Latest Updates :

‘डेजा भु’ तोडफोड पछि साम्राज्ञि ब्वाईफ्रेन्ड मयंक पनि पक्राउ

SHARE THIS POST :
दिनभरको थकान त एकातिर छ तर युवापुस्तामा देखिएको आधुनिकीपनाले कतिपयले देशको सस्कार सस्कृतीमा असर परेको पनि भनाई छ । अर्को तिर आधुनिकीकरणको आवस्यकता पनि छ । यस्तैमा देशका मुख्य शहरहरुमा डिजे क्लब तथा डान्स बारहरु निकै खुलेका छन् । म्युजिक र मदिरामा मस्त युवाहरूले झै झगडा पनि गर्ने गर्छन् । भर्खरै यस्तै भएको छ । देशको राजधानी काठमाडौमा खुलेको ‘डेजा भु’ नामक डिजे क्लबमा केही दिन अगाडी तोडफोड भयो ।अमेरिकी चर्चित डिजे ‘मार्समेल्लो’लाई उक्त क्लबले ल्याउने भन्दै २५ सय र ३५ सय दरका ६ हजार भन्दा धेरै थान टिकट बिक्री गरेको थियो । अन्तमा क्लबमा तय गरिएको कार्यक्रममा सो डिजे बिरामी भएको कारण देखाउदै नआउने बताएपछि एकाएक आक्रोशित युवाहरुले तोडफोड गर्न थालेका हुन् । उक्त घटना घटेपछि प्रहरीले क्लबका संचालकहरुलाई पक्रेका छन् । पक्राउ पर्ने संचालक मध्ये एक मयंक खड्का नायिका साम्राज्ञि राज्य लक्ष्मी शाहको प्रेमी हुन् । उनी सो क्लबका लगानिकर्ता हुन् । साम्राज्ञि र मयंकको प्रेमबारे केही समय अगाडि मिडियामा राम्रै चर्चा भएको थियो ।उनी संगै क्लबका अन्य संचालकहरु क्रिकेटर पृथु बाँस्कोटा, जयन श्रेष्ठ, विशाल डाँगी, मिलन श्रेष्ठ लगायत समातिएका छन् । सम्बन्धित संचालकहरुलाई महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले पक्राउ गरेको बताएका छन् । जम्मा १५ सयको क्षमता रहेको क्लबमा ६ हजारको टिकट काटिएको र राती १ बजेसम्म बस्दा पनि डिजे मार्समेलो नआएपछि तोडफोड सुरु गरेका थिए । मार्समेलोले आफू बिरामी भएको कारण आउन नसकेको भन्दै सामाजिक संजाल फेसबुक मार्फत माफी मागेका थिए । क्लबमा सो घटनाले करिब १ करोड मूल्य बराबरको क्षति भएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger