मोडल, नायिका तथा प्रस्तोता रीमा बिश्वकर्माको पति संग डिभोर्स भएको केही समय मात्र भएको छ । डिभोर्स पछि केही दिन सम्पर्क बिहिन बनेकी उनी अतितलाई भुलाउन आफ्नै कामहरुलाई निरन्तरता दिन थालेकी छिन् । आफ्नो नजिकको नायिका तथा निर्मात्री केकि अधिकारिले निर्माण गरिरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को एक गीतको सुटिङ सेटमा रीमालाई पनि भेटियो ।बिशाल भण्डारीले निर्देशन गरिरहेको सो फिल्ममा उनी अतिथी कलाकारको रुपमा प्रस्तुत हुदैछिन । गत मंगलबार राती उनी उत्तर बाहिनी मन्दिरमा पीडा भुलाउदै हासेर नृत्य गरिरहेकी थिइन् । बाके जिल्ला स्थित कोहलपुरमा छायांकन भैरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ आउदो बैशाखको १४ गते सार्बजनिक प्रदर्शनमा आउदै छ ।कोहलपुर एक्सप्रेसमा केकी अधिकारी संगै भद्र बहादूर, देवी लाल न्यौपाने, र शिव प्रसाद चौंलागाईको संयुक्त लगानी रहेको छ । जुनकिरी आर्टसको प्रस्तुति रहने फिल्ममा केकी अधिकारी लगायत प्रियंका कार्की, रिचा शर्मा, विनोद न्यौपाने, बुद्घि तामाङ, रबिन्द्र झा, सुजन कार्की लगायत कलाकारको अभिनय रहेको छ ।
– तस्बिर : रमाईलो छ ।

Post a Comment