Latest Updates :

यस्तो बन्यो अक्षयको ‘प्याडम्यान’ ट्रेलर

SHARE THIS POST :

अरुणाचलम मुरुगनाथमको जिन्दगीमाथी आधारित भएर निर्माण भएको फिल्म ‘प्याडम्यान’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरको सुरुवातमा अमिताभ बच्चनले आवाज दिएका छन्, जसमा उनले अमेरिकासँग 'सुपरम्यान', 'ब्याटम्यान' र 'स्पाइडरम्यान' भएको र भारतसँग ‘प्याडम्यान’ रहेको बताएका छन् ।

फिल्ममा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । राधिका, अक्षयकी श्रीमती बनेकी छिन् । फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन्, जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् ।

ट्रेलर हेर्नुहोस् :-



ट्रेलरमा अक्षयलाई यूनाइटेड नेशनमा मोटिभेशनल स्पीच दिँदै गरेको पनि देख्न सकिन्छ । ‘प्याडम्यान’ यूनाइटेड नेशनमा सुट गरिने दोस्रो फिल्म हो । यो फिल्मका निर्देशन आर बाल्की हुन् ।

फिल्मलाई अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेकी हुन् । २६ जनवरी, २०१८ मा ‘प्याडम्यान’ प्रदर्शन हुँदैछ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger