बस्दा पनि डिजे मार्समेलो नआएपछि तोडफोड सुरु गरेका थिए । मार्समेलोले आफू बिरामी भएको कारण आउन नसकेको भन्दै सामाजिक संजाल फेसबुक मार्फत माफी मागेका थिए । क्लबमा सो घटनाले करिब १ करोड मूल्य बराबरको क्षति भएको छ ।

प्रियंका कार्कीको घर र बेडरुम पुग्दा जे देखियो जस्ताको त्यस्तै

प्रियंका कार्कीको घर र बेडरुम पुग्दा जे देखियो जस्ताको त्यस्तै प्रियंका कार्कीको घर र बेडरुम पुग्दा जे देखियो जस्ताको त्यस्तै प्रियंका कार्कीको घर र बेडरुम पुग्दा जे देखियो जस्ताको त्यस्तै प्रियंका कार्कीको घर र बेडरुम पुग्दा जे देखियो जस्ताको त्यस्तै 

हङकङ पुगेर केकी भन्छिन्, 'मायामा सब कुरा जायज छ'

हङकङ पुगेर केकी भन्छिन्, 'मायामा सब कुरा जायज छ'हङकङ पुगेर केकी भन्छिन्, 'मायामा सब कुरा जायज हङकङ पुगेर केकी भन्छिन्, 'मायामा सब कुरा जायज छ'छ'हङकङ पुगेर केकी भन्छिन्, 'मायामा सब कुरा हङकङ पुगेर केकी भन्छिन्, 'मायामा सब कुरा जायज छ'जायज छ'
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger