Latest Updates :
LATEST UPDATES
Showing posts with label sport. Show all posts
Showing posts with label sport. Show all posts

सबैभन्दा ‘मूल्यवान’ फुटबलर नेयमार, टप १० मा पनि परेनन् रोनाल्डो, यी हुन् टप १०



एजेन्सी। ब्राजिलका नेयमार जुनियर संसारका सबैभन्दा महंगा फुटबल खेलाडी हुनुको साथसाथै सबैभन्दा मूल्यवान खेलाडी पनि भएका छन् । फुटबल सम्बन्धी विश्लेषण गर्ने संस्था इन्टरनेशनल सेन्टर फर स्पोर्टस स्टडिजले संसारका सबैभन्दा ‘मूल्यवान (भ्यालुएबल) फुटबल खेलाडी’को सूची जारी गरेको छ । यसमा पहिलो स्थानमा रहेका नेयमारको ट्रान्सफर भ्यालू २१३ मिलियन युरो छ । २५ वर्षीय नेयमार अहिले फ्रन्सको क्लव पिएसजीमा आबद्ध छन् ।

यो संस्थाले सबैभन्दा मूल्यवान फुटबलरको सूची हरेक वर्ष जनवरीमा जारी गर्छ । यो सूची पाँच पुरोपियन लिगमा खेलाडीको प्रदर्शन, खेलाडीको उमेर, उनीहरुले कुनै क्लवसँग गरेको सम्झौताको अवधि र उनीहरु अर्को क्लवमा जाँदा पाउन सक्ने मूल्यलाई आधार मानेर बनाइन्छ । सूचीमा दोस्रो स्थानमा रहेका बार्सिलोनाका ३० वर्षे स्ट्राइकर लियोनेल मेस्सीको ट्रान्सफर भ्यालु २०२.२ मिलियन युरो छ । तेस्रो स्थानमा रहेका टोटनह्यामका २४ वर्षे ह्यारी केनको ट्रान्सफर भ्यालु १९४.७ मिलियन युरो छ ।

चौथो स्थानमा पिएसजीका १९ वर्षे काइलियन म्बापे छन् । उनको मूल्य १९२.५ मिलियन युरो छ । पाँचौं स्थानका १७४.६ मिलियन युरो मूल्यसहित जुभेन्टसका २४ वर्षे पाउलो ड्याबला, छैटौं स्थानमा १७१.३ मिलियन यूरो मूल्यसहित टोटनह्यामका २१ वर्षे डेले अली, सातौं स्थानमा १६७.८ मिलियन युरो मूल्यसहित म्यान्चेष्टर सिटिका २६ वर्षे केभिन डेब्रुयन, आठौं स्थानमा १६४.८ मिलियन युरो मूल्यसहित म्यान्चेष्टर युनाइटेडका २४ वर्षे रोमेलु लुकाकु, नवौं स्थानमा १५०.२ मिलियन यूरो मूल्यसहित एथ्लेटिको मड्रिडका २६ वर्षे एण्टोनी ग्रिजम्यान र दशौं स्थानमा १४७.५ मिलियन युरो मूल्यसहित म्यान्चेष्टर युनाइटेडका २४ वर्षे पाउल पोग्बा छन् । रियल मड्रिडका स्ट्राइकर क्रिस्चियानो रोनाल्डो सूचीको ४९ औं स्थानमा छन् । ३२ वर्षे रोनाल्डोको ट्रान्सफर भ्यालु मात्रै ८०.४ मिलियन युरो छ । उनी २०२१ सम्म रियलसँग सम्झौतामा रहेको र उनको सक्रिय उमेर सकिन लागेका कारण उनको ट्रान्सफर भ्यालु कम भएको हो ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger