Latest Updates :
LATEST UPDATES
Showing posts with label bichar. Show all posts
Showing posts with label bichar. Show all posts

निकै घात लाग्दो प्रेम कहानी,जति सुकै बिजी भएपनि दुई मिनेट समय दिएर पढ्नुहोला।


निकै घात लाग्दो प्रेम कहानी,जति सुकै बिजी भएपनि दुई मिनेट समय दिएर पढ्नुहोला।
प्रेम एउटा अनुभुति हो ।जो कोही पनी प्रेममा पर्नु सोभाविक नै हो तर अन्धो प्रेम गर्नु धेरै ठुलो भूल हो ।मतलब ,केही दिन अगि गरिएको एउटा सर्भे बाट के कुरा पत्ता लाग्यो भने बढि भन्दा बढि माया प्रेम मा स्कुल कलेज को बिध्यार्थी हरू प्रभावित भएको देखिन्छ जसको माध्यम फोन र फेसबुक भएको थियो । यस बाट के पूष्टी हुन्छ भने माया प्रेम गर्ने हरू आखा चिमलीएर माया गरिरहेका छन ।

कसै लाइ देख्न साथ माया बस्नु ठीकै हो ।फोन मा माया आदन प्रधान गर्नु पनि ठीकै हो तर सोच बिचार न गरि माया गर्नु ठुलो भूल हो ।तपाई स्कुल कलेज पढनु हुन्छ ।मानौ तपाई लाइ कोहि केटा या केटि मन पर्यो ।त्यस पछि प्रस्ताव फोन मा रात दिन को वार्ता लाभ ।कतै डेटिङ बस्नु हुन्छ । त्यस समय अबधि भरी तपाई लाइ impress गर्ने जो कोहि केटा या केटि सरीफ या सोजि बनीएर बसन सकेका हुन्छन ।फोन मा अप्रत्यक्ष कुराकानी गर्न सहज हुन्छ ।थुप्रै माया प्रेम को कुरा हुन्छन । अनि call wating भेटदा शंका गर्नु हुन्छ ।

माया मा शंका गर्नु सोभाविक हो तर हद भन्दा बढि गर्नु हुदैन । म तिम्रो लागि ज्यान दिन्छु भन्ने रोमीयो हरू माया को नाटक गरि तपाई लाइ मख्ख पार्न पनि सक्छन । तपाई संग भेट्दा ,फोन मा राम्रो कुरा गर्यो भनेर केटी प्रेमीका हरू मख्ख न पर्नु होस । हात मा चुरोट गाजा खादै अगाडि रक्सि को बोतल खादै फोन गरेको कुरा हरू देख्न सकीदैन । त्यसैले कसैलाई देख्न साथ माया गर्नु भन्दा ,फोन को कुरा मा मख्ख पर्नु भन्दा केटा को background बानी बेहोरा ,चाल चलन बुझन अती आवशयेक छ । बुझनु होस अनि प्रेम गर्नु होस । तब थाहा हुन्छ तब पछुताउनु सि बाहेक केही हुदैन । आउदो सात जन्म सम्म पनि म तपाई को हु भने प्रेम लाइ दुषित बनाउने जुलियट हरू को पनि कमी न भाको का हो र?? कलेज स्कुल मा बनीएर जाने अनि मस्कीएर बोलो भन्दै मा केटा हरू सपना देख्न थाल्छन ।सुरू मा हाई हेलो त्यस पछि नम्बर साटा साट । कुरा बढयो ।

केटा ले प्रपोज गर्यो ।केटी ले love you too भने पछि केटा ले सबै कुरा बिर्सिन्छ । तर कलेज मा एउटा ,स्कुल मा एउटा ,घर मा भिन्नै ,घुम्न जादा भीन्दै boyfriend न भाको केटी भेटन धेरै मुस्कुल छ । मिठो मिठो कुरा गर्यो ,भविष्य को कुरा गर्यो भनेर केटा प्रेमी हरू कदापि मख्ख न पर्नु होस ।

त्यसैले प्रेम गर्नु पुर्व केटी कुन टाईप को हो ,कती को दयालु छे ,चाल चलन ,बानी बेहोर सबै कुरा जान्न जरुरी छ । ता कि पछि पछुताउनु न परोस । कसैले दुई चार बचन मिठा कुरा बोल्यो भनेर प्रेम गर्छ भनेर सम्झनु मुर्खता हो । प्रेम ले मान्छे लाइ बिगारे को पनि छ भने प्रेम ले मान्छे लाइ सपारे को पनि छ । एक जना लाइ प्रेम गर्नु होस ,मन देखि गर्नु होस ।जुनी भरी लाइ गर्नु होस । कसै को मन दुखाएर आफु खुसी हुनू पनि जिन्दगी हो र ?? होला तपाई हरू दुबै बिच माया होला । तर जब त्यो माया एउटा बैबाहिक जिवन मा बाधिन्छ तव हरेक साचो र सत्य कुरा सुनिदै र देखिदै जान्छ । फल स्वरूप धेरै को जिन्दगि र भविष्य बरबाद हुने गर्छ ।

भनीन्छ नि PREVENTION IS BETTER THEN CARE । उपचार गर्नु भन्दा रोग लागन नदिनु राम्रो । यदि तपाई सच्चा प्रेम हुनू हुन्छ भने यो पोष्ट तपाई को प्रोफाईल र एउटा ग्रुप मा SHARE गर्नु होस । हेरूम कती जना सच्चा प्रेम प्रेमीका हुनू हुन्छ ??

बुद्धको जीवनसँग जोडीएका सुन्नै पर्ने ३ रोचक प्रेरणादायी सन्देशहरू

बुद्धको जीवनसँग जोडीएका सुन्नै पर्ने ३ रोचक प्रेरणादायी सन्देशहरू बुद्धको जीवनसँग जोडीएका सुन्नै पर्ने ३ रोचक प्रेरणादायी सन्देशहरू

धनि र गरिबको माया सम्झिने मात्रै हो ??

धनि र गरिबको माया सम्झिने मात्रै हो ??
यो एउटा प्रेम कहानी हो हामीले यो सामग्री रेडियो सफलताबाट साभार गरेका हौ र हामीले यसलाई भिडियो बनाएर प्रस्तुत गरेका छौ । जब मा कलेजको पढाई सकेर गाउ फर्केको थिए साथीसंग घुम्न भनेर बाहिर तिर निस्केको थिए ।

माथिबाट एउटा युवतीको प्रबेस भयो । साथी र म संगै थियौ उनको त्यो रुप र जिउ ढाल देखेर लोभित भए । मेरो नजर उनि प्रति बस्न गयो, मन मा कहुहलता जाग्न थाल्यो ।

दश हजार नपत्याउनेहरु विदेशिने बेलामा अहिले आईफोन र ब्रान्डेड झोला माग्छन् !

डकुमेन्ट बनाउन आटेको कि दिदी अलिकती पैसा नै पुगेन छ भने दिनुहोस् न सापटी, गए पछि पठाई दिई हाल्छु नी ! दिदी भन्दै थिईन् ह्या भाई केही दिन अघि मात्र सुन जोडे नि ! अलिकती अगाडी भन्नु पर्दैन ? थियो नि दुई लाख जति ! दिई हाल्थे नि भाईलाई एक दुईलाख !

अङ्कल अस्ट्रेलिया पो जाने बिचार गरियो तर हेर्नुहोस् न केही रकम अपुग होला जस्तो छ । यसो मिलाई दिनु हुन्छ कि भनेर । उताबाट जतिसक्दो चाँडो पठाई दिई हाल्छु नि । ल बाबु कस्तो बेला पैसा माग्यौ । पैसा नभएको होईन थियो । हिजै मात्र अलि कति शेयरमा लगानी गरे नी ! नत्र त जाबो एकदुई लाख दिन बाबुलाई कुनै आपत्ती नै थिएन ।

पल्लो गाउँकि भाउजुलाई हान्नीएर भेट्न गए । भाउजु भिषा त लाग्यो यसो सपिङ र टिकटको लागि पैसा पुगेन । तपाईले राख्या होलान गोडा एकदुई लाख । ल्याउनु न हौ साह्रै समस्यामा पर्यो । तपाईका लालाबाला पनि छन् । कुनै दिन काम लाग्दो हुँ नी । के सन्दुकमा कुहायर राख्नु हुन्छ हौ पैसा ।बोरु व्याजमा दिने भए व्याजै सहि । कति लिनु हुन्छ सयकडा बरु दिन्छु हो । त्यस्तै परेर पो माग्न आएको भाउजु सम्झेर । ओ हो नानी नभाको त होईन । पैसो त थिएन कि हाक्की कुरो गर्दा सुन चाँही थियो । अस्ती भर्खर कतार जान्छु भनेर पारी माईलो आएको थियो, उसैलाई दिएँ नि । डबल दिन्छु भनेको छ । कस्तो ट्याममा माग्न आउनु भयो । एकदुई हजारले चल्दैन होला ?

हार गुहार गर्दा कसैले पत्ताएनन् सबैले बेजोडका बहाना बनाए। आश देखाए सार्है मिठा अनि गुलीया तर अहँ पैसोमा पत्ताएनन्। सर्पको आहारा दैवले पर्याउँछ भनेझै अन्तमा एकजना दाई भेटीए। एकबातमा पैसा दिए अनि भन्दै थिए बहिनी छ पछि तैले त्यसलाई हेर्नु। परदेश भनेको दुख गर्ने ठाउँ हो। दुख गर्नु मेहीनेत गर्नु बेला बेला सम्झनु।

हवाई जहाज चड्ने बेला फोन गरे सबैले जो सँग पैसा मागियो। सबैले आशीर्बाद दिए अनि सहयोग गर्न पाएनौ भन्दै सहानुभुती दिदै थिए।
आफुलाई बोडीङ् पास र सामानहरु जोख्नमा तनाब थियो।


आईयो पढियो दुख गरियो एकातीर डिग्री सकियो। अर्को तिर केही डलर कमाईयो पनि। सबैसँग लिएको ऋृण क्रमैसँग तिरीयो। साउदी कतार अनि दुबई जस्तो बर्षेनी कम्पनीले बिदा दिए जस्तो नहुने यता।उता नबुझ्ने। होईन तेरो छुट्टी मिल्दैन। कहिले आउँछस् हौ। कतार गाका त बर्सेनी आउँछन् त। के गरेर बसेको छस् हौ।के थाहा यता कलेज, काम, परिक्षासवै मिलाउन कति गार्हो हुन्छ भनेर।होईन तेरो छोरो त उतै बिहे गरेर बसो कि क्या हो। गाउँमा कुरो यस्तै त हो नि।

loading...
धेरै समयको प्रतीक्षा पछि पढाई सकेर, कामबाट छुट्टी मिलाएर नेपाल जाने निर्णय भयो।घरमा भने आमा म आउँदैछु। मन मिल्ने साथीलाई भने।एक्कान दुईकान मैदान। त्यस बिचमा नेपालमा धेरै परिबर्तन भए। सँन्चारले फड्को मार्यो। धेरैका घरमा कोही न कोही परदेश जाने आउने भए। सामाजिक सन्जालहरु फेशबुक एकाउन्ट गाउँकी हजुरआमाको पनि हुन थाल्यो।काकी नि अन्लाईन आउन थालीन्।अङ्कल पनि अफलाई म्यासेज पठाउन थाले।साथीहरु भिडीयो च्याट गर्ने भए। पल्लो गाउँकी भाउजु पनि म्यासेन्जरमा कुरा गर्न थालीन्। बर्षौ सम्म बेवास्ता गर्नेहरु, आमालाई बाबुको खबर के छ सम्म नभन्नेहरु त्यहाँको चकलेट मिठो छ ल्याउ भन्नु है छोरालाई भन्न थाले रे। कसैलाई आईफोन ल्याई दिन पर्यो रे।कसैलाई ब्रान्डेड झोला चाहियो रे। कसैलाई नोट बुक अनि कसैलाई पिएस फोर। कोहीलाई स्वीसको घडी अनि कोहीलाई फिस वयल रे।

आमा भन्दै हुनुहुन्थ्यो अस्ती तैले पठाई दिएको त्यो नङ पालीस र लिप्स्टीकपनि सस्तो र महङ्गो भन्दै खासखास खुसखुस गर्दै थिए। रङ् हेरेर थाहा पाउँछन् हौ आजकाल स्कली र नक्कली। यतिका बर्ष के छ हाल खबर भनेर नसोध्ने हरु अहिले बाबुको टिकट कहिले भन्दै सोधेर हैरान पारी सके।

अनि भन्न मन लाग्छ धनको मुख रातो।तेरा घरका रगरग, उ बेला दस हजार दाममा मुख रातो बनाउनेहरु तिमीहरुलाई चाहियो है आईफोन अनि माईकल क्लर्कको झोला। बल्ल त पैसो फल्ने बिउ छरियो अव फले पछि ल्याई दिउँला आईफोन १६ र ब्रान्डेड झोला अनि स्वीसका घडी कि कसो!!!

नोट: कसैको बास्तबीकतासँग मेल खान गएमा केबल संयोगको रुपमा लिएर कसैलाई साँच्चै सहयोगको खाँचो छ भने सकेको सहयोग गर्ने परिपाटीको बिकास गर्नु होला।

लेखकः मनोज पौड्याल/इनेपाल

साझा पेजबाट साभार
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger