Latest Updates :
LATEST UPDATES

लज्जास्पद समाचार पेस गर्ने च्यानल र परी तामाङ पक्राउ !!

विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो ।

परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ ।



आफूले लगाएको कपडाका कारण विमान चढ्न पाइनन् यी युवती , यस्तो छ कारण !

 ब्रिटेनको बर्मिंघम एयरपोर्टमा एक युवतीले छोटो कपडा लगाएको भन्दै विमान चढ्न दिएनन्। एयरलाइन्सका कर्मचारीले यसलाई ‘भड्किलो’ माने। उनलाई कर्मचारीले दुइ विकल्प दिए कि त आफ्नो शरीर ढाक्ने लुगा लगाऊ कि त विमान सवार नगर्नु।

बर्मिंघम एयरपोर्टमा २१ बर्षीय युवती आफ्नो परिवारसंग स्पेनको कैनेरी आइलैंड जानको लागि पुगेकी थिइन्। तर थोमस कुक एयरलाइन्सका कर्मचारीले कपडा छोटो देखेर बिमानमा चढ्न नै दिएन। मिरर यूकेको रिपोर्ट अनुसार युवतीलाई एयरपोर्टमा सुरक्षा जांचमा रोकेन तर बिमानमा चढ्न लागेको बेला थोमस कुक एयरलाइन्सका चार कर्मचारीले कपडा भएन भन्दै फिर्ता पठाए।

युवती भन्छिन ‘यो मेरो जीवनको सबै भन्दा खराब पल हो।’ युवतीले लैंगिक भेदभावको आरोप लगाएकी छिन् । उनकै पछाडी उभिएको एक व्यक्तिलाई कपडा फेर्न लगाएन जबकी उनले सर्ट र वेस्ट टप लगाएकी थिइन्। युवतीले यो नराम्रो अनुभव ट्वीटर मार्फत शेयर गरेकी छिन। जुन अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ।

एमिलि ओकोनोर नामकी युवतीले कपडा फेर्न नमानेपछि एयरलाइन्सका एक कर्मचारीले उनको ब्यागसहित बाहिर निकाली दिएका थिए। त्यसपछि उनकै परिवारका एक सदस्यको ज्याकेट लगाएर उनले विमान चढेकी थिइन्। एमिलीको ट्वीटपछि भने यस्तो असंवेदनशील व्यवहार देखेर सबैले थामस कुक एयरलाइन्सको आलोचना गरे। त्यसपछि एयरलाइन्सको प्रवक्ताले युवतीसंग व्यक्तिगत र आधिकारिक बयान जारी गरि माफी मागेका छन्।














विप्लव र प्रकाण्ड, सिन्धुलीकाे जंगल यस्तो अबस्थामा

 विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको दावी गरेको छ ।

हाल सिन्धुलीमा रहनुभएका बिप्लवको गतिबिधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।

केहीदिन देखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । उहांहरुको कदम अहिले सम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिंन्धुलीलाई बिप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।

सो पार्टीका प्रवक्ता समेत रहनु भएका बिश्वकर्मा अहिले दाङमा रहनु भएकाले उहांको गतिबिधिलाई समेत निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।








पहिला मुड्की अनि श्रमस्वीकृति, बिचौलियाको धम्की

संघीय सरकारले पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्‍यो। जनकपुरको क्याम्पस चोकमा पनि श्रम तथा रोजगार कार्यालय खुल्यो। प्रदेश २ बाट वैदेशिक रोजगारमा जानेहरू खुसी भए। यहाँबाट पहिलो श्रम स्वीकृति धनुषा धनौजी—५ का मोहम्मद जिलानी मोमिमनलाई १० मिनेटमै दिइएको थियो। उनलाई श्रम विभागका महानिर्देशक उदयकुमार गुप्ता र जनकपुर कार्यालयका निमित्त प्रमुख मनोजकुमार यादवले फूलमाला लगाई मिठाई खुवाएका थिए।

तर, आइतबार बिहान ९ः२५ बजे कार्यालयमा सेवाग्राहीको सास्ती हेरिनसक्नु थियो। एक सातासम्म पनि काम नबनेपछि उनीहरू हैरान थिए। रोजगारी टुट्ला कि भन्ने चिन्ता उनीहरूमा देखिन्थ्यो। उनीहरू राति २ बजेदेखि लाम लाग्छन्। रौतहट गौरका प्रवीण यादव राति ३ बजेदेखि लाइन लागे। उनी शनिबार साँझ जनकपुर आएका थिए। उनलाई तुरुन्त साउदी उड्नु छ तर काम हुने छाँटकाँट थिएन।

महोत्तरी मगरथानाका २४ वर्षीय नजामुद्दिन मलेसिया जानु छ। उनी बिहान ५ बजेदेखि लाइनमा थिए। चार दिनसम्म उनको काम बनेको छैन। टोकन लिएपछि उनलाई कर्मचारीले ‘आजभोलि’ भन्दै टार्दै आएका छन्।



धनुषाको वीरेन्द्रबजार राधापुरका ४० वर्षीय शिव दास साउदी जाने तरखरमा छन्। उनले चार दिनदेखि  श्रम कार्यालय धाइरहेका छन्। पहिला फारम भरे, अर्को दिन टोकन लिए। त्यसपछि कर्मचारीले ‘आज काम हुँदैन, भोलि आउनू’ भनेर फर्काउने गरेको उनले सुनाए। ‘नोटिस टाँसेर हामीलाई फर्काइदिन्छ’, उनले भने, ‘हामीलाई यहाँ निकै समस्या छ।’

राधापुरकै सतन दासका अनुसार काठमाडौंमा एक दिनमै  श्रम स्वीकृति बन्छ। ‘त्यहाँबाट श्रम कार्यालय मधेसमा आउँदा सहजै काम हुन्छ भन्ने सुनेको थिएँ’, उनले भने, ‘तर, यहाँ त चार दिनदेखि आउँछु–जान्छु कामै हुँदैन।’

जनकपुरका २६ वर्षीय बिक्कीकुमार दास मलेसिया फर्किनु छ। ‘सानोतिनो कुरामा पनि झमेला छ’, उनले भने, ‘कुनै मिस्टेक छ भने सच्याएर ल्याऊ भन्छन्। सच्याएर ल्याउँदा ढिलो भयो भन्छन्।’ यसले गर्दा कतिपयको हवाई टिकट गुमेको उनको भनाइ छ। ‘टोकन दिन्छन् तर कर्मचारीले वास्तै गर्दैनन्’, उनले भने।

बिहान १० बजेसम्ममा भीड थेगिनसक्नु थियो। कोही भोलि बिहानै उड्नु छ, कोही दुई दिनपछि। तर, श्रम स्वीकृतिका लागि चार दिनपछि आउन कार्यालयले टोकन दिएको छ। समयमा कर्मचारी नआएको देख्दा उनीहरू आक्रोशित देखिन्थे।

घाम एकाबिहानै चर्को लागेको थियो। आधा रातदेखि लामबद्ध सेवाग्राही आकुलव्याकुल देखिन्थे। न खानको ठेगान न त पानीको प्रबन्ध। भर्खरै सारिएको कार्यालय अस्तव्यस्त देखियो।        श्रम कार्यालय एक साताअघि क्याम्पस चोकबाट दुई किलोमिटरपूर्व कपिलेश्वरचौरीस्थित गणेश पार्टी प्यालेसको भवनमा सारिएको छ। आइतबार मूल गेट बन्द थियो। कार्यालयभित्रका चापाकल, शौचालयसम्म पुग्ने बाटो थिएन। सेवाग्राहीहरू शौचका लागि कार्यालयनजिकै खुला ठाउँमा गइरहेका थिए।



१०ः२८ मा गेट खुल्यो। कार्यालय सहयोगीले ताला खोले। सेवाग्राही भित्र जान तँछाडमछाड गरे। तर, प्रहरीले रोक्यो। १० बजे कर्मचारी आउनुपर्नेमा १०ः३५ मा कार्यालयका कुर्सी रित्तै थिए। कार्यालय सहयोगीले कर्मचारीलाई फोन गरिरहेका थिए। त्यही बेला दुई कर्मचारी मोटरसाइकलबाट कार्यालय प्रवेश गरे। सेवाग्राहीले आक्रोशित हुँदै भने, ‘यस्तो भीड हुने कार्यालयमा त कर्मचारी ६ बजे बिहान आउनुपर्ने हो। तर, यिनीहरूलाई साढे १० बजे पनि समय भएको छैन।’

१०ः५८ मा निमित्त कार्यालय प्रमुख यादवले गेटमा रहेका सहयोगीलाई फोन गरे। उनले सोधे, ‘कुन बाटोबाट आऊँ म ? ’ सहयोगीले जवाफ फर्काए, ‘सर, मूल गेटबाटै आउनु न। म यहीं छु, प्रहरी पनि छ।’

निमित्त प्रमुख यादव ११ बजे आए। प्रहरीले उनलाई भीडबाट बल्लतल्ल भित्र पठायो। अन्नपूर्णकर्मीले फोटो खिच्न खोज्दा उनी झोक्किए। उनले संवाददाताको हात समात्न खोजे। उनले प्रश्न गरे, ‘केको फोेटो खिचेको ?       ’ उनले परिचयपत्र हेरेपछि भने, ‘ए ! पत्रकार हो।’ त्यसपछि उनी कार्यकक्षतिर लागे।

कर्मचारीले ११ः०५ मा सेवाग्राहीलाई बोलाए। धनुषाको महेन्द्रनगर सखुवाका मोहम्मद आबिद राइन खुसी हुँदै भित्र पसे। उनलाई बिहीबार टोकन दिइएको थियो। उनीपछि सिरहाका सन्तोषकुमार यादवको पालो आयो। एकपछि अर्को नाम बोलाउँदै कर्मचारीले २० जनालाई कार्यालय प्रवेश गराए। भित्र पासपोर्ट र फारम बोक्नेको अर्को लाम लाग्यो।

२० मिनेटसम्म एक जनाको पनि काम बनेन। गेटबाहिर टन्टलापुर घाममा लाइन लागेका सेवाग्राही कर्मचारीको ढिलासुस्ती देखेर आक्रोशित भए। एक जना बिचौलिया धक्कामुक्की गर्दै भित्र प्रवेश गर्न खोज्दा प्रहरीले समातेर बाहिर पठायो। तर, लगत्तै चार–पाँच जना बिचौलिया गेटमा आए। उनीहरू जबर्जस्ती भित्र छिरे। सेवाग्राही पनि ठेलमठेल गर्दै भित्र आए। दुई जना प्रहरी भने साइड लागे।

सेवाग्राहीलाई झापड

बाहिर उभिएका सेवाग्राही तँछाडमछाड गर्दै कार्यालय परिसर पुगे। कसैलाई ग्रिल गेटमा चोट लाग्यो त कोही इँट्टामा ठेस लागेर लडे। गेटमा खटिएका कर्मचारी सेवाग्राहीको भीड कार्यालय प्रवेश गरेपछि पासपोर्ट राखिएका कार्टुन छाडेर प्रहरी सुरक्षामा पुगे। कार्यालयमा कोलाहल मच्चियो।



कर्मचारीले काम रोके। ११ः४८ मा जनकपुरधामस्थित हनुमानगढीबाट सइको कमान्डमा प्रहरी टोली आइपुग्यो। प्रहरीले सेवाग्राहीको पाखुरा, घाँटी, कठालो समातेर लाम लगाउन प्रयास गरे तर सकेनन्। त्यसपछि प्रहरीले सेवाग्राहीमाथि मुक्का प्रहार गर्न थाले। सेवाग्राहीको भागाभाग भयो। उनीहरूले तातो घाममा पसिना मात्र बगाएनन्, प्रहरीको कुटाइबाट रगत पनि बगाउनुपर्‍यो। सेवाग्राही सतेन्द्र यादवको कानबाट रगत बग्यो। उनी ६ दिनदेखि श्रम कार्यालय धाइरहेका छन्। उनी तीन दिनपछि साउदी उड्नु छ।

सास्तीमा कर्मचारीको हाँसो

सेवाग्राही हैरान भइरहेका बेला कर्मचारी भने हाँस्दै बसिरहेका थिए। प्रहरी सुरक्षामा बसेका उनीहरू काम गर्नुको साटो जिस्क्याउँदै भीडको भिडियो खिच्न व्यस्त देखिन्थे। रोकिएको काम मध्याह्न १२ः५६ मा सुरु भयो। तीन कर्मचारी खाना खान गए। अन्यले सुस्त गतिमा काम थाले। ‘ श्रम कार्यालयको सास्तीभन्दा विदेशमा आठ घण्टा काम गरेकै राम्रो लाग्छ’, धनुषा वटेश्वरका जितेन्द्रकुमार महतोले भने, ‘सेवाग्राहीलाई बसेर सेवा लिने कुनै व्यवस्था छैन।’

भद्रगोल कार्यालय

क्याम्पस चोकबाट श्रम कार्यालय साढे तीन महिनापछि सारिएको छ। तर, एक सातासम्म पनि सेवा अस्तव्यस्त छ। तीनतले भवनको १ नम्बर कोठामा भित्रबाट चुकुल लगाइएको थियो। अपराह्न २ बजेर ६ मिनेटमा ढोकासामु सेवाग्राहीको लाम थियो। ढक्ढकाएको एक मिनेटपछि ढोका खुल्यो। कोठाभित्र ओछ्यान थियो। कुर्सीमै झुलको तुना बाँधिएको थियो। दराज र केही सामान थिए। कार्यालय प्रमुखको नेमप्लेट र देवालघडी भुइँमा फालिएको थियो।

प्रत्येक दिन ५ सयभन्दा बढी सेवाग्राही आउँछन्। तर, कार्यालयमा न बस्नका लागि कुर्सीको व्यवस्था छ न त घामपानी छल्ने कुनै ओत। सेवाग्राही चर्को घाममा पसिना चुहाउँदै लाम लाग्नुको विकल्प छैन। कतिपय त बेहोस पनि हुन्छन्।

श्रम स्वीकृति पाउँदा संसार जितेजस्तो

कार्यालयमा हेल्प डेस्कसमेत छैन। सेवाग्राही सूचना र जानकारी अभावमा अलमलमा पर्छन्। ‘कहाँ के काम गरिन्छ ? कति समयमा हुन्छ ?  कहींकतै लेखिएको छैन’, सिरहाका सरोजकुमार पासमानले भने, ‘कर्मचारीले केही भन्दैनन्।’

अपराह्न २ः१५ मा कार्यालय सहयोगी        श्रम स्वीकृतिप्राप्त पासपोर्ट लिएर बाहिर आए। महोत्तरी गैंडाभेडपुरका सुकेश्वरकुमार यादवको नाम बोलाइयो। चार दिनपछि काम बन्दा उनी उफ्रिए। ‘निकै सास्ती पाएर यो श्रम स्वीकृति पाएको छु’, उनले भने। यसका लागि ५ हजारभन्दा बढी खर्च भएको उनले सुनाए।

काम नहुने देखेर शिवकुमार साह भात खान क्यान्टिनमा गए। तर, चिसो भात दिएपछि उनी रिसाए। ‘एक त काम हुँदैन अर्कोमा खाना पनि त्यस्तै खत्तम छ’, उनले भने, ‘हाम्रो रगत चुस्न बसेका छौ तिमीहरू।’ उनले एक गाँस के खाएका थिए उनको नाम बोलाइयो। उनी फुरुंग भए। हात नधोई उनी       श्रम स्वीकृतिसहितको पासपोर्ट लिन दौडिए। फर्किएर खुसी हुँदै खाना खाएर घरतिर लागे।

अनलाइन फारमको झमेला

सरकारले श्रम स्वीकृति लिन अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ। तर, यसबारे ज्ञान नभएका सेवाग्राही यहींबाट ठगिन थाल्छन्। आइतबार ९ः४५ मा क्याम्पस चोकमा बिचौलियाहरू सडकमा भेटिए।        श्रम कार्यालय सरेको जानकारी नभएका सेवाग्राही झुक्किएर पुरानो भवनतर्फ जाँदा उनीहरूले छेक्थे। अनलाइन फारम भर्ने र बिमा कार्यालयबाट खटिएका बिचौलिया सेवाग्राहीलाई सबै काम बिनाझन्झट गराइदिने प्रलोभन दिँदै थिए। उनीहरूले फारम भर्न एक जनासँग २ हजारदेखि अढाई हजारसम्म रकम लिने गरेका छन्।

जन्ममिति, स्थानलगायत आवश्यक तथ्यांक सही तरिकाले नभर्दा काम प्रभावित हुने गर्छ। चार इन्स्योरेन्स कम्पनीसँग विभागले सम्झौता गरेको जनकपुर कार्यालयका निमित्त प्रमुख यादवले बताए। तर, सूर्या इन्स्योरेन्स र नेसनल इन्स्योरेन्स कम्पनीले मात्रै सेवा उपलब्ध गराएका छन्। ‘अन्य दुईवटा कम्पनी आएकै छैनन्’, उनले भने, ‘इन्स्योरेन्समा पनि सिन्डिकेट लगाउन खोजिएको छ।’

बिचौलियामार्फत जानेलाई बैंकमा राजस्व बुझाउन, इन्स्योरेन्सको काम सक्न दौडधुप गर्नुपर्दैन। बिचौलियाले भने रकम लिएर सबै काम गरिदिन्छन्। तर, आफैं काम गराउन कठिन छ। कार्यालय परिसरमा बैंक नहुँदा बाहिर गएर राजस्व तिर्नुपर्ने हुन्छ। इन्स्योरेन्स कम्पनीमा बिचौलियाको काम छिटो भए पनि अन्य सेवाग्राहीलाई सास्ती दिने गरिन्छ।

लाइन बस्दा बेहोस

अपराह्न ४ः३६ बजे कोचाकोच लाम लागेका तीन जना बेहोस भएर ढले। उनीहरूका साथीले पानी छर्किए। धनुषा वरमझियाका सूर्यकुमार यादव अचेत भए। बिहान ९ देखि साँझ ५ बजेसम्म लाइन लाग्दा पनि काम बनेन। उनले कर्मचारीलाई पटक–पटक फाइल लिन अनुरोध गरेका थिए। ‘साँझको ५ बज्यो काम भएन रित्तै फर्किनुपरेको छ’, उनले भने, ‘कर्मचारीले सुनवाइ गर्दैन।’ आठ दिनमा पनि उनको दौडधुप सकिएन।

धनुषा बोहर्बाका सहबुल कबाडी पनि भीडभाडमा अचेत भए। २१ वर्षदेखि विदेशमा काम गर्दै आएका उनले धेरै पटक श्रम स्वीकृति काठमाडौंबाट लिए। तर, यस्तो सास्ती पहिलो पटक भोग्नुपरेको उनले सुनाए। ‘लाइनमा थिएँ, चेपिएर बेहोस भएँ’, उनले भने। साँझ उनी रित्तै घर फर्किए।

बिचौलियाको धम्की

साँझ ५ः४९ बजेसम्म पनि भीड कम भएको थिएन। कार्यालय प्रमुख र सहयोगीबाहेक कर्मचारी एक÷एक गरी प्रहरी सुरक्षामा बाहिरिसकेका थिए। साँझ परेपछि सेवाग्राहीले काम नभए पनि पासपोर्ट जम्मा गरिदिन कार्यालय प्रमुखलाई बिन्ती बिसाए। दिनभर कार्यालयले गरेको कार्यसम्पादनको सूचना लिन अन्नपूर्ण टोली पनि भित्र पस्यो। एक बिचौलिया बाहिर कार्यालय प्रमुखविरुद्ध खनिँदै थिए। उनले अन्नपूर्णकर्मीलाई पनि चोरऔंला उठ्याए। ‘ओए ! पत्रकार बाहिर निस्की, तँ केको पत्रकार हँ ?       ’, उनले भने, ‘जनताको काम गराउन सक्दैनस्।



भित्र घुस खान गएको।’ सेवाग्राहीले उनलाई धकेल्दै बाहिर निकाले। प्रहरी भने मूकदर्शक भए। बिचौलियाको हुलहुज्जतले गर्दा कर्मचारीले अन्नपूर्ण टोलीलाई सूचना दिन पनि भ्याएनन्।

‘हाकिम साहेब हाम्रो पासपोर्ट लिइदिनू’, सेवाग्राहीले भने, ‘बरु हामी फेरि भोलि आउँछौं।’ तर, अर्का कर्मचारीले पासपोर्ट नलिन कार्यालय प्रमुखलाई सुझाए। ‘साँझ परिसक्यो जति काम गरे पनि अपजस मात्रै छ’, उनले भने, ‘आज पासपोर्ट राखेर भोलि काम गर्दा उल्टै कर्मचारीले घुस खाएको आरोप लगाउँछन्।’ कार्यालय प्रमुखले फारम र पासपोर्ट बुझेनन्।

निमित्त प्रमुखलाई प्रहरी सुरक्षा

साँझ ६ः२९ मा कार्यालय सहयोगीले प्रहरीको सहयोगमा कार्यालयका निमित्त प्रमुखलाई कार्यकक्षबाट निकाले। उनी कार्यकक्षबाट बाहिरिनेबित्तिकै कार्यालय परिसरमा सेवाग्राहीबाट घेरिए। भीड छिचोल्दै प्रहरीले उनलाई ६ः४० मा कार्यालयबाहिर बा.२ख ७६३२ नम्बरको सरकारी मोटरसाइकलमा बसायो। त्यसपछि प्रहरी सुरक्षामै उनी घर गए।

दिनभर तनावग्रस्त

बिहान ९ः२५ देखि साँझ ६ः४० सम्म अड्डामा अन्नपूर्ण टोलीले कार्यालयका काम अवलोकन गर्दा सेवाभन्दा सास्ती देखियो। बिचौलियाको चलखेलका कारण सेवाग्राहीले प्रहरीको कुटाइसम्म खाए। अन्नपूर्ण टोलीमाथि कार्यालय प्रमुखदेखि बिचौलियासम्मले दुव्र्यवहार गरे। कर्मचारी सेवाग्राहीबाट बेइज्जत भए। दिनभर कार्यालय तनावग्रस्त रह्यो। सरकारी सेवा सहज रूपमा पाउनुको साटो निराशा र यातना भोगेर सेवाग्राही घर फर्किए।

कर्मचारी न्यून

निमित्त प्रमुख यादवले कर्मचारी अभावका कारण सेवाप्रवाहमा कठिनाइ भएको बताए। ‘कार्यालय सरेर नयाँ ठाउँमा आएको छ। हामीले व्यवस्थित गर्न खोजिरहेका छौं’, उनले भने, ‘तैपनि आफ्नो पहिला होस् भनेर सेवाग्राहीले भीड गर्छन्। उनीहरूले पनि बुझ्नुपर्‍यो कि हामी लाइनमा लाग्नुपर्छ। लाइनमा आउँछन् भने सिस्टममा काम हुन्छ।’



काठमाडौंमा १७ वटा काउन्टरबाट सेवा दिने भएकाले एकै दिनमा काम हुने गरेकोे उनले सुनाए। जनकपुरबाट एक दिनमा डेढ सय जनाको काम गर्न सक्ने क्षमता छ। तर, चाप तीन गुणा बढी छ। सास्ती खेपेर थोरैले सेवा लिन्छन् भने निन्याउरो मुख लगाएर धेरै रित्तै हात घर फर्किन्छन्। कार्यालयमा नौ कर्मचारी छन्। ‘कर्मचारी अभाव छ। एउटा काउन्टरबाट काम गर्नुपर्छ’, उनले भने, ‘दुईवटा थप काउन्टर हामीलाई चाहिन्छ।’ कर्मचारी अभावबारे केन्द्रमा पत्रचार गरे पनि जवाफ नआएको उनले सुनाए।

बिवाह गरेपछी झन बोल्ड बन्दै बर्षा राउत

केहीसमय अगाडी विवाह बन्धनमा बाँधिएकी नायिका वर्षा राउतका विवाहपछिका केही तस्विरहरु आज सार्वजनिक भएका छन् । सार्वजनिक भएका तस्विरहरुमा वर्षा निकै कुल देखिएकि छिन् । धेरै फ्यानहरुले बिवाह गरेपछि वर्षा राउत झन् बोल्ड देखिएको बताएका छन् । अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाले भ्यालेन्टाइन डे अर्थात १४ फेब्रुअरीमा विवाह गरेका थिए ।


नेपालीले बनाए काठकै साइकल, विश्वलाईनै पारे चकित (भिडियो)

काठबाट साइकल बनाएर मणि हर्क राईले ठुला ठुला इन्जिनियरलाई मात दिएका छन्। उनले आफै तयार पारेको काठको साइकल चलाएर बाटोमा हिड्दा सबै हेरेको हेरै पर्छन। उनी काठका मिस्त्री हुन्।आजभन्दा ३३ बर्ष अघि उनीसँग भएको फलामको साइकल हरायो। नयाँ साइकल किन्ने उनीसँग पैसा थिएन।

त्यसपछि उनले आफुले जानेको सीपलाई प्रयोग गरि काठको साइकल बनाए। जसले बाजार आउँन जान निकै सहज बन्यो। उनलाई साइकल बनाउन धेरैले माग गरे तर राईले बनाएनन्।

पछि उनी रोजगारका लागि विदेश गए। त्यहाँबाट धेरै सिप सिकेर स्वदेश फर्किए। उनलाई अझै धेरै नयाँ वस्तुहरु बनाउने इच्छा छ।६ कक्षामात्र पास गरेका उनको दिमागले हेलिकप्टर जस्ता उड्ने चिज बानाउने कल्पना गर्छ।

उनी भन्छन, ‘अबसर र ज्ञान पाए म अझै धेरै आविष्कार गर्थे, मेरो कला देखेर सबैले जापानमा जन्मिनुपर्ने मान्छे भन्छन।’ उनले साइकल देखि आगो फुक्ने औजार, धान झार्ने मेसिन आदि बनाएका छन्। उनको भविष्यमा एउटा संग्रालय नै खोल्ने सपना छ।(ताजाखबर बाट साभार) हेर्नुहोस भिडियो :

दुबई छाडेर आएका युवाले घरको छतमै सुरु गरे विचित्रको कुखुरापालन, यस्तो छ अपत्यारिलो कमाई (भिडियो सहित)

पछिल्लो समय स्वदेशमै विभिन्न नयाँ नयाँ व्यवसाय गरेर बस्ने युवाहरुको लर्को लामै छ । कृषि प्रधान देश भएकै कारण यहाँ सम्भावनाका अनेकौं स्रोतहरु पर्याप्त छन् मात्र चाहियो जोश, जाँगर अनि कडा मेहनत । हुन त धेरै युवाहरु विदेशमा हुँदा सिकेका सिपहरु नेपालमै प्रयोग गरेर नयाँ नयाँ प्रविधिका व्यापारहरु पनि गरिरहेका छन् नेपालमै । कोही भने विदेशबाट फर्केपछि थोरै लागानीबाट व्यवसाय सुरु गर्छन् । काठमाण्डौंका सविन श्रेष्ठपनि दुबईमा राम्रो आम्दनी हुँदा हुँदै पनि स्वदेश फर्किए अनि सुरु गरे फरक जातका कुखुरापालन । विभिन्न मुलुकबाट ल्याएका विभिन्न जातका कुखुराहरु उत्पादन गरिरहेका छन् उनी यत्तिखेर आफ्नै घरको छतमा । यी कुखुराहरु निकै महंगो पनि छन् । आखिर यो व्यवसायमा सम्भावना कस्तो छ त ? प्रस्तुत छ उनै व्यवसायीसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्….
Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger