बढिरहेको लोकप्रियता हेर्दै संजीवले आफ्नो नयाँ ट्वीटर ह्याण्डल पनि बनाएका छन् । ट्वीटरमा पनि उनको लोकप्रियता यतिसम्म छ कि ह्याण्डल बनेको २४ घण्टामै उनका १० हजारभन्दा धेरै फलोअर बनेका छन् । उनले लोकप्रियतालाई हेर्दै इन्स्टाग्राममा पनि एकाउण्ट खोलेका छन् ।
प्रोफेसर श्रीवास्तवले आइतबार आफ्नो एक डान्स भिडियो पोस्ट गरेका छन् । यो भिडियोमा उनी पार्टनर फिल्मको गीत ‘सोणी दे नखरे…’मा डास्न गर्दै गरेका देखिएका छन् । डान्सिङ अंकलको डान्स यतिसम्म हिट भइसकेको छ कि अब सोसल मिडियामा प्रयोगकर्ताले संजीवमुभ्स ह्याशट्यागबाट उनको भिडियो शेयर गरिरहेका छन् ।
आफ्नो पछिल्लो भिडियो शेयर गर्दै संजीवले लेखेका छन् ‘गोविन्दा र सलमानलाई म उनकै यो गीतमा संजीवमुभ्स गर्न च्यालेन्ज गर्छु ।’ भिडियो हेरेपछि केहीले उनलाई बिगबोस १२ को दावेदार मानेका छन् भने केहीले उनको डान्स सलमानको भन्दा पनि राम्रो भएको बताएका छन् ।
Post a Comment