Latest Updates :
LATEST UPDATES
Showing posts with label Featured. Show all posts
Showing posts with label Featured. Show all posts

लज्जास्पद समाचार पेस गर्ने च्यानल र परी तामाङ पक्राउ !!

विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो ।

परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ ।



बिवाह गरेपछी झन बोल्ड बन्दै बर्षा राउत

केहीसमय अगाडी विवाह बन्धनमा बाँधिएकी नायिका वर्षा राउतका विवाहपछिका केही तस्विरहरु आज सार्वजनिक भएका छन् । सार्वजनिक भएका तस्विरहरुमा वर्षा निकै कुल देखिएकि छिन् । धेरै फ्यानहरुले बिवाह गरेपछि वर्षा राउत झन् बोल्ड देखिएको बताएका छन् । अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाले भ्यालेन्टाइन डे अर्थात १४ फेब्रुअरीमा विवाह गरेका थिए ।


नेपालीले बनाए काठकै साइकल, विश्वलाईनै पारे चकित (भिडियो)

काठबाट साइकल बनाएर मणि हर्क राईले ठुला ठुला इन्जिनियरलाई मात दिएका छन्। उनले आफै तयार पारेको काठको साइकल चलाएर बाटोमा हिड्दा सबै हेरेको हेरै पर्छन। उनी काठका मिस्त्री हुन्।आजभन्दा ३३ बर्ष अघि उनीसँग भएको फलामको साइकल हरायो। नयाँ साइकल किन्ने उनीसँग पैसा थिएन।

त्यसपछि उनले आफुले जानेको सीपलाई प्रयोग गरि काठको साइकल बनाए। जसले बाजार आउँन जान निकै सहज बन्यो। उनलाई साइकल बनाउन धेरैले माग गरे तर राईले बनाएनन्।

पछि उनी रोजगारका लागि विदेश गए। त्यहाँबाट धेरै सिप सिकेर स्वदेश फर्किए। उनलाई अझै धेरै नयाँ वस्तुहरु बनाउने इच्छा छ।६ कक्षामात्र पास गरेका उनको दिमागले हेलिकप्टर जस्ता उड्ने चिज बानाउने कल्पना गर्छ।

उनी भन्छन, ‘अबसर र ज्ञान पाए म अझै धेरै आविष्कार गर्थे, मेरो कला देखेर सबैले जापानमा जन्मिनुपर्ने मान्छे भन्छन।’ उनले साइकल देखि आगो फुक्ने औजार, धान झार्ने मेसिन आदि बनाएका छन्। उनको भविष्यमा एउटा संग्रालय नै खोल्ने सपना छ।(ताजाखबर बाट साभार) हेर्नुहोस भिडियो :

दुखद खबर -जुम्लाका लागि उडेको बिमान दुर्घटना

आफू मरेर पनि ९ जनाको ज्यान जोगाउने नेपाल आमाका दुई बाहादुर छोराहरु दिनेश र सन्तोषः सम्मान सोरुप शेयर गरौ ) काष्टमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । काष्ठमण्डप एयरको विमान दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको निधन भएको छ । विमानमा समस्या आएपछि चालक दिनेश न्यौपानेले विमानलाई कालिकोट विमानस्थलमा आकश्मिक अवतरण गराउन चाहेका थिए ।

तर उनको योजना सफल भएन । विमानलाई खेतमै अवतरण गराउनु पर्‍यो ।जुम्लाकालागि उडेको काष्टमण्डप एयरको नाइन एन एजेवी विमान आकश्मिक अवतरणका क्रममा दुर्घटनामा परेपछि विमान चालक र सहचालकको निधन भएको छ भने अन्य ९ जना यात्रु घाइते भएका छन् ।आकश्मिक अवतरणका क्रममा विमान खेतमै खस्न पुगेको स्थानीयबासीले बताएका छन् । विमानले ठूलो आवाज गर्दै आएर खेतमै अवतरण गरेको र जोडसँग भुइँमा बझारिएको उनीहरुको भनाइ छ । विमान बझारिएपछि यात्रुहरु फुटेको शिशाबाट बाहिर आएको आफूहरुले देखेको समेत उनीहरुले बताएका छन् ।विमान दुर्घटनामा चालक दिनेश न्यौपाने र सहचलक सन्तोष रानाको ज्यान गएको छ ।दिनेश र सन्तोषः आफू मरेर अरुलाई बचाएविमानमा समस्या आएपछि चालक दिनेश न्यौपानेले विमानलाई कालिकोट विमानस्थलमा आकश्मिक अवतरण गराउन चाहेका थिए । तर उनको योजना सफल भएन । विमानलाई खेतमै अवतरण गराउनु पर्‍यो यात्रुलाई बचाउन सन्तोषले अन्तिम सम्म पनि प्रयास गरेको घटनाक्रमले

देखाएको छ । चालक र सहचालकले आफ्नो बलिदान गरेर पनि यात्रुहरुलाई भने सुरक्षित राखेको देखिएको छ। उनीहरुको समयमै उद्दार नहुँदा ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् ।पाइलट दिनेशको ककपिटमा छोपिएको शव देखिने दृष्य सार्वजनिक भएको छ । कालिकोटका कमल शाहीले सार्वजनिक गरेको यो दृष्य यतिबेला सामाजिक सञ्जलमा भाइरल बनेको छ ।विमान बझारिएपछि पनि पाइलट ककपिटमै रहेको दृष्यबाट देख्न सकिन्छ । उनले अन्तिम सम्म पनि आफू मरेर भएपनि यात्रुहरुलाई बचाउने बताएको समेत बाँचेका यात्रुहरुले बताएका छन्घाइतेको उद्धारका लागि पोखराबाट एयर डाइनेष्टिको हेलिकोप्टर गइसकेको र काठमाडौबाट पनि हेलिकोप्टर पठाइएको छ । घटनास्थलमा कालीकोटबाट डिएसपी किसनसिंह बुढाले नेतृत्वको टोली तथा नेपाली सेनाको टोलीपनि परिचालन गरिएको छ ।दुर्घटनाबारे स्थानीयको भनाइ- विमान खेतमै झर्‍योकाष्टमण्डप एयरको विमानमा रहेकाहरुको विवरदुर्घटनामा परेको काष्टमण्डप एयरको नाइन एन जेवी जहाजमा चालक क्याप्टेन दिनेश न्यौपाने को पाइलट सन्तोष रानाको चालक दल थियो भने यात्रुहरुमा शोनाली भट्टचन, लक्ष्मी सुनार, मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री रहेको बताइएको छ ।

स्कुलले शैक्षिक भ्रमणका लागि वृद्धाश्रम लैजाँदा नातिनीले हजुरआमालाई देखेपछि…

भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ ।

वृद्धाश्रम
सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कुले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ ।

उक्त तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई वृद्धाश्रम टुरको आयोजना गरेको थियो । टुरका बेला एक विद्यार्थीले आफ्नो हजुरआमालाई देखिन् ।’

वास्तवमा ती बालिकाले हजुरआमाको बारेमा आफ्नो आमा–बाबुसँग सोद्धा आफन्तकोमा गएको कुरा बताइएको थियो ।

जब ती बालिकाले आफ्नो हजुरआमालाई वृद्धाश्रममा देख्छिन् उनी हजुरआमासँग निक्कै रोएकी थिइन् । बीबीसीका अनुसार यो तस्बिर भारतको गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले सन् २००७ सलामा खिचेका हुन् ।

बीबीसीलाई भचेचले यो तस्बिरको बारेमा विस्तृतमा यसरी बताएका छन् ।

‘१२ सेप्टेम्बर २००७ सालको कुरा हो । मेरो जन्मदिन भन्दा एकदिन पहिलेको कुरा हो । म बिहानै नौ बजेतिर घरबाट निस्किएको थिएँ ।

घरबाट निस्किएको केहीबेरपछि मेरो मोबाइलमा अहमदाबादस्थित मणिनगरको जीएनसी स्कुलकी प्रिन्सिपल रीटा बहन पन्ड्याको फोन आयो ।

उनले स्कुलका बच्चीहरुलाई वृद्धाश्रममा घुमाउन लैजान लागेको कुरा जानकारी गराइन् । म पनि त्यहाँ जान तयार भएँ । र म पनि त्यहीबेला मणिलाल गान्धी वृद्धाश्रम पुगेँ ।

त्यहाँ एकतर्फ बच्चीहरु बसेका थिए भने अर्कोतर्फ केही वृद्धा महिलाहरु बसेका थिए । मैले बच्चीहरु र वृद्धा महिलाहरुलाई सँगै बस्न आग्रह गरेँ ताकि मलाई तस्बिर लिन सजिलो होस् ।

मेरो आग्रह मान्दै उनीहरु जब सँगै बस्न तयार भए तब एक बच्चीले एक वृद्धा महिलालाई हेरीन्, उनी धुरु धरु रुन लागिन् ।

अचम्मको कुरा के थियो भने सँगै बसेकी ती वृद्धा महिला पनि ती बच्चीलाई देखेर रुन लागीन् । ती बच्ची दौडिएर गइन् र ती वृद्ध महिलालाई अंगालो हालेर रुन थालिन् ।

मैलै त्यहिबेला यो तस्बिर आफ्नो क्यामरामा कैद गरेँ । र पछि गएर ती महिलालाई सोधेँ रुँदै उनले जवाफ दिइन्, उनीहरु नातीनी हजुरआमा थिए ।

बच्चीले पनि भनिन् ती वृद्धा महिला उनको हजुरआमा हुन् । हजुरआमाविना उनलाई निक्कै सुन्य भएको थियो, बच्चीले भनिन्, ।

उनले आफ्नो बाबुलाई हजुरआमाको बारेमा सोद्धा आफन्तलाई भेट्न गएको बताएका थिए । तर जब उनी वृद्धाश्रम पुगिन् त्यहाँ हजुरआमालाई देखेपछि वास्तविक कुरा थाहापाइन् ।

हजुरआमा र नातिनीबीचको भेट देखेर सँगै बसेका अरु मानिसहरुको पनि आँखा निक्कै रसाएका थिए । यो तस्बिर भोलिपल्ट दिव्य भास्कर अखबारको पहिलो पन्नामा छापिएको थियो ।

त्यतिबेला यस तस्बिरलाई लिएर निक्कै चर्चा शुरु भएको थियो । यो तस्बिरले धेरै मानिसहरुको मुटु हल्लाई दिएको थियो ।’

फोटो पत्रकार भचेचले भने, ‘मेरो तीस वर्षीय करियरमा पहिलो चोटी यस्तो कि यो तस्बिर छापिएको दिन मलाई एक हजारभन्दा बढी मानिसले मलाई फोन गरे ।’

माइक्रोबसमा यात्रा गरेकी यी महिलाको झोला चेकजाच गर्दा प्रहरीकै होस उड्यो

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–११ बाट लागूऔषध (ब्राउनसुगर) सहित एक महिला पक्राउ परेकी छिन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेकी २६ वर्षीया पवित्रा बिसी (विष्ट) लाई चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) बसन्त रजौरेले जानकारी दिएका छन् ।

बीरेन्द्रनगर नगरपालिका–१२ बस्दै आएकी बिसी शनिवार बिरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना प्रहरी चोकीले चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने क्रममा पक्राउ परेकी हुन् । प्रहरीले उनको साथबाट सेतो कागजमा पोको पारेको अवस्थामा २ ग्राम ६१० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पवित्रा र उनको श्रीमान समेत लागू औषध कारोबारी भएको खुल्न आएको छ । एसपी रजौरेका अनुसार पवित्राको श्रीमान पनि लागूऔषध कारोबार मुद्धामा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा छन् ।
ब्राउन सुगरको कारोबारमा संलग्नहरुलाई ५ बर्षदेखी १० बर्षसम्म जेल सजाय हुने कानुनी ब्यवस्था रहेको छ । पवित्राबारे लागूऔषध मुद्धामा म्याद लिएर अनुसन्धान भइरहेको बताईएको छ ।

बिबाह गरेको ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्दै

बिहे गरेको करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्ने भएका छन् । आर्यनले प्रेमिका सपना भण्डारीसँग वि.सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए ।

वुझिएअनुसार, आर्यन पत्नी सपनाले फागूणको अन्तिममा सन्तानलाई जन्म दिदैछिन् । नायक आर्यन सिग्देल अहिले चलचित्रको छायांकनका लागि सिक्किममा छन् । चलचित्र ‘हजार जुनी सम्म’को छायांकन सकेपछि आर्यन पत्नी सपनालाई पुरा समय दिने तयारीमा छन् ।

आर्यन र सपनाले करिब ४ बर्ष डेट गरेका थिए । यसपछि, उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए । बिहे अघि सपना आर्यनकी फ्यान थिइन् । फ्यानपछि प्रेमिका हुँदै श्रीमती बनेकी सपनाले अब सन्तानलाई जन्म दिने तयारी गरेकी हुन् ।

बाहिर खाजाघर, भित्र यौनधन्दा । ग्राहकः प्रहरी ! (हेर्नुहोस् भिडियाे सहित)

दिनभर खाजाघरको काम गर्नुपर्ने, कोही पुरुष ग्रहक आयो कि कोठीमा गएर ढलिदिनु पर्ने, उनीहरुले भनेजस्तो, चाहेजस्तो गरिदिनुपर्ने, नगरे निर्मम यातना भोग्नुपर्ने ! रोजगारीको खोजी गर्दै आएका कमला र विमला मात्रै होइनन्, धेरै बालिका र किशोरी यस्तै नियति भोग्न वाध्य छन् ।

किशोरीहरु रुन्छन्, चिच्याउँछन्, कराउँछन् तर, आवाज सुनिदिने कोही हुँदैन । हातमुख जोर्न शरीर बेच्नुपर्ने वाध्यता भोगिरहेकाको हितमा काम गर्छु भन्दै बोर्ड झुड्याउने धेरै छन् । तर, तिनीहरु वास्तविक पीडितसम्म पुग्न सकेका छैनन् । नयाँ बसपार्कबाट पछिल्लो पटक सार्वजनिक भएको घटनाले अवैध यौनधन्दामा प्रहरीकै संलग्नता समेत खुलाएको छ ।

आफ्नै देशभित्र बेचिन बाध्य बालिका एवम् किशोरीको चित्कारबारे चर्चा गरिरहेका छौं । एउटा कामका लागि भन्दै राखेर यौनधन्दामा लगाउनु ‘देह व्यापार’ हो । अर्थात् मानव बेचविखन । जुन जघन्य अपराध हो । यहाँ मानव एवम् चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने थुप्रै सरकारी एवम् गैरसरकारी संघसंस्था छन् । तर, उनीहरुको नजर राजधानीमै सञ्चालित ‘यौन–कोठी’मा पुगेको छैन ।

अवैध ध्रन्दा नियन्त्रण गर्नुपर्ने प्रहरी नै यौनधन्दामा संलग्न रहेको खुलासा हुन्छ भने योजस्तो विडम्वना के हुन सक्छ ? जसले यौन व्यवसाय थप मौलाउन भरथेग गरिरहेको छ । फरक आवरणमा यौन व्यवसाय चलाउने मनु छन्त्याल त उदाहरण मात्रै हुन् ।

सयौंले विमला र कमलाको नियति भोगिरहेका छन् । राजधानीमा छ्याप्छ्याप्ती यौनधन्दा भइरहेको स–प्रमाण भेट्दा समेत नियन्त्रणमा प्रहरी एवम् चेलीबेटी बेचबिखनविरुद्ध काम गरिरहेका सरकारी तथा गैरसरकारी संघसस्थाले प्रभावकारी काम गरेका छैनन् ।

मनु छन्त्यालहरुलाई कसले संरक्षण गरिरहेको छ ? प्रश्न पछ्याउँदै जाँदा अन्तिममा प्रहरीमै गएर ठोकिन्छ । जस कारण विमला–कमलाहरुले नारकीय जीवन भोग्नु परिरहेको छ । तर, यो भोगाई र प्रताडना कहिलेसम्म ? राजधानीमै मौलाउँदो देह व्यापार नियन्त्रण गर्न सरकारी एवम् गैरसरकारी संस्थासँगै प्रहरीको भूमिका प्रभावकारी हुन्छ ।

प्रहरी मात्रै इमान्दार भइदिने हो भने यस्ता कुकर्म स्वतः निरुतसहित हुन्छ । तर, अवैध अखडा प्रहरीकै यौनप्यास मेट्ने र कमाउने माध्यम बन्छन् भने सयौं विमला–कमलाहरुले नारकीय जीवनबाट मुक्ति पाउन असंभव छ ।

जङ्गलमा चराउन लगिएका ५२ भेडा चट्याङ लागेर घटनास्थलमा नै मरे

चट्याङ लागेर आज यहाँ ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ । भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । चुथीको जङ्गलमा एकै साथ चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रमुख भाटको भनाइ छ ।

चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन आज मात्र तयार पारिएको उहाँले जानकारी दिनुभयो । साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करीब पाँच लाखभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए । ब्याउने सहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ ।

त्यस्तै चट्याङकै कारण रेडियो बार्जुको स्टेशनमा पनि ठूलो क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेशिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताउनुभयो । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ । चट्याङकै कारण त्रिवेणी नगरपालिकामा पनि एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

छोरीलाई इन्जिनियर बनाउन नमानेका बाबू अहिले छोरीको सफलता देखेर दंग, झण्डै दुई करोड तलब थाप्छिन्


विश्वकै सर्वाधिक ठूलो सर्च इन्जिन गुगलले भारतकी एक युवतीलाई इन्जिनियरलाई १ करोड ७२ लाखभन्दा माथि तलब दिएको छ । बिहारकी मधुमिता कुमारलाई यति ठूलो अफर आएको हो । विश्वको ठूलो सर्च कम्पनी हो, गुगल । यही कम्पनीले मधुमिताका लागि वार्षिक १ करोड ८ लाख रुपैयाँ भारु (अर्थात १ करोड ७२ लाख ८० हजार रुपैयाँ) तलबको जागिर दिएको छ ।

स्विजरल्याण्डमा रहेको गुगलको अफिसमा टेक्निकल सोलुशन इन्जिनियरको रुपमा मधुमिताले सोमबार काम शुरु गरेकी छिन् । मधुमिता गुगलमा काम गर्नुपूर्व बैंगलुरुस्थित एपिजी कम्पनीमा काम गर्थिन् । उनका बाबु उनलाई पछिल्लो समय अमेजन, माइक्रोसफ्ट र मर्सिडिज जस्ता कम्पनीबाट पनि जागिरको लागि अफर आएको बताउँछन् ।

मधुमिताका बाबु छोरीको यो सफतला देखेर दंग छन् । पटनाको सटे खगौल क्षेत्रमा यो परिवारको अहिले निकै चर्चा भइरहेको छ । तर, कुनैबेला समय यस्तो पनि थियो कि, मधुमिताका बाबुले उनलाई इन्जिनियरिङ पढाउन मानेका थिएनन् । बाबु सुरेन्द्र कुमार शर्मा अहिले भन्छन्– ‘सुरुमा त मलाई इन्जिजियरिङ छोरीहरूले पढ्ने विषय नै होइन जस्तो लाग्थ्यो । तर पछि धेरै केटीहरू पनि इन्जिनियरिङ पढेको देखेपछि मैले पनि उनलाई यही पढ्न भनें ।’ यसपछि मधुमिताले जयपुरको आर्या कलेज अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजिबाट कम्प्युटर साइन्स अध्ययन गरिन् ।

उनले १२ कक्षा भने पटनाको डिएबी, वाल्मी स्कुलबाट गरेकी थिइन् । अब्दुल कलाम थिए आइडल आफ्नो परिवार र खानदानबाट नै विदेश जानेमा उनी पहिलो पनि बनेकी छन् । उनी यही वर्ष फेब्रुअरीमा पहिलो पटक अमेरिका गएकी थिइन् । ‘हाम्रोमा कोही विदेश जानु निकै ठूलो सफलता हुन्छ,’ उनका बाबु भन्छन्– ‘हाम्री छोरी विदेश गएपछि हाम्रो परिवारबाट पनि कोही विदेश गयो भनेर खुसी लाग्यो ।’ तर, मधुमिताका बाबुलाई उनकी छोरी हजारौं माइल लगतार एक्लै बस्नुपर्छ भन्ने कुरामा भने चिन्तित छन् ।

यो सफलता प्राप्त गर्नका लागि मधुमिताको मेहनत र लगनशिलता सँगसँगै भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामको भूमिका पनि थियो । सोनपुरको रेलवे सुरक्षा बलमा सहायक सुरक्षा आयुक्तको रुपमा काम गर्ने बाबु सुरेन्द्र शर्मा भन्छन्– ‘राष्ट्रपति एपिजे अब्दुल कलाम उनको सबैभन्दा ठूलो प्रेरणा हो ।

कलामको किताब र बायोग्राफी उनी सबै पढिरहेकी हुन्थिन् ।’ आइएएस बन्न चाहन्थिन् मधुमिता स्कूल पढ्दै गर्दा मधुमितालाई गणित र विज्ञान विषय निकै मन पर्थ्यो । स्कुलमा हुने सबै वादविवाद प्रतियोगितामा उनी भाग लिन्थिन् । तर, सुरुमा भने उनी आइएएस बन्न चाहान्थिन् । तर, पछि उनले इन्जिनियरिङलाई आफ्नो करियर बनाईन् ।

कृष्ण ओलीलाई भेट्दा बिराज भट्ट रोए ! ११ लाख सहयोग बुझाउँदै भने- तिमी रियल हिरो हौ(भिडियो सहित)

काठमाडौं (शिशिर भण्डारी) सबै अन्तर्वार्तामा कृष्ण भाईले मेरो मनपर्ने हिरो बिराज भट्ट हुन् र भेट्न मन छ भनिरहँदा मलाइ बिराज दाईलाई कृष्णसँग भेटाउन मन लाग्यो । बिराज दाईले पनि मेरो प्रस्तावलाई सहर्ष स्विकार्दै आफ्नो फ्यान कृष्ण वलिका लागि समय दिनुभयो । बिराज दाईका लाखौं फ्यानहरु मध्येका बाल गायक जनक गन्धर्व र ठेलामा मःमः बेच्ने गायक भनेर चिनिएका कपिल पौडेल पनि हामी सँगै गएका थिए । यहि सु-अवसरमा देश तथा बिदेशबाट कृष्णलाई माया गर्नुहुने सबैले पठाउनु भएको सहयोग रकम ११ लाख ५ हजार ३ सय २१ रुपैंया पनि बिराज दाईकै हातबाट रुपालाई हस्तान्तरण गराएँ । सहयोग पठाउने सबैको नाम मैले आफ्नो फेसबुक लाईभमा लिएको छु ।

कृष्ण ओली सहयोग अभियानमा सहयोग गर्ने सबैलाई मेरो २ हात जोडेर नमस्कार, बिराज दाईलाई धेरै धेरै धन्यवाद । यो भिडियोलाई सक्दो सेयर गरौं है । कृष्ण ओलीका लागि आवश्यक उपचार खर्च पुग्नै लागिसकेको छ । चाँडै नै सहयोग अभियान बन्द गर्दैछौं ।
हामी चाँडै नै कृष्ण जस्तै हात र खुट्टा गुमाएका खोटांगका हिराकाजी ढुंगानाको घर जाँदैछौं । उहाँलाई सहयोग गर्नका लागि ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । बाँकेका बुद्धिमान कुँवर उपचारका लागि काठमाडौं आउँदैछन् भन्ने जानकारी पाईयो, केहि दिनमै उनको भिडियो पनि आउनेछ ।

जाह्नवी कपुरको पहिलो होश उडाउने फोटोशूट

बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुरले केही दिन अगाडि हट फोटोशूट गराएकी छन्।
फोटोमा जाह्नवी रातो रङको डिजाइनर आउटफिटमा देखिएकी छन्। जाह्नवीले फोटोशूटका तस्वीर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन्।

 जाह्नवी कपुरले २०१८ मा फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।
जाह्नवी एक बायोपिक र करण जोहरको पीरियड फिल्म ‘तख्त’ मा अभिनय गरिरहेकी छन्।

चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरू समावेश गरिएको निर्माता गिरिले बताए।

चलचित्र "जिस्म" को सिक्वेल 'जिस्म २'को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा फाइट र ग्ल्यामरलाई देखाएको छ । चलचित्र 'जिस्म'को चर्चा करिब २ वर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाई लिएर निर्माण गरिएको कारणले पनि यस चलचित्रको चर्चा चलेको थियो ।

'जिस्म २'लाई राजु गिरिले निर्माण गरेका छन् भने यस चलचित्रलाई इन्द्र जीले निर्देशन गरेका छन् । सुरज कुँवरले छायाङ्कन गरेको चलचित्रबाट रमेश विश्वकर्मा, नमिता खड्का र रेजिना भण्डारीले डेब्यु गर्दैछन् । चलचित्रमा अनिल राईको नृत्य र योगेश काजीको सङ्गीत रहेको छ । चलचित्रको कथा अनुसार चलचित्रमा भरपुर ग्ल्यामर दृश्यहरू समावेश गरिएको निर्माता गिरिले बताए।

मलाइका र सारा अलीको हट भिडियो सार्वजनिक (भिडियो)

 मलाइका अरोडा एक बच्चाका आमा र ४५ वर्षकी भएपनि उनको शरीर निकै फिट देखिन्छ। आफूलाई फिट राख्नकालागि मलाइका लामो समयसम्म जिममा वर्कआउट गर्दै बिताउँछिन्। मलाइकाको नयाँ फिटनेश भिडियो सार्वजनिक भएको छ। जसमा उनी सैफअली खानकी छोरी सारा अली खानसँग जिममा वर्कआउट गर्दै गरेको देखिएको छ। सारा मलाइकालाई हेर्दै वर्कआउट गरिरहेकी छन्।

मलाइकालाई जिममा सारासँग एक्सरसाइज गर्दै गरेको देखेपछि सामाजिक संजालमा प्रयोगकर्ताले उनलाई ट्रोल गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्–आन्टी थाक्नुहुन्छ।’ अर्का एक जनाले लेखेका छन्–कहिल काँही घर बसेर छोराको हेरचाह पनि गर्ने गर्नुस्।’

मलाइका फिट हुनलाई जिम जानुकासाथै आफ्नो खानपीनमा पनि धेरै ध्यान दिन्छिन्। उनी दैनिक आधा घण्टा स्वीमिङ, साइकलिंग र जगिङ पनि गर्छिन्। उनको फिटनेस शड्युलमा योगा, डान्स वेट ट्रोनिङ, किक बाक्सिङ पनि छन्।
मलाइका आफ्नो दिनको सुरुवात हेल्दी ब्रेकफास्टबाट हुन्छ। त्यो बाहेक मलाइकालाई पास्ता पनि निकै मनपर्छ। उनी गँहुको पास्ता खाने गर्छिन्।

हिमपातमा परी दुई जनाको मृत्यु

विवादित क्षेत्र जम्मूकश्मीरसहित भारतको हिमाञ्चल, उत्तराखण्ड तथा उत्तर भारतका अधिकांश क्षेत्रमा भएको हिमपातमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

कश्मीरको रामबन जिल्लाको एक पहाडी गाउँमा हिमपहिरोमा परी १२ वर्षकी एक बालिकासहित दुई जनाको मृत्यु भएको हो । जम्मू श्रीनगर राजमार्ग दुई दिनदेखि ठप्प छ । हिमांचल प्रदेशमा ३७७ सडकहरु बन्द भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सिमलाका मात्रै २०४ वटा सडक बन्द भएका छन् । सिमलामा दुई बस बाटोमै फसेका छन् । स्कुले ७० बालबालिका र स्टाफसहित ८७ जनालाई उद्दार गरिएको छ । राजस्थान, हरियाणा, पंजाब, मध्यप्रदेश, बिहार र दिल्लीमा भारी वर्षा भएको छ भने केही क्षेत्रमा असिना पनि परेको छ ।

शुक्रबारसम्म भारी वर्षा हुने भारतीय मौसम विभागले पूर्वानुमान गरेको छ । मौसम विभागका मनमोहन सिंहका अनुसार शनिबार मात्र मौसममा सुधार आउने छ । विभिन्न ठाउँमा चार फिटसम्म हिउँ जमेको छ । जम्मू कश्मीरमा भूस्खलन पनि भएको छ ।

रवि लामिछानेले निकितासँग बिहे गरे, इशाले निकितालाई तिरस्कार नगर्नु भन्दै दिइन् शुभकामना

केही समयदेखि पूर्वपत्नी इशा लामिछानेसँगको डिभोर्सको विषयलाई लिएर सामाजिक सञ्जालमा हट टपिक बनेका संचारकर्मी रवि लामिछानेको बोरमा एउटा नयाँ खबर सार्वजनिक भएको छ ।

संचारकर्मी रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछानेले रवि लामिछाने चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलको प्रेम सम्बन्धमा रहेको र त्यही प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि उनले आफूसँग डिर्भोस दिएको भनेर उनले बयान दिएकी थिइन् जुन बयानका बारेमा विभिन्न खालका टिकाटिप्पणी पनि भए ।

विशेषगरी रवि लामिछानेलाई लिएर र उनकी पूर्वपत्नी इशा लामिछानेलाई लिएर विभिन्न खालका तर्क विर्तकहरु भएका थिए । र, रविले निकिता र आफू राम्रो साथि मात्र भएको प्रतिक्रिया दिएका थिए ।

आफूहरू एउटै फ्ल्याटमा, एउटै अर्पाटमेन्टमा बस्ने भएका कारण पनि आफूहरू राम्रो साथ भएको र आफूहरू बिहेको बारेमा अहिले नै तयार नभएको बताएका थिए जस्तो प्रतिक्रियाहरू पनि उनीहरूले दिएका थिए । तर, सोमबार एकाएक रवि लामिछानेको एउटा स्टाटसले दर्शकहरूलाई पनि अचम्भित बनाएको छ ।

पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस् .

कहाँ गयो मानवता ? छिमेकिले मलामी जान नमान्दा आमाको लासलाई साइकलमा राखेर सरोजले यसरी घाट पुर्याए !

संसार कति सम्म स्वार्थी र निष्ठुरी छ भन्ने कुरा यी सरोजलाई सोध्नु होस्। छिमेकिहरु मलामी बन्न तयार नहुँदा मृत आमालाई साइकलमा राखेर एक्लै अन्त्यष्टि गर्ने सरोजको कहानीले जो-कोहिलाई पनि भावुक बनाइदिन सक्छ। १७ वर्षीय सरोज मृत आमाको शव साइकलमा राखेर अन्त्यष्टिको लागि एक्लै रवाना भैरहेको भिडियो सामाजिक संजालमा देखा परेको छ।

छिमेकिहरुले सहयोग गर्न इन्कार गरेसँगै सरोजले शव राखिएको साइकल ५ किलोमिटर खालीखुट्टा ठेले। ५ किलोमिटर टाढा रहेको जङ्गलमा पुर्याएर सरोजले एक्लै खाल्डो खने। त्यहि आमालाई पुरेर अन्त्यष्टिको काम सकाए। यो भावुक घटना छिमेकि मुलुक भारतको रहेको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार घटना भारत ओडिशास्थित कर्लाब्हालीको रहेको छ। ७ वर्षमै आमा गुमाएका सरोज आमा बितेपछि अब टुहुरो भएका छन्।

पानि लिन जाँदा लडेर ४५ वर्षीय आमाको मृत्यु हुँदा सरोज विछिप्त भए। आमाको अन्त्यष्टिमा सहयोग गरिदिन छिमेकमा हार-गुहार गरे तर कसैले सुनेन। तल्लो जातिको हुनाले उनी आफ्नो आमाको अन्त्यष्टि एक्लै गर्न बाध्य भएका हुन्। भारतमा जातियताको नाममा भेदभाव अत्याधिक हुने गरेको छ। यसै भेदभावको शिकार भए सरोज। जातियताले नै सरोजलाई आफ्नो आमाको अन्त्यष्टि एक्लै गर्न बाध्य बनाइदियो। सामाजिक संजालमा देखा परेको भिडियोले मानवता माथिनै प्रश्न उठाएको छ। मानवता भन्दा जातियता ठूलो कसरी हुन सक्छ ? भन्ने बहस पनि शिर्जना भएको छ।

ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु

स्याङ्जाको वालिङबाट गल्याङतर्फ जाँदै गरेको ट्रकमाथि भीरबाट ढुंगा खस्दा चालकको मृत्यु भएको छ ।

मंगलबार बिहान ११ः३० बजे ग१ख ३७७२ नम्बरको ट्रकमाथि ढुंगा खस्दा ट्रक चालक पुतलीबजार नगरपालिका बाङखोलाका २८ वर्षीय प्रेम शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते शर्माको उपचारको क्रममा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

महिलालाई बिदाको दिन भाडा माझ्न लगाउँदा कम्पनीले तिर्नुपर्यो साढे दुई अर्ब जरिवाना

तपाई कुनैं पनि संस्थामा कार्यरत्त हुनुहुन्छ भने त्यस कम्पनीले आफ्नो आवश्यक्ताअनुसार तपाईलाई विदाको समयमा पनि बोलाउन सक्छ । यसरी विदाको दिन काममा लगाउँदा कम्पनी स्वयमलाई पनि फाइदा त हुन्छ नैं साथैं कर्मचारीले पनि सामान्य समयको भन्दा धेरैं रकम पाउँछन ।

तर, अमेरिकाको वासिङ्टनस्थित होटललाई भने विदाको दिन काममा लगाउँदा ठुलो नोक्सान भएको छ । होटलले भाँडा माझ्ने महिलालाई २१.५ मिलियन डलर अर्थात दुई अर्ब ४४ करोड रुपैयाँ क्षतीपूर्ती दिनुपर्ने भएको छ ।

होटलले महिलालाई बिदाको दिन अर्थात् आइतबार पनि काममा बोलाएको थियो जसका कारण उनी चर्चमा समेत जान असमर्थ हुन्थिन् । होटलले आफ्नो धार्मिक भावनालाई ठेस् पुर्याएको महिलाले आरोप लगाएकी थिइन् ।

मेरी जिन पिरीले कोन्राड मायामी होटलमा ६ वर्षसम्म काम गरिन् । उनका किचन म्यानेजरले सन् २०१५ मा उनलाई बिदाको दिन अर्थात् आइतबार पनि काममा आउनुपर्ने माग गरे । यसलाई होटल व्यवस्थापनले पनि स्विकार गर्यो । कोन्राड होटल हिल्टन ग्रुपको हिस्सा हो ।

मेरी एक क्याथोलिक मिशनरी ग्रुप सोल्जर्स अफ क्राइस्ट चर्चकी सदस्य हुन् । यो समूहले गरिबको मद्दत गर्छ । मेरीले दायर गरेको मुद्दामा दाबी गरिएको अनुसार ६० वर्षे उनी आफ्नो धार्मिक मान्यताका कारण आइतबार होटलमा काम गर्न असमर्थ थिइन् ।

पार्क होटेल्स एण्ड रिजोर्टस् (हिल्टन वर्ल्डवाइडको नामले चर्चित) ले मियामी कोर्टलाई आफूलाई यसबारे कुनै जानकारी नभएको र उनले आइतबार बिदा बस्नका लागि आग्रह गरेको बारे केही थाहा नभएको बतायो । होटल व्यवस्थापनले मेरीलाई आखिर आइतबार किन छुट्टी चाहिएको थियो भन्ने प्रश्न गरेको थियो ।

सुरुमा ६ सन्तानकी आमा मेरीलाई आइतबार छुट्टी लिनका लागि आफ्ना सहकर्मीसँग सिफ्ट बदल्ने अनुमती दिइएको थियो । त्यसपछि होटल व्यवस्थापनले मेरीलाई आइतबार किन छुट्टी चाहिएको भन्ने जानकारीसहितको पादरीले लेखेको चिट्ठीको माग गरियो । यद्यपी, सन् २०१६ मा मेरीलाई खराब आचरण, लापरवाही र बिदा बसेको भन्दै भन्दै जागिरबाट निकालियो ।

सन् २०१७ मा मेरीले सिभिल साइट्स एक्ट सन् १९६४ को उल्लंघनको हवाला दिँदै मुद्दा दर्ता गरिन् । नियम अनुसार जागिरमा जाती, धर्म, रङ, लिङ्ग र राष्ट्रियताको आधारमा भेदभावको प्रतिबन्ध लगाइएको छ ।

अदालतले मेरीको दाबीसँग सहमत भयो र उनलाई २१ मिलियन डलर क्षतीपूर्ती दिन आदेश दियो । होटल व्यवस्थापनले मेरीलाई ३५ हजार डलर बक्यौता रकम र मानसिक तनावका लागि अतिरिक्त पाँच लाख डलर पनि दिनुपर्नेछ ।

‘ह्वाट डु यु मिन ?’ भन्दा ‘यो अमेरिका हो ?’ भन्दै प्रहरीले लात्ती बजार्यो, पेटमा ५२ टाँका

३ माघ, पोखरा । प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका बाग्लुङको गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन)भएको छ ।

प्रहरीको कुटाईबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको हो । पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएर रगत बगिरहेको उपचारमा संलग्न सर्जन डा. सुरेशराज पौडलले बताए ।

‘उहाँको पेटमा दुई लिटर जति रगत फैलिएको थियो,’ उनले भने, ‘लाइफ सेभिङ अप्रेसन गरिएको हो । पेटको रगत सफा भएको छ । बिरामीको अवस्था सुधारोन्मुख हुँदै गएको छ ।’

अप्रेसनपछि बस्नेतले पानी, झोल पदार्थ खाइरहेको डाक्टर पौडेलले बताए । उपचारका लागि बस्नेतकी श्रीमती कृष्णकुमारीसहित आफन्त पोखरामा छन् । बस्नेतको मेजर अप्रेसन भएकाले पेटभरीमा झण्डै ५२ टाँका लगाइएको परिवार स्रोतले जानकारी दियो । प्रहरीको प्रत्यक्ष निगरानीमा बस्नेतको उपचार भइरहेको छ ।
सोमबहादुर बस्नेत, कृष्णबहादुर खत्री र बिक्की गैरे २९ पुसमा गलकोट नगरपालिकाको–६ बाट ३ नम्बर वडातर्फ झोलुङे पुल हुँदै जाँदै थिए । हरिचौर प्रहरी बिटमा कार्यरत प्रहरी जवानद्वय प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापासँग उनीहरुको बाटोमै जम्काभेट भयो । बिक्कीलाई प्रहरीले अपशब्द प्रयोग गरेर बोलाए । कृष्णबहादुर खत्रीका अनुसार आफूहरु तीनजनाले मदिरा सेवन गरेको भए पनि प्रहरीलाई नराम्रो नबोलेको बताउँछन् ।

‘हाम्रो साथी बिक्कीसँग प्रहरीको चिनचान रहेछ’, उनले भने, ‘प्रहरीले अपशब्द प्रयोग गरेर बोलायो, सोमले ह्वाट् डु यु मिन भनेपछि अंग्रेजीमा कुरा गर्छस्, ठूलो बन्छस् । यो अमेरिका हो भन्दै कुटे ।’

बिक्कीको प्रहरीसँग चिनेजानेको भएकाले उसलाई केही नगरेको खत्रीले बताए । आफूलाई र सोमलाई बुट र लाठी बजारेको उनको भनाई छ । ‘मैले अलिअलि पन्च ब्लक गरे, सोमको पहिले पनि हात अप्रेसन गरेको थियो, उ अलि कमजोर नै हो । उसले छेक्न सकेन । सोममाथि प्रहरी जाइलागे’, उनले थपे ।

युनिफर्मसहित ड्युटीमा खटिएका प्रहरीले बिना कारण रिस पोखेको उनले सुनाए । प्रहरी एकाएक आवेशमा आएर कुटपिट ग¥यो । ‘हाम्रो गल्ती भए चौकीमा लैजानुस भन्दाभन्दै सोमलाई घाइते हुनेगरी कुटे दुःख लागेको छ ।’

राष्ट्रसेवक प्रहरी आफ्नो दायित्व बिर्सेर जनतामाथि अन्याय गरेको गलकोट नगरपालिका–६ की सदस्य मनकुमारी पाण्डेले आरोप लगाइन् । वडाले घटनामा संलग्न प्रहरी माथि कारवाहीको माग गरेको उनले जानकारी दिइन । कुटपिटमा संलग्न भएको आरोप लागेका प्रहरी जवानद्वय विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा थप अनुसन्धानका लागि तानिसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा एसपी बिनोद रेग्मीले जानकारी दिए ।

‘ड्युटीमा खटिएको प्रहरीले उनीहरुलाई कुटेको भन्ने जानकारीमा आएको छ’, एसपी रेग्मीले भने, ‘पुरानै रिसिइबी हो कि आवेशमा आएर तत्कालै प्रतिक्रिया जनाउँदा त्यस्तो घटना भएको भन्नेबारे अनुसन्धान भइरहेको छ ।’ मदिरा सेवन गरेर आएका व्यक्तिसँग सामान्य भनाभनमै प्रहरीले अनुचित बल प्रयोग गरेको भन्ने पुष्टि भएमा विभागिय कारवाहीका लागि प्रहरी जवानद्वयलाई जिल्ला तानिने एसपी रेग्मीले जानकारी दिए ।

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger