Latest Updates :
LATEST UPDATES
Showing posts with label Amazing. Show all posts
Showing posts with label Amazing. Show all posts

नेपालीले बनाए काठकै साइकल, विश्वलाईनै पारे चकित (भिडियो)

काठबाट साइकल बनाएर मणि हर्क राईले ठुला ठुला इन्जिनियरलाई मात दिएका छन्। उनले आफै तयार पारेको काठको साइकल चलाएर बाटोमा हिड्दा सबै हेरेको हेरै पर्छन। उनी काठका मिस्त्री हुन्।आजभन्दा ३३ बर्ष अघि उनीसँग भएको फलामको साइकल हरायो। नयाँ साइकल किन्ने उनीसँग पैसा थिएन।

त्यसपछि उनले आफुले जानेको सीपलाई प्रयोग गरि काठको साइकल बनाए। जसले बाजार आउँन जान निकै सहज बन्यो। उनलाई साइकल बनाउन धेरैले माग गरे तर राईले बनाएनन्।

पछि उनी रोजगारका लागि विदेश गए। त्यहाँबाट धेरै सिप सिकेर स्वदेश फर्किए। उनलाई अझै धेरै नयाँ वस्तुहरु बनाउने इच्छा छ।६ कक्षामात्र पास गरेका उनको दिमागले हेलिकप्टर जस्ता उड्ने चिज बानाउने कल्पना गर्छ।

उनी भन्छन, ‘अबसर र ज्ञान पाए म अझै धेरै आविष्कार गर्थे, मेरो कला देखेर सबैले जापानमा जन्मिनुपर्ने मान्छे भन्छन।’ उनले साइकल देखि आगो फुक्ने औजार, धान झार्ने मेसिन आदि बनाएका छन्। उनको भविष्यमा एउटा संग्रालय नै खोल्ने सपना छ।(ताजाखबर बाट साभार) हेर्नुहोस भिडियो :

दुबई छाडेर आएका युवाले घरको छतमै सुरु गरे विचित्रको कुखुरापालन, यस्तो छ अपत्यारिलो कमाई (भिडियो सहित)

पछिल्लो समय स्वदेशमै विभिन्न नयाँ नयाँ व्यवसाय गरेर बस्ने युवाहरुको लर्को लामै छ । कृषि प्रधान देश भएकै कारण यहाँ सम्भावनाका अनेकौं स्रोतहरु पर्याप्त छन् मात्र चाहियो जोश, जाँगर अनि कडा मेहनत । हुन त धेरै युवाहरु विदेशमा हुँदा सिकेका सिपहरु नेपालमै प्रयोग गरेर नयाँ नयाँ प्रविधिका व्यापारहरु पनि गरिरहेका छन् नेपालमै । कोही भने विदेशबाट फर्केपछि थोरै लागानीबाट व्यवसाय सुरु गर्छन् । काठमाण्डौंका सविन श्रेष्ठपनि दुबईमा राम्रो आम्दनी हुँदा हुँदै पनि स्वदेश फर्किए अनि सुरु गरे फरक जातका कुखुरापालन । विभिन्न मुलुकबाट ल्याएका विभिन्न जातका कुखुराहरु उत्पादन गरिरहेका छन् उनी यत्तिखेर आफ्नै घरको छतमा । यी कुखुराहरु निकै महंगो पनि छन् । आखिर यो व्यवसायमा सम्भावना कस्तो छ त ? प्रस्तुत छ उनै व्यवसायीसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्….

बैंक लुटेर भागेको ६० वर्षपछि त्यहीँ ठाउँमा फर्किंदा बैंकको ठाउँमा रेष्टुरेण्ट देखेपछि…

एजेन्सी। १९८५ मा इम्पिरियल बैंक अफ क्यानडाको ओटावा शाखाबाट बैंककै चिफ टेलरले २ लाख ६० हजार डलर चोरी गरे । चोरीपछि उनी अमेरिका भागे । केही दिन पछि नै अमेरिकाको प्रहरीले उनलाई पक्राउ गर्यो । ६० वर्षपछि उनी क्यानडा फर्किएपछि उनले बैंकको त्यो शाखा भएको ठाउँमा अहिले रेष्टुरेण्ट भएको थाहा पाए । उनी त्यही रेष्टुरेण्टमा गएर साथीहरुसँग भव्य पार्टी गरे । उनको कहानी सुनेपछि रेष्टुरेण्टमा उनको ६० वर्षअघिको ‘वान्टेड’ सूचनालाई पोस्टर बनाएर टाँसिएको छ ताकि मानिसहरु गलत बाटोमा नजाउन् ।
१० अगष्ट २०१८ का दिन बैंक लुटेरा बोयने लेस्टर जोनसन अमेरिकाबाट क्यानडा आएका थिए । क्यानडा आएपछि उनले बैंको शाखा भएको ठाउँमा अहिले रेष्टुरेन्ट भएको थाहा पाए । जोनसनका एक साथले रेष्टुरेण्ट बुक गरे र व्यवस्थापनलाई भने ‘म मेरो त्यो साथीलाई त्यो बैंकमा ल्याउँदैछु जुन बैंक उसले लुटेको थियो ।’ लञ्चपछि जोनसन पूरै रेष्टुरेण्ट घुमे । उनी त्यहाँ पनि गए जहाँ बैंकको सेफ थियो । रेष्टुरेण्टले त्यो ठाउँमा अहिले बार बनाएको छ । जोनसनले आफ्ना साथी, रेष्टुरेण्टका वाइन डाइरेक्टर म्याकमोहन र हेड शेफसँग श्याम्पेन पिए र चोरीको पूरै कहानी सुनाए ।
जोनसनले बताए कि १९५८ मा उनी बैंकमा हेड टेलर थिए । त्यतिबेला उनी २० वर्षका थिए । उनले अक्सर देख्थे कि शुक्रबारको दिन विदाको चक्करमा उनका अन्य सहकर्मी बैंकमा भएको नगद गन्न बिर्सिन्थे । एक शुक्रबार उनले बैंकको सेफबाट २ लाख ६० हजार डलर चोरे । त्यसपछि सेफमा टाइमर लगाइदिए ताकि त्यो सेफ सोमबारभन्दा पहिले खोल्न नसकियोस् । चोरी गरेको भोलिपल्ट सोमबार उनी आफ्नी पत्नी र आमासँग अमेरिकाको डेनेभर गए ।
जोनसनले डेनेभरको एक नाइट क्लवमा पार्टी गरिरहेका बेला एक महिला वेटरले उनको वान्टेड वाला पोस्टरबाट उनलाई चिनिन् र प्रहरीलाई खबर गरिदिइन् । प्रहरीले उनीसँगबाट २ लाख ५८ हजार डलर बरामद गरे । ४ हजार डलर भने उनले खर्च गरिसकेका थिए । खर्च गरेको रकम जोनसनका पिताले तिरेका थिए । जोनसनलाई ४ वर्षको जेल सजाय तोकिएको थियो तर उनी २ वर्षपछि नै १९६० मा जमानतमा रिहा भए । त्यसपछि उनी अमेरिकामै सेटल भए ।

यी व्यक्तिले खुर्सानीको तलाउमा पौडी खेले ! [ भिडियोसहित ]

दक्षिण चीनको हुनान प्रान्तमा वार्षिक रूपमा खुर्सानी प्रतियोगिता मनाइने गरेको छ । प्रतियोगितामा खुर्सानी खानुपर्छ अनि खुर्सानीको तलाउमा नुहाउनुपर्छ । एक व्यक्तिले तलाउमा नुहाए अनि एक मिनेटमा ५० वटा खुर्सानी खाइदिए ।

उनलाई पुरस्कारस्वरूप २४ क्यारेट सुनको तीन ग्रामको सिक्का दिइयो । प्रतियोगिताको फाइनलमा १० जना पुगेका थिए । तीमध्ये सबभन्दा छिटो ५० खुर्सानी खाने मानिसलाई विजेता घोषित गरियो ।
ताङ शुआइहुइ नामक व्यक्तिले पुरस्कार जित्नुबाहेक सबभन्दा छिटो पीरो खुर्सानी खाने कीर्तिमान पनि आफ्नो नाममा पारे । हुनानमा विगत दुई वर्षदेखि खुर्सानी प्रतियोगिता आयोजना गरिएको छ । यसको थिम लोकल पार्क राखिन्छ । प्रतियोगितामा जोखिम देखेर चिकित्सकहरूलाई पनि बोलाइन्छ ।

खुर्सानी खाने प्रतियोगितामा मानिसहरूलाई खुर्सानी र पानी भरिएको एउटा तलाउमा छिर्न लगाइन्छ । तलाउमा तीन टन खुर्सानी हालिन्छ । खुर्सानी पनि चीनको विशेष पीरो राख्ने गरिन्छ । तर प्रतियोगीहरूलाई छालाको समस्या नहोस् भनी विचार गरिन्छ ।

सिंगापुरमा नेपालको नाम चम्काए निमेषले

काठमाडौं– नेपाली धावक निमेष गुरुङले सिंगापुरमा अवार्ड जितेका छन्। सिंगापुर पुलिसका जागिरे निमेषले ‘सिंगापुर होमटिम स्पोर्टस्‌म्यान अफ दि इयर २०१८’ जितेका हुन्।

२०१४ देखि एथ्लेटिक्समा प्रवेश गरेर सयौं पदक जितिसकेका उनलाई सिंगापुरको गृह मन्त्रालयअन्तर्गतको सुरक्षा निकायतर्फ प्रदान गरिने ‘सिंगापुर होमटिम स्पोर्टस्‌म्यान अफ दि इयर’ प्रदान गरिएको हो। होम टिमको लागि फुटबल, भलिबल, टेबलटेनिस लगायतका खेलाडीको मनोनय जाने गरेको छ।



सुरक्षा निकायअन्तर्गत रहेका दर्जनौ खेलका खेलाडीलाई पछि पार्दै निमेषले होमटिम अवार्ड हात पारेका हुन्। होमटिमको अवार्ड जित्ने उनी सम्भवत: पहिलो नेपाली खेलाडी हुन्। गत वर्ष होम टिमको अवार्ड टेवल टेनिसका खेलाडीले जितेका थिए।

‘सिंगापुर होमटिम स्पोर्टस्‌म्यान अफ दि इयर जस्तो प्रतिष्ठित अवार्ड जित्दा धेरै खुसी लागेको छ। आगामी दिनमा अझै धेरै राम्रो प्रदर्शन गर्न प्रोत्साहन समेत मिलेको छ,’ निमेषले अवार्ड जितेपछि सिंगापुरबाट टेलिफोनमा भने, ‘मलाई विश्वभरबाट हौसला प्रदान गर्ने, सहयोग गर्ने तथा मेरो समर्थन गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु।’



प्रत्येक वर्ष प्रदान गरिने अवार्ड गत वर्षको प्रदर्शनको आधार दिने गरिएको छ। उनले गत वर्ष अमेरिकामा भएको विश्व पुलिस फायर गेम्समा २ स्वर्ण जितेका थिए। गत अगस्टमा अमेरिकाको लस एन्जलसमा भएको प्रहरीको विश्व च्याम्पियनसिपमा उनले हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जित्दै इतिहास रचेका थिए।

सिंगापुर पुलिसका जागिरे निमेष सिंगापुरका नाम चलेका नेपाली धावक हुन्। सन् २०१३ देखि दौडिन थालेका उनले त्यहि वर्ष ५ हजार मिटरमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए।

२०१४ देखि हालसम्म उनले ५ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्।

क्रोएशियाकी राष्ट्रपतिको बोल्ड फोटोले उडायो फ्यानको होश!

एजेन्सी। रुसमा जारी फुटबल विश्व कपमा क्रोएशियाको प्रदर्शन प्रसंसनीय छ। क्रोएशियाले सबैलाई अचम्ममा पार्दै विश्व कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। क्रोएशियाले क्वार्टर फाइनलमा रुसलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। क्रोएशियाको यो जितको प्रमाण क्रोएशियाकी राष्ट्रपति  ग्राबर किरारोबिच भनिन्।
क्रोएशियाकी राष्ट्रपति  ग्राबर किरारोबिच आफ्नो टिमको हौसला बढाउन सोचीमा छिन्। जब क्रोएशियाले क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्यो तब राष्ट्रपति किटारोविच स्टेडियममै थिइन्। र उनले जमेर खुशीयाली मनाइन्। राष्ट्रपति किटारोविच क्रोएशियाबाट इकोनमी क्यासमा बसेर रुस पुगेकी थिइन्।

 क्रोएशियाकी राष्ट्रपति  ग्राबर किरारोबिच यतिबेला सामाजिक संजालमा चर्चाको पात्र बनेकी छन्। उनको बोल्ड तस्वीर ट्विटरमा खुब भाइरल भएका छन्।

 क्रोएशियाकी राष्ट्रपति  ग्राबर किरारोबिच ५० वर्षकी भइन्। तर उनको फिटनेस देखेर सबैको होश उठ्छ।
ग्राबर किरारोबिच क्रोएशियाकी  पहिलो महिला राष्ट्रपति  हुन्। उनले हार्वर्ड विश्व विद्यालयमा अध्ययन गरेकी थिइन्। उनी क्रोएशियनबाहेक अंग्रेजी, स्पेनिश, पोर्चुगली, इटालियन र फ्रेन्स भाषा बोल्न सक्छिन्।

बेलायतमा नेपाली बक्सर आदीप राना मगरले गोरेलाई एक बक्सींङमै ढाले (हेर्नुहोस् भिडीयो)

बेलायतको नरवीचमा भएको ७० केजी तौल समुह अन्तर्गत ‘कन्टेन्डर्स २२’ प्रतियोगितामा नेपाली बक्सर अदिप राना मगरले गोरेलाई डरलाग्दो नकआउट गरेका छन ।

७० केजी तौल अन्तर्गत चारजना व्यवसायिक बक्सर (प्रोफेशनल फाइटर) बीच इपिक स्टुडियोमा हुने भिडन्त जितिनेमा उनी आशावादी देखिए ।

‘अभ्यास एकदम राम्रो भएको छ । ०१६ को फाइटभन्दा बढी राम्रो प्रदर्शन गर्ने आत्माविश्वास छ,’ रानाले भने । तीन पटकका युरोपियन च्याम्पियनको कोचिङले पनि उनी बढी आशावादी भएका हुन् ।
उनी जिम लन्डन साउथबाट प्रतिनिधित्व गर्दैछन् ।राना सन् २०१६ मा आयोजित ७३ केजी कन्टेन्डर्समा च्याम्पियन भएका थिए ।

सन् २०१४, नोभेम्बरमा बेलायत आएका राना नेपाल छँदा पनि बक्सिङ खेल्थे । उनी राष्ट्रिय प्रतियोगितामा तृतीयसम्म र क्योकुसिन करातेमा ललितपुर च्याम्पियन भइसकेका हुन् ।

यूके आएपछि सन् २०१५ मा उनले यहाँ आयोजित विभिन्न प्रतियोगितामा चारवटा उपाधि जिते । सन् २०१५ मा उनी अमेच्योर युरोपियन किक बक्सिङमा ७२ केजीअन्तर्गत च्याम्पियन भए भने उनले यसै वर्ष साउदर्न एरिया के वान ब्रिटिश च्याम्पियनको उपाधि चुमे । ७० केजी अन्तर्गत यूके फाइट क्लव च्याम्पियन पनि भए उनी । सन् २०१५ मै उनी इस्का च्याम्पियन (इन्टरनेशनल स्पोर्टस किक बक्सिङ एसोसिएसन) बने ।

भविष्यमा एमएमए (मिक्स मार्सल आर्टस) मा उत्रने उनको लक्ष्य छ । आमसञ्चार विषयमा स्नातकोत्तर गरेका उनी भूतपूर्व गोर्खाका सुपुत्र हुन् ।

रानालाई ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण तथा खर्च प्रायोजन गरेको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत रानालाई थप हौसला प्रदान गर्न र युवा पुस्तालाई खेलप्रति प्रेरित गर्न उक्त सहयोग गरिएको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले बताए ।

प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार वेम्लीस्थित कार्यालयमा रानालाई शुभकामना दिंदै दर्लामीले भने, ‘खेल प्रतिभाहरुले नेपाल र नेपाली समुदायको इज्जत प्रतिष्ठा राखेका छन् तर हामी उनीहरुलाई कम प्राथमिकता दिइरहेका छौं ।’

एशियाकै लामो र अग्लो झोलुङ्गे पुल नेपालमा (भिडिओ हेर्नुस)

काठमाडौं । पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो ।

निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग र निर्माण सामाग्रीको सहजताका कारण निर्धारित समयभन्दा चार महिना अगाडि नै पुलको निर्माण सम्पन्न भएको छ । स्थानीय पुर्वाधार विकास तथा कृषि सडक बिभाग (डोलिडार) अन्तर्गत झोलुङ्गे पुल महाशाखाको लगानीमा निर्मित पुलको लागत एक करोड ७६ लाख ९९ हजार छ ।

मुडिकुवाका सामाजिक कार्यकर्ता ऋषिकेश तिवारीको अगुवाईमा चार वर्षअघि सर्भे गरिएको पुल स्थानीय विकास मन्त्रालयको लगानीमा निर्माण भएको हो ।

पुल बनेपछि मुडिकुवा, शंकरपोखरी, थापाठाना, देबिस्थान, खानीगाउँ सहित दक्षिण पर्वतका दुई दर्जनबढी गाविसका साथै बाग्लुङ र गुल्मीसमेतका केही गाविसबासीलाई पैदल हिड्दा करिब दुई घण्टा लाग्ने बाटो पुलले केही मिनेटमै छोट्याएपछि सर्वसाधारणहरु प्रसन्न छन् ।

२०६६ सालमा निर्मित कुश्मा–ज्ञादी तीन सय ४४ र गत ७२ असोजमा निर्मित कुश्मा–कैया पुल तीन सय ४७ मिटर लम्बाई र एक सय ४६ मिटर उचाईका छन् । कुश्माका तिनवटै पुल मुलुककै अग्लामध्येका पहिलो, दोस्रो र तेस्रो हुन् ।

जापानका होन्डाले रचे विश्वकपमा एसियाबाट सर्बाधिक गोल गर्ने खेलाडीको इतिहास

असार १०, काठमाडौँ । विश्वकप अन्तर्गत आइतबार राति सम्पन्न खेलमा जापान र सेनेगलले २–२ को बराबरी खेलेका छन् । खेलमा जापानका किसुकी होन्डाले विश्वकपमा एसियाबाट सर्बाधिक गोल गर्ने खेलाडीको इतिहास रचेका छन् ।

दुईचोटी अग्रता लिएपनि सेनेगलले अग्रता जोगाउन सकेको थिएन्। सेनेगेलका लागि साडियो माने र माउसा वागिईले गोल गरेका थिए भने जापानका लागि किसुकी होन्डाले गोल गरेका थिए ।

खेलको ११ औं मिनेटमा साडियो मानेले सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए। एमबाए नियोगको उपलब्ध गराएको पासमा जापानका थिन्की हारागुचीले फितलो हेडिङ गरेपछि बल सेनेगलका युसुफ साबलीका अगाडी खसेको थियो । उनले प्रहार जापानी किपर इजी कावासिमीले पन्च साडियो मानेको खुट्टामामा खसेपछि मानेले लगत्तै उक्त बललाई जाली चुमाएका थिए ।

खेलको ३५ औं मिनेटमा जापानले बराबरी गोल फर्काएको थियो । युटो नागाटिमोले उपलब्ध गराएको पासमा ताकासी इनयूले बराबरी गोल फर्काएका थिए।
७१औं मिनेटमा माउसा वागिईले सेनेगललाई २–१ को अग्रता दिलाएका थिए । युसुफ साबालीले गरेको क्रसलाई एमबाय नायगीले माउसा तर्फ डोर्यादिएका थिए। डी बक्स नजिकै बल पाएका माउसाले गोल गर्दै सेनेगललाई पुनः अग्रता दिलाएका हुन् ।

७८ औं मिनेटमा सिन्जी कागवाको स्थानमा आएका किसुकी होन्डाले गोल गर्दै गोल पुनः बराबरीमा फर्काएका हुन्। ताकासी इनयूले गोलपोस्ट तिर अघि बढाई रहेको बललाई पन्च गर्न सेनेगलका गोलकिपर खादिम एनदिया अघि बढेका थिए । त्यहीबेला ताकासीले अर्को तर्फ रका होन्डालाई पास उपलब्ध गराए र उनले खाली पोस्टमा गोल गरेका थिए ।

योसँगै किसुकी होन्डा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने एसियन खेलाडी बनेका छन् । उनले विश्वकपमा ९ खेलमा अन्य एसियाली खेलाडी भन्दा बढी चार गोल गरेका छन् ।

अचम्म ! ४ महिनादेखि कोमामा रहेकी महिलाले बच्चा जन्माइन, त्यो बच्चालाई छुनासाथ यस्तो भयो

एजेन्सी। अर्जेन्टिनामा एक ३४ वर्षकी महिला अमेलिया बेनन टाउकोमा चोट लागेका कारण ४ महिनादेखि कोमामा थिइन्। कोमाकै अवस्थामा उनले बच्चा जन्माइन। तर अचम्म, त्यो बच्चाले छुनासाथ उनी कोमाबाट बाहिर आइन्।

प्रहरीमा रहेकी अमेजिला गएको नोभेम्बरमा आफ्ना सहकर्मीहरुसँग गस्तीमा थिइन्। जुन गाडीमा उनीहरु गइरहेका थिए त्यो गाडी दुर्घटना भयो। गाडीमा भएका सबै गम्भीर रुपमा घाइते भए। अमेलियाको टाउकोमा चोट लागेपछि उनी कोमामा पुगिन्।

उनी पाँच महिनाकी गर्भवती थिइन्। उनले भटनाको ५४ दिनपछि बच्चालाई जन्म दिइन्। नवजात शिशुकी आमा कोमामा हुँदा उनका परिवार निकै उदास थिए। तर, बचचाले छुनासाथ उनी कोमाबाट बाहिर आइन् जतिबेला डाक्टरहरुले उनी कोमाबाट बाहिर आउने आशा मारिसकेका थिए।

एजेन्सी। अर्जेन्टिनामा एक ३४ वर्षकी महिला अमेलिया बेनन टाउकोमा चोट लागेका कारण ४ महिनादेखि कोमामा थिइन्। कोमाकै अवस्थामा उनले बच्चा जन्माइन। तर अचम्म, त्यो बच्चाले छुनासाथ उनी कोमाबाट बाहिर आइन्।

प्रहरीमा रहेकी अमेजिला गएको नोभेम्बरमा आफ्ना सहकर्मीहरुसँग गस्तीमा थिइन्। जुन गाडीमा उनीहरु गइरहेका थिए त्यो गाडी दुर्घटना भयो। गाडीमा भएका सबै गम्भीर रुपमा घाइते भए। अमेलियाको टाउकोमा चोट लागेपछि उनी कोमामा पुगिन्।

उनी पाँच महिनाकी गर्भवती थिइन्। उनले भटनाको ५४ दिनपछि बच्चालाई जन्म दिइन्। नवजात शिशुकी आमा कोमामा हुँदा उनका परिवार निकै उदास थिए। तर, बचचाले छुनासाथ उनी कोमाबाट बाहिर आइन् जतिबेला डाक्टरहरुले उनी कोमाबाट बाहिर आउने आशा मारिसकेका थिए।

मरेका मानिसहरुसँग कुरा गर्छन् यी चार वर्षको बच्चा, गर्छन् पूर्वजन्मका कुरा ! पार्कमा बस्दा पनि उनको टाउकोमाथि अचम्मको प्रकाश आउछ

इंगल्याण्डमा एक महिलाले आफ्नो चार वर्षको बच्चाले मरिसकेका व्यक्ति र आफ्नो पूर्वजन्कको कुरा गर्ने गरेको दाबी गर्छिन् । चार्ली बेटीले बारम्बार आफ्नो पूर्वजन्मको कुरा गरेर आमा मेगनलाई चकित तुल्याउने गरेका छन् ।

मेगनका अनुसार उनको छोराले खाना अड्किएका कारण आफ्नो मृत्यु भएको र पूर्वजन्मका बुवाको डुबेको मृत्यु हुने गरेको बताउँछन् । सोमरेसेट ब्रिडवाटरकी मेगन भन्छिन्, ‘मेरो छोराले सधैंभरी आफ्नो पूर्वजन्मको कुरा गरिरहन्छन् ।’
‘उनले निकै पुरानो नाम प्रयोग गर्छन् र आफ्नो बुवाको कसरी मृत्यु भएको थियो भन्ने जानकारी दिन्छन् ।’ ‘उनी निकै अचम्मका छन् किनभने उनको उमेर चार वर्षमात्र भएको छ । बोल्न थालेदेखि नै उनले यस्तो कुरा गर्न थालेका हुन् । उमेर बढेसँगै उनको यसबारे कुरा पनि बढेको छ ।’

‘जब तपाईंले उसलाई यसबारे सोध्नुभयो भने उसले भन्दैन । आफूलाई मन लागेका बेला मात्र उसले कुरा गर्छ ।’ ‘एक दिन जब मैले होसियार भएर खाउ, नभए अड्किन्छ भनेको थिएँ,’ उसले यसको जवाफमा भन्यो, ‘हो नि, मलाई बच्चा बेलामा अड्किएको थियो ।
मैले उनलाई त्यसपछि के भयो भनेर सोध्दा उसले भन्यो, ‘मेरो मृत्यु भयो, त्यसपछि म सधैंको लागि बिदा भए । मेरी आमा निकै दुःखी हुनुभएको थियो ।’ ‘चार वर्षको बच्चाले यस्तो कुरा गर्नु निकै अचम्म हो । उनी दुई वर्षको हुँदा देखि नै आफ्नो ‘बुवा’ बारे कुरा गर्दथे ।’

उनी थप्छिन्, ‘स्कूलमा छोराले उनको बुवाको डुबेको कारण मृत्यु भएको भनेपछि स्कूलकी शिक्षिकाले मसँग सम्पर्क गरिन् । मैले उनलाई उनको बुवाको अवस्था ठिक छ भनेर स्पष्टिकरण दिनु पर्यो ।’चार सन्तानकी आमा मेगनले चार्लीको एउटा फोटो सेयर गरेकी छिन् । उक्त फोटोमा चार्लीको टाउकोमाथि अचम्मको प्रकाश देखिएको छ ।
यो उनको पूर्वजन्मको संकेत हुनसक्ने मेगनको अनुमान छ ।

उनी भन्छिन्, ‘उनी सधैं अन्य बालबालिकाभन्दा फरक छन् । त्यसकारण मलाई लाग्यो कि उनको टाउको माथिको प्रकाश लाइटको खेल हुनसक्छ ।’

‘यो केही विशेष नहुन सक्छ तर यो के हो भन्ने थाहा पाउन पाए राम्रो हुन्थ्यो । यसको व्याख्या के हुनसक्ला त्यो म जान्दिनँ ।’

‘फोटोमा देखिएको प्रकाश सूर्यको हुनसक्छ । तर उनीमा मात्र सूर्यको किरण पर्नु र यसले उनको अनुहारसमेत ढाक्नु, रोचक छैन ?’

‘म यो भन्दिनँ कि यो कुनै शक्तिको उपज हो । चार्लीले मलाई जे कुरा भन्ने गरेका छन्, त्यो के हो भन्ने मेरो मनमा प्रश्न उठ्छ ।’

यसबारे प्यारानोमल एक्सपर्ट जूली कन्क्राफ्टले रुची देखाएकी छिन् । जूली भन्छिन्, ‘यो निकै रोचक केस हो । निश्चित नै यो बच्चाको दिमागमा पूर्व जन्मको याद अझै पनि ताजा छ । उनी त्यसैबारे कुरा गर्छन् । यति कम उमेरमा बच्चाले झुटो पनि बोल्दैनन् ।

दश खेलाडीमा सीमित जर्मनीले अन्तिम सेकेन्डसम्म लड्दै स्वीडेनलाई पराजित गरे

काठमाडौं । साविक विश्वकप विजेता जर्मनीले महत्वपूर्ण जित निकालेको छ । गर या मरको अवस्था चिर्दै जर्मनीले स्वीडेनमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो ।

यदि स्वीडेनसँगको खेल हारेको भए उसले ८० वर्षपछि पहिलो पटक ग्रुप स्टेजबाटै घर फर्कनुपर्ने अवस्था थियो । तर जर्मनीले अन्तिम समयसम्म दश खेलाडीमा सीमित भएको खेललाई आफ्नो पक्षमा पार्न सफल भयो ।

जर्मनीको जितमा टोनी क्रुज नायक बने । निर्धारित ९० मिनेटसम्म एक–एकको बराबरी भएको खेल उल्टाउदै अतिरिक्त समयमा टोनी क्रुजले फ्रि किक मार्फत आकर्षक गोल गरे । खेल बराबरी भएको भएपनि जर्मनलाई नकआउट चरणमा प्रवेश गर्न निकै संघर्ष गर्नुपुर्ने हुन्थ्यो ।



खेल जितेपछि जर्मनले अर्को खेलमा शानदार जित हासिलगर्दै अन्तिम १६ मा स्थान बनाउने अनुमान गरिएको छ । खेलमा स्वीडेनले सुरुवाती गोलको अग्रता लिएको थियो । खेलको ३२ औं मिनेटमा ओला टोएभिनोनले भिक्टोर क्लिसोनको क्रस पासमा उत्कृष्ट गोल गरेका थिए ।

आत्रमक खेलेको जर्मनी दोस्रो हाफमा बराबरीमा फर्कियो । ४८ औं मिनेटमा मार्कु रिउसले मारियो गोमेजको पासमा गोल गरेका थिए । त्यसपछि खेल निकैनै प्रतिस्पर्धात्मक भएको थियो ।

खेलको ८२ औं मिनेटमा जर्मनीलाई ठूलो झड्का लाग्यो । गलत ट्याकलका कारण जिरोमी बोट्याङ रातोकार्ड पाउँदै मैदान बाहिर गएपछि जर्मनी दश खेलाडीमा सीमित भएको थियो ।

तर जर्मनीले आफ्नो आक्रमक खेललाई अन्तिम समयसम्म निरन्तरता दिइरह्यो । दश खेलाडीलाई एघार खेलाडी भएको अनुभुति दिलायो । अन्तत जर्मन टोलीको संघर्ष खेर गएन ।



ठुलै झड्का लाग्ने खेल जित्दै जर्मनीले आफ्नो प्रतिष्ठा जोगाउनका साथै नकआउट चरणमा प्रवेश गर्ने संभावना बलियो बनाएको छ ।
 ग्रुप एफमा मेक्सिको यसअघिनै ६ अंक बटुल्दै नकआउट चरण प्रवेश गरिसकेको छ ।

अब जर्मनी र स्वीडेनबीच प्रतिस्पर्धा नभएपनि नकआउट चरणमा प्रवेशगर्न दुवैले अन्य टोलीसँग संघर्ष गर्नेछन् । दुवै टोलीको ३–३ अंक छ । दक्षिण कोरियाको भने शुन्य अंक छ ।

अब जर्मनीले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ भने स्वीडेनले बलियो टोली मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीले कोरियालाई पराजित गरे, स्वीडेन मेक्सिकोसँग हारे जर्मनी उपविजेताबन्दै नकआउट चरण प्रवेश गर्नेछ ।

जर्मनी अबको खेलमा पराजित भने हुनुहुँदैन् । जित्दापनि फराकिलो अन्तरको जित निकाले उसलाई अर्को चरणमा प्रवेशगर्ने ढोका सजिलै खुल्नेछ ।

मेक्सिकोले जर्मनीविरुद्ध गोल गरेपछि मेक्सिकोमा भूकम्प गयो, समर्थकहरु धेरै उफ्रिएर भूकम्प गएको हुनसक्ने अनुमान

काठमाडौं । आइतबार मेक्सिको सिटीमा भूकम्पको झड्का महसुस भएको छ । यो प्राकृतिक भने होइन । लोजनाले साविकको विजेता जर्मनीविरुद्ध गोल गरेपछि सेलिबेसनका क्रममा भूकम्प गएको हो ।
स्थानीय समय अनुसार ११.३२ भूकम्पको झड्का महसुस भएको हो । तर, यो प्राक्रितिक नभई आर्टिफिसियल भएको त्यहाँको भूगर्भसम्वन्धी कार्यालयले जनाएको छ ।

गोलका क्रममा समर्थकहरु धेरै उफ्रिएर यो भएको हुनसक्ने उसले बताएको छ
विश्वकपको पहिलो खेलमा मेक्सिकोले ३८ औं मिनेटमा अप्रत्यासित अगता लिएको थियो । त्यसलाई कायम राख्दै जर्मनीलाई स्तब्ध बनाएको छ ।

सुर्यविनायक गणेश मन्दिर जहाँ पुगेपछी नबोल्ने बच्चा पनि बोल्छ

सुर्यविनायक गणेश मन्दिर जहाँ पुगेपछी नबोल्ने बच्चा पनि बोल्छ
Suryavinayak Temple is a Hindu Temple in Nepal. It is located  in Bhaktapur, Nepal. The sanctuary is devoted to the Hindu god Ganesh. The sanctuary is a chronicled and social landmark and traveler focus. The Suryavinayak Temple is among four prominent Ganesh hallowed places in the Kathmandu Valley. The sanctuary is otherwise called the sanctuary of the rising sun

The sanctuary is situated around two kilometers from the city. It is arranged in a timberland and must be come to by walking. The sanctuary is in sipadol VDC and is a decent place. The place is sacred and it is said to be that the majority of our distresses and torments would wash away.The sanctuary is accepted to have been initially worked more than 1500 years back. The sanctuary was implicit the season of the Lichhavi King Vishnu Dev Barma. watch video

सुन्दा बिस्वाश नलाग्न सक्छ ?!चमत्कारी कुण्ड, डाक्टरले अब उपचार सम्भव छैन भनेर घर फर्केका बिरामीको रोग पनि कुण्डमा नुहाएपछी निको भयो


वैज्ञानीक आधार त केहि छैन । तर, कतिपय प्रयोग मानविय अनुभवकै आधारमा विश्वास गर्न लायक हुन्छन् । म्याग्दीको बेनी नगरपालिमा जमिनबाट निस्कने तातोपानी मानविय प्रयोगकै आधारमा अचुक औषधि मान्न थालिएको छ । ठूला–ठूला अस्पतालमा उपचार असम्भव भनिएका विरामी यहाँको तातोपानीमा डुबुल्की मारेपछि निको हुन्छन् । मानवीय अनुवभलाई नै आधार मान्ने हो भने बेनीको तातोपानी अचुक औषधि सावित भएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडानम्बर ४ मा तातोपानी कुण्ड छ । कुण्डमा जम्मा हुने पानी मुहानबाट निस्कदै ४५ देखि ५० डिग्री सेल्सीयस तापक्रमको हुन्छ । जुन पानी अचुक औषधि सावित भएको छ । मध्य अमेरिकी मुलुक पाना मामा घरबाट खसेर गुल्मीका कृष्णबहादुर अधिकारीको हात–खुट्टा नचल्ने भयो ।उनले त्यहा धेरै उपचार गरे । चिकित्सकले हात–खुट्टा चल्दैन भनेपछि घर फर्किए । त्यसपछि उनी, बेनीको तातोपानी कुण्डमा स्नान गर्न पुगे । १५ दिनसम्म तातोपानीमा स्नान गरेपछि उनको हात र खुट्टा अलि अलि चल्ने थालेको छ ।

नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उहाँ उपचारका लागि आउने गरेका छन् ।परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने विरामी लगातार हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेका छन् । जमिनबाट निस्कदै ४५ देखि ५० डिग्री सेल्सीयस तापक्रमको यो तातोपानीमा बिरेनुनको स्वाद पाइन्छ । त्यही बिरेनुन स्वादको तातोपानी नै अचुक औषधी बन्ने गरेको छ ।

बेनीको यो तातोपानी औषधिको रुपमा प्रयोग भइरहेको भए पनि औषधिकै रुपमा वैज्ञानीक मान्यता पाएको छैन । मानविय अनुवभकै आधारमा भन्ने हो भने यो तातोपानी अचुक औषधि मान्नु पर्छ । त्यसैले यो तातोपानीबारे बैज्ञानीक अनुसन्धान आवश्यक छ ।हामिसंग विज्ञानलाई चुनौती दिन सक्ने चिज छ जसको प्रचार गर्ने सके संसारभरका मानिसले थाहा पाउने थिए तर यसको प्रचारप्रसार हुन् सकेको छैन

यो पनि पद्नुहोस
आजदेखि लागु हुदै नया नियम ! छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरन नपाइने ,बिहे गरे जेल …छोरीलाई माया गर्नेले शेयर गर्नुहोस् !
रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो ।गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ ।

छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।२५ हजारको मुद्दती खाता गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ ।

सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ । मुद्दती खाता बालिकाको नाममा खोलिनेछ । विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य नगरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । त्यसका लागि सो वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्नेछ ।बैँकहरूसँग प्रस्ताव माग गाउँपालिकाले कार्यक्रम सञ्चालनका लागि बैँकहरूसँग ब्याजदरको प्रस्ताव पेस गर्न आब्हान गरिसकेको छ । २० वर्षे मुद्दती खाता धेरै ब्याज दिने बैँकमा खोल्ने तयारी छ ।

गत साउन यता जन्मेका बालबालिकाका लागि यो कार्यक्रम लागु हुनेछ । बैँकहरूबाट प्रस्तावहरू आएपछि अध्ययन गरी काम अगाडि बढाउने गाउँपालिकाले जनाएको छ ।बैँकको टुंगो लागेपछि बालिकाको जन्मदर्ता, वडा कार्यालयको सिफारिसपछि गाउँपालिकाले खाता खोलिदिने नेपालले बताए । लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध नेपालको कानुनले गर्भपतनलाई अपराध मानेको छ । वरिष्ठ अधिवक्ता विनोद गौतमले पहिचानका आधारमा गर्भपतन गर्नुलाई गम्भीर अपराधका रूपमा लिइने बताउँछन् ।

हाडनाता करणीबाट रहेको गर्भ ,महिलाको स्वस्थ्यमा असर पर्ने अवस्थालगायतमा मान्यताप्राप्त अस्पतालमा गर्भपतन गर्न सकिने अन्यथा ज्यानसम्बन्धी महलअनुसार सजाय हुने प्रावधान रहेको उनले बताए ।भारतसँग सीमा जोडिएका बासिन्दाहरू लिंग पहिचानका लागि भिडियो एक्सरे गर्न भारतीय सहरहरूमा समेत जाने गरेका छन् । छोरी जन्मिँदा खुसी बढाउने चाहना छ : हिरा केवट राहुल, अध्यक्ष हाम्रो समाजमा छोरी जन्मेपछि संरक्षण गर्न, हुर्काउन र विवाह गर्न गाह्रो हुन्छ भन्ने मानसिकता छ ।

त्यसैले, पनि छोरीभन्दा छोरा जन्माउने चाहना बढी पाइन्छ । यही कारणले गर्भ जाँच गर्ने र लिंग पहिचान गरी छोरी भए तत्काल गर्भपतन गर्ने क्रम बढ्दो छ । अहिले समाजमा छोराको संख्या बढ्दो छ, यसको असर पछि देखिन्छ । छोरा–छोरीको सन्तुलन मिलाउन नसके समाजमा द्वन्द्व बढ्न सक्छ ।छोरीप्रति राम्रो धारणा बनोस्, छोरी हुर्काउन अभिभावक खुसी बनून तथा पहिचानका आधारमा गर्भपतन नहोस् भनेर नै यस्तो निर्णय भएको हो । बालिका संरक्षण विमा कार्यक्रमका लागि यस वर्ष १ करोड २१ लाख बजेट छुट्याइएको छ ।

यस गाउँपालिकामा करिब ६ सय बालिका प्रत्येक वर्ष जन्मिने अनुमान गरेका छाैँ । तर, ६ सय पुग्ने देखिएको छैन । अब बैंक छनौट भएपछि कार्यक्रम कार्यान्वयनमा जान्छ । २० वर्ष नपुग्दै बिहे गरे रकम नपाउने बालिका २० वर्षकी भएपछि मात्रै मुद्दती खातामा जम्मा भएको रकम चलाउन पाउने व्यवस्था गरिँदै छ । त्यसअघि विवाह गरे सो रकम गाउँपालिकाको खातामा जाने व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । यसले बालविवाह रोक्ने अपेक्षा छ ।

हेर्नुहोस यस्तो छ तातोपानी कुण्ड,यसरी निस्किन्छ पानी,यसरी जान सकिन्छ l स्थलगतरुपमा तयार पारिएको रिपोर्ट

चीनले बनाउँदैछ यस्तो होटल : १७ तला जमिनमुनि, २ तला पानीमुनि

चीनले हालै विश्वको सबैभन्दा भव्य, ठूलो तथा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनायो, राजधानी बेइजिङमा । चीनको कीर्तिमानीको यो रफ्तार यत्तिमा मात्र रोकिनेवाला छैन ।

अब छिटै अर्को आश्चर्यजनक तथा कीर्तिमानी भौतिक संरचनाले पुनः अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा कमाउँदैछ ।

चीनको सांघाइमा एउटा यस्तो होटल बन्दैछ जसलाई डिप पिट होटेल अर्थात् गहिरो खाल्डोको होटेल भन्दा पनि हुन्छ ।

यो होटल निकै ठूलो हुनेछ । तर जमिनमाथि चाहिँ केवल २ वटा तला मात्र हुनेछन् ।

होटलका अन्य १७ तलाहरु जमिनमुनि हुनेछन् । त्यस्तै अन्य दुईवटा तला चाहिँ वास्तवमा पानीमुनि हुनेछन् ।

उक्त होटेल निर्माणस्थलका सार्वजनिक भएका तस्वीरहरु निकै भव्य तथा आश्चर्यजनक देखिन्छन् ।

१ सय मिटर गहिरो खाल्डोमा यो होटल बनिरहेको छ । सांघाइ सिटीनजिकैको सोङजियाङ जिल्लामा यो होटल रहेको छ ।

बेलायती डिजाइन तथा इन्जिनियरिङ कम्पनी एटकिन्सले यो होटलको डिजाइन गरेको हो । सन् २०१३ को नोभेम्बर देखि यो होटलको निर्माण सुरु भएको हो ।

यो होटलमा ३८३ वटा कोठा हुनेछन् । त्यस्तै हरियो छत हुनेछ भने २ तला पानी मुनि हुनेछ । छतदेखि ठूलो झरना भुइँमा रहेको पोखरीमा खसाइनेछ ।

दैनिक साढे चार घण्टा अभ्यास गर्ने यी ८ वर्षे फुच्चे ब्रुस ली

एजेन्सी । आठ वर्षे जापानी बालक युसेई ‘र्‍युजी’ इमाई फुच्चे ‘ब्रुस ली’को नामले पनि चिनिन्छन् । दैनिक साढे चार घण्टा अभ्यास गर्ने उनी मार्सल आर्टसका लिजेन्ड ब्रुस लिको नक्कल गर्छन् ।

तीन वर्ष अघि चर्चामा आएका उनलाई विश्वकै ठूला मिडियाहरुले पछ्याएका थिए भने समाजिक सञ्जालमा उनका हजारौँ फलोअर थपिएका थिए ।

ब्रुस लीका चर्चित द्वन्द्वका दृश्यलाई नक्कल गर्दै अभ्यास गर्ने उनी द लिटल ब्रुस ली भनेर चिनिएका छन् ।

उनका पिता अनुसार उनी बिहान ६ बजेर उठेर डेढ घण्टा अभ्यास गर्छन् । त्यसपछि स्कूलबाट फर्केर उनी थप एक घण्टा ब्यायाम गर्छन् । त्यसपछि दुई घण्टा किक र ननचाकूको अभ्यास गर्छन् ।

एक वर्षको उमेरदेखि नै ब्रुस लीका चलचित्र हेर्ने उनी चार वर्षको उमेर पुगेपछि चलचित्रका दृश्य नक्कल गर्न थालेका उनका पिताले भनेका छन् । उनका फेसबुकमा कम्तिमा २ लाख ९० हजार फलोअर रहेका छन् ।

अरबपति मानिस भन्दा पनि धनी कुकुर, यसको भाग्य देखेर मन पिरोलिन्छ मानिसहरुको

रोचक । समाजमा गरिब तथा धनी दुबै थरिका मानिसहरु बसोबास गर्छन् । कतिपय मानिसहरुको धनसम्पती आवश्यकता भन्दा पनि बढी भएको हामी देख्छौंं भने यही समाजमा कतिपय मानिसहरुलाई गरिबीले थला पारेको छ । अनि यही समाजमा एउटा यस्तो जनाबर छ जसको धनसम्पत्ती एक अर्बपति मानिसको भन्दा पनि बढी छ । आउनुहोस् आज यही अर्बपति कुकुरको बारेमा चर्चा गरौं ।
यो कुकुरसँग यती सम्पती छ कि यसले चाहे भने आफ्नो लागि हवाईजहाज देखि विलासीता जिवन व्यतित गर्नका लागि आइल्याण्डसमेत किन्न सक्छ ।

जर्मन शेफर्ड प्रजातीको यो कुकुरको नाम गन्थर हो । यो कुकुर विश्वको सबैभन्दा धनी जनाबर हुनुका साथै एक सफल व्यापारी तथा कलाकारले जस्तै विलासिता जीवन जिउँदै छ ।

गन्थरको नाममा १५ अर्ब ५० करोड रुपैयाँ ९१४.५करोड डलर० बराबरको सम्पत्ती छ भन्दा जो कोहीलाई पनि आश्चर्य तथा रोचक लाग्न सक्छ । तर यो सत्य हो ।

गन्थरलाई यो सम्पती उसको बुवाबाट प्राप्त भएको हो । तर उसको बुवालाई यो सम्पत्ती उसकी मालिक्नी कार्लोटा लीबेन्स्टीनको मृत्यु पश्चात प्राप्त भएको हो ।
सन १९९१ मा मालिक्नीको मृत्यु पश्चात इटाली र जर्मनीमा रहेको सम्पूर्ण सम्पत्ती यो कुकुरको नाममा नामसारी भएको हो ।
गन्थरको रेखदेखमा आज सयकडौं कामदार खटिएका छन् । उ भव्य महलमा विलासिता जीवन जिउँछ र आफूलाई मनपर्ने भोजन गर्छ । अनि एउटा कुकुरको विलासिता दैनिकी देखेर कतिपय मानिसहरुको मन पिरोलिन्छ ।

धान खेतबाट यति ठुलो अजिंगर फेला पारे हेरेर तपाँई चकित हुनुहुनेछ (भिडियो)



OMG! Overcome Little Brothers Catch Extremely Big Snake While FishingOMG! Overcome Little Brothers Catch Extremely Big Snake While FishingOMG! Overcome Little Brothers Catch Extremely Big Snake While FishingOMG! Overcome Little Brothers Catch Extremely Big Snake While FishingOMG! Overcome Little Brothers Catch Extremely Big Snake While FishingOMG! Overcome Little Brothers Catch Extremely Big Snake While FishingOMG! Overcome Little Brothers Catch Extremely Big Snake While Fishing


काठमाडौमै भयो यस्तो अचम्मित पार्ने बिबाह ढकालको छोराले कामिनी बाजा बजाएर भित्र्याए

समाजमा अन्तर्जातिय विवाह तथा प्रेमलाई अस्विकार गरिँदै आएको छ । अन्तर्जातिय प्रेम तथा विवाह गर्ने कयौँ जोडीहरुलाई परिवार तथा समाजले बहिस्कार गरेको जातिय विभेद गर्ने गरेको घटनासमेत नसुनिएको होइन । तर, राजधानीमै हिन्दुधर्मिक परम्परा अनुसार अन्तर्जातिय विवाह सम्पन्न भएको छ ।

चन्द्रागिरी २ बाडभञ्ज्याङकी रोजिना परियारलाई चन्द्रागिरी नगरपालीका वडा नम्बर ३ का खेमराज ढकालले प्रेम–मागि विवाह गरेका हुन् ।

बुधबार थानकोटस्थित त्रिभूवन पार्कमा हिन्दुधार्मिक परम्परा अनुसार दुवै परिवारको सहमतिमा विवाह सम्पन्न भएको हो ।ढकाल र परियारबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।विवाह समारोहमा दुवै तर्फका परिवारका सबै सदस्य र आफन्तहरु सहभागी थिए
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger