पछिल्लो समय सामाजिक संजालमा एक नवविवाहित जोडी चर्चामा छाइरहेको छ । मेरी बास्सैबाट बल्छी धुर्वेको रुपमा चर्चामा आएका मरिचमान सिंह र उनकी श्रीमती करुणाले सामजिकसंजाल प्रयोगकर्ताहरूको ध्यान तानिरहेका छन्।
बल्छी र करुणाले ६ वर्षको प्रेमसम्बन्ध पछि विवाह गरेका हुन्। बल्छी र करुणाले एक अर्कालाई राम्रोसँग बुझ्ने बताउँछन् । उनीहरूलाई एक९अर्काको रुचि पनि राम्रोसँग थाहा छ।
हालै एक अनलाइन मिडिया उनको घर पुगेका छन्। काठमाडौँमा रहेको घर पुग्दा बल्छी धुर्वे र उनका पत्नी बल्छीका दाइ भाउजूसँग भेटिए। बल्छी धुर्वेको परिवार उनको घरमा पनि र काठमाडौंमा पनि सगोलमा बस्छन् ।
बल्छीका जेठा दाइले काठमाडौँमा उनीहरूको सबै व्यवहार चलाउने काम गर्छन् । त्यसैले विवाह पछि पनि बल्छी र उनकी श्रीमतीले समेत आफूले कमाएको पैसा दाइलाई नै दिने गरेको यस भिडियोमा बताए। साथै बल्छीका दाइ भाउजू पनि उत्तिकै मिजासिला र राम्रा छन् र यी सब मिलेर बस्ने गर्छन्। यप कुराकानीका लागि भिडियो हेर्नुहोस्।
Post a Comment