Latest Updates :
LATEST UPDATES
Showing posts with label Health News. Show all posts
Showing posts with label Health News. Show all posts

के तपाइ निदाएकाे बेलामा सासै फेर्न गाह्रो हुनेगरि न चल्न सकिन्छ न बोल्न सक्ने गरि थिच्छ? यस्तो छ कारण !


१. तपाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छ? तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ?

२. के तपाईंलाइ यस्तो महसुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाइ सासै फेर्न गाह्रो हुनेगरी कसैले दबाइरहेको छ ?

३. के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले सबै कुरा देख्न सुन्न सक्नुहुन्छ तर तपाईं आफ्नो हात खुट्टा चलाउन सक्नुहुन्न किनकी तपाईंलाई कसैले दबाइरहेको छ ?

४. आजसम्म तपाईं कहिल्लै पनि त्यो ठाउँमा जानुभएको पनि छैन र त्यो काम गर्नु भएको पनि छैन तर तपाईंलाई त्यो ठाउँ पहिल्यै देखे जस्तो लाग्छ त्यो काम पनि पहिल्यै गरे जस्तो लाग्छ वास्तबमा त्यो तपाईंले पहिलो पटक गर्दै हुनुहुन्छ ?

नेपालिमा यस्तो हुनुलाई एठन भनिन्छ के हो एठन ?
Sleeping paralysis नेपालीमा एठन भनेको के हो त ? त्यसको बारेमा यहाँ केही बैज्ञानिक कारणहरु यस्ता छन ।

एठन भनेको अस्थाई रुपमा निधाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो । यति बेला तपाईले वरपराका कुरा देख्नु हुन्छ महसुस गर्नु हुन्छ तर तपाईं चल्न र बोल्न सक्नु हुदैन । डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ । जसलाई हामी बैज्ञानिक भाषामा hallucination भन्ने गर्छौ । यो जति सुकै भयानक भएता पनि यसले कुनै हानी भने गर्दैन ।

एठन प्रय २ देखि ७ मिनेटको समय सम्म हुने गर्छ तरकसैकसैलाई यो रातभरी पनि हुन सक्छ । कसैलाई जिवनकालमा एक या दुई चोटीमत्र हुन्छ र कसैलाई केही समयको अन्तरालमा भैरहन्छ ।

प्राय निधाउन लाग्दा र निन्द्रा खुल्ने समयमा एठन भएको पाईन्छ । तपाईं यदि धेरै रात सुत्नु भएन दिनमा मत्रै सुत्नु भयो अनि अचानक निकै समय १/२ हप्ता पछि रातमा सुत्नु भयो भने पनि यसको सम्भावना बढेर आउँछ ।

यसको कारण:
रातमा तपाईको शरीरले तपाईलाई निन्द्रामा हिड्न बाट रोक्नको लागि एउटा chemical बनाउछ र तपाईंको दिमाग तपाईको शरीरको सहकार्यमा निधाउछ । तर यदि तपाईं केही मानसिक तनाब या दिमागमा निकै कुरा खेलाउदै निधाउनु हुन्छ भने तपाईको दिमागको एउटा सानो भाग बिउझन्छ र शरीर चलाउन खोज्छ तर शरीरले बनाएको त्यो chemical ले हामीलाई उठ्न दिदैन । त्यसैकारण एठन हुने गर्छ ।

एठन मान्छे मान्छेमा फरक हुन सक्छ । कसैले आवाज कल्पना गर्न सक्छन भने कसैले आफ्नो अगाडि या आफ्नो छातीमा कसैलाई महसुस गर्न सक्छन ।

एठन हुदा हामी भुत प्रत अगाडि पाउछौ र मन मनै भगवानको प्राथना गर्न थाल्छौ किनकि हामीलाई सानैबट सिकाईएको छ कि हामीलाई नोक्सान भुत प्रेतले गर्छ र हामीलाई भावानले बचाउछ । हाम्रो दिमागले पनि त्यही कल्पना गर्छ ।

एठनले तपाईलाई पनि भएको छ भने डराउनु पर्दैन यो कुनै भुत प्रेतको प्रभाब होईन न त मानसिक रोगनै हो । यो १०० मा ९८ जनालाई हुने नै गरेको पाईन्छ । तर यदि तपाईलाई हरेक रात झै एठन हुन्छ भने तपाईले एकपल्ट डाक्टर संग सम्पर्क गर्दा राम्रो हुन्छ । डाक्टरले तपाईलाई कसरी निधाउन सकिन्छ भनेर पुर्ण सहयोग गर्न सक्नु हुन्छ ।

शरीरमा(रगत) मा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मान्सपेसी को नियन्त्रण गुम्दा अबचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ । अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ ।

शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो-अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खराव तत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास कमजोरी मान्छेमा जन्मजातै छ ।

यसलाई रोक्नको लागि:
१. मानसिक तनाब लिएर बिस्तरमा नजानु होला । यदि केहि मानसिक तनाब छ भने नुहाएर सुत्नु राम्रो हुन्छ ।
२. सुत्नु अघि मोबि, दूध या प्रयाप्त पानी पिएर निधाउनुले एठन रोक्न सक्छ ।
३. सबै भन्दा राम्रो केही पढ्दै निधाउनु हुन्छ प्राय मान्छेहरु पढ्दा निदाउछन र दिमाग पनि अन्तै केन्द्रीत हुन्छ ।

राती तपाईलाई भयो र तपाईं बिउझनु भयो उठेर लामो सास लिनुस, बत्ती बाल्नुस, पानी पिउनुस, झ्याल खोलेर चिसो हावा लिनुस आफुलाई सम्झाउनुस यो केवल दिमागको खेल हो र यो रातमा एक पल्ट मत्रै हुन्छ भनेर । अनि आफू तयार भए झै लागे पछि आराम साथ निधाउनुहोस ।

यो उपाय पनि प्रयोग गरि हेर्नुहोस:
बेलुका खानाखाएपछी, करिब २घन्टाको फरकमा ओछ्यान मै भएपनी सुतेर वा बसेरै, करिब १० मिनट जति लामो लामो स्वास तान्दै छोड्दै गर्नु र तेहि घुत्रुक्क सुत्नु । त्यस रात तपाईं लाइ केहि हुदैन । प्रयोग गरेर हेर्नु। १०मिनट लामो लामो स्वास ।
नयाँबाटो को सहयोगमा

डाक्टरकै अगाडि अण्डा पारे १४ वर्षका किशोरले, २ दर्जन अण्डा पारिसकेको दावी (भिडियो)


A high school kid has asserted to have laid 20 eggs in the previous two years, totally perplexing specialists. Akmal, 14, cases to have been consistently laying eggs since 2016 with the breakfast top picks rising up out of his bum. He has been over and over hospitalized because of his charged illness, notwithstanding laying two of the eggs before the specialists.
<iframe width="620" height="349" src="https://www.youtube.com/embed/QoePcdRKsDc" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>

Doctors have been left scratching their heads by his unusual egg-laying propensities, and have said its "outlandish" for eggs to frame inside people. Eggs laid by Akmal have been aired out and uncovered to either be all burden or all white. Specialists suspected "the eggs were pushed [into Akmal's rectum yet conceded they have not discovered verification that was the situation. This is certainly an irregular case and has been peaceful stunning and in addition fascinating point.
We can likewise find in the video how the kid is laying an egg and the entire thing has been recorded on camera. The poor kid probably experienced a ton since the general population are additionally not trusting him when he discusses these things until therapeutic examination.

रबि आफै मन थाम्न सकेनन जब हत्या भनीएकी अष्टमी गुरुङको घर पुगे, यस्तो रुवाबाशी देखियो सारा गाउँमा भिडिओ सहित

रबि आफै मन थाम्न सकेनन जब हत्या भनीएकी अष्टमी गुरुङको घर पुगे, यस्तो रुवाबाशी देखियो सारा गाउँमा भिडिओ सहित

नेपालमा आई–पिल चक्कीको भर पर्ने क्याम्पसका युवती र ‘लिभिङ टुगेदर’ जोडी


‘लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घन्टे चक्की (आई–पिल) मा निर्भर रहने गरेको पाइएको छ ।

उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस्, अनिच्छुक गर्भ पनि नबसोस् ।’

असुरक्षित यौन सम्पर्क भएको ७२ घन्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ ।

विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउँछन् ।

‘पछिल्लो सयम ७२ घन्टे चक्की (आई–पिल) व्यापक दुरुपयोग भएको पाइएको छ,’ हाम्रो सहयात्री अस्पताल तथा बर्थिङ सेन्टर जडीबुटीकी मेडिकल निर्देशक एवं बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा मेनु आचार्य भन्छिन्,‘ यो चक्की प्रयोग गर्नेमा स्कुल कलेजका छात्रा बढी पाइएको छ ।’

सामाजिक संजाल फेसबुक र युट्यूबमा सजिलै हेर्न पाइने अश्लिल चलचित्र (पोर्नोग्राफी) का कारण पनि विपरित लिंगबीच असुरक्षित यौन सम्बन्ध राख्ने क्रममा बृद्धि भइरहेको छ । (राजधानी दैनिकबाट)

प्रकाश दाहालको मृत्यु हुने कारण मानिएको ‘कार्डियाक एरेस्ट’ के हो?

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अकस्मात् मृत्यु भएपछि यसको कारणका रुपमा धेरैले हृदयाघात बुझे। उनको मृत्युको औपचारिक घोषणा गर्दा नर्भिक अस्पतालका डाक्टरले ‘सडेन कार्डियाक एरेस्ट’ भनेका थिए। तर पनि धेरैले यसलाई हृदयाघातकै रुपमा अथ्र्याए।

सामान्यतया हृदयघात र ‘सडेन कार्डियाक एरेस्ट’लाई एउटै अर्थमा बुझिन्छ। तर, मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल यी दुवैको अर्थ एउटै नभएको बताउँछन्।

उनी भन्छन्, ‘हृदयाघात भनेको मुटुमा आउने समस्या हो भने कार्डियाक अरेस्ट भनेको मुटुको चाल बिग्रिनु हो।’

हृदयाघात भएपछि मुटुको चाल बिग्रिने सम्भावना उच्च रहन्छ। हृदयाघात भएकाहरुको पहिलो एक घन्टादेखि २४ घन्टासम्म जुनबेला पनि मुटुको चाल बिग्रेर मृत्यु हुन सक्ने उनी बताउँछन्। तर, मुटुको चाल अन्य कारणले पनि बिग्रिन सक्ने उनले बताए।

डा ओममूर्तिका अनुसार, मुटुको चाल बिग्रिनु अर्थात् कार्डियाक एरेस्ट हुनुमा उच्च रक्तचाप, जन्मजात मुटुरोग, मुटु चल्दाचल्दै रोकिने समस्या, शरीरमा पोटासियमको कमी आदि पनि हुन सक्छन्। अत्यधिक मदिरा सेवनले पनि मुटुको चाल बिगारेर मृत्यु हुन सक्ने उनले बताए। कतिपयको पौडी खेल्दाखेल्दै मृत्यु हुने र मुटुको मांसपेशी मोटो भएकाहरुको एक्सरसाइज गर्दागर्दै पनि ज्यान जाने गरेको पाइएको उनी बताउँछन्। यसलाई सर्वसाधारणले हृदयाघात बुझे पनि उनी ‘कार्डियाक एरेस्ट’ रहेको प्रस्ट्याउँछन्।

मुटुको चाल असाध्यै बिग्रिनुलाई चिकित्सकीय भाषामा ‘भिटिएफ’ भनिन्छ। यस्तो हुँदा रक्तचाप शून्य हुन्छ। रक्तचाप शून्य भएमा २ देखि पाँच मिनेटभित्रमा बिरामीको मृत्यु हुने डा अनिलले बताए।

उनले भने, ‘बिरामी अस्पतालमै भए समयमै पहिचान गरेर जोगाउन सकिन्छ।’

कार्डियाक एरेस्ट हुने महत्वपूर्ण एउटा कारण भने हृदयाघात नै भएको उनले बताए। उनले भने, ‘हृदयाघात भएको मान्छेलाई अस्पताल पुर्‍याइयो भने सडेन कार्डियाक एरेस्ट हुन नदिन हामी सचेत हुन्छौं। किनभने हृदयाघात भए पनि मुटुको चाल बिग्रिने सम्भावना उच्च हुन्छ। पहिलो एक घन्टा र २४ घन्टामा चाल बिग्रिने सम्भावना हुन्छ।’

कार्डियाक एरेस्ट हुने अरु पनि थुप्रै कारण भएकाले प्रकाश दाहालको हृदयाघातकै कारण मृत्यु भएको ठोकुवा गर्न नसकिने उनले बताए।swasthyakhabar

दलालको पछि लागेर बंगलादेशमा मेडिकल पढ्न नजानू : काउन्सिल अध्यक्ष डा बाँस्कोटा प्रवीण ढकाल

काठमाडौं- नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटाले दलालका पछि लागेर मेडिकल शिक्षा अध्ययनका नजान आग्रह गरेका छन्। दलालको प्रलोभनमा परेर अध्ययनका लागि बंगलादेश पुगेका सयौं नेपाली विद्यार्थी अलपत्र परिरहेको भन्दै उनले विद्यार्थी र अभिभावकलाई दलालको चंगुलमा नफस्न आग्रह गरेका हुन्।

‘बंगलादेशका विवादित र कालो सूचीमा परेका कलेजले नेपाली दलाललाई मोटो कमिसन दिने गरेको देखिएको छ,’ उनले भने, ‘कमिसनको लोभमा दलालले विद्यार्थीलाई हुँदै नभएको जानकारी दिएर झुक्याउने गरेका छन्। जसका कारण पढिरहेका विद्यार्थीको भविष्य वर्वाद हुँदै गएको छ।’

दलालले झुक्याएकै कारण अहिले बंगलादेशका धेरै मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले नेपाली दूतावासमा न्याय दिलाउन भन्दै निवेदन दिने क्रम बढ्न थालेको उनले जानकारी दिए।

उनका अनुसार बंगलादेशका यस्ता कलेजले दलाललाई प्रतिविद्यार्थी ३ देखि ५ लाख रुपैयाँसम्म कमिसन दिँदै आइरहेका छन्। ‘जति बढी कलेज विवादित र खत्तम छन्, त्यती बढी कमिसन दिने चलन रहेछ,’ डा बाँस्कोटाले भने, ‘त्यही भएर यहाँका एजेन्टले पनि कमिसनका लागि त्यस्तै कलेजमा विद्यार्थी लैजान हुँदै नभएका आश्वासन दिलाउने गरेका रहेछन्।’

नेपाली दूतावासको माध्यमबाट काउन्सिलमा आएको जानकारी अनुसार दलाल र गुणस्तरहीन कलेजहरुको मिलेमतोमा कोटाभन्दा बढी विद्यार्थी भर्ना गराउँदै आएका छन्। यस्तै, भर्ना रोक्का भएका कलेज र बंगलादेशको मेडिकल काउन्सिलले दर्ता नम्बर नदिएका कलेजले पनि विद्यार्थीलाई विभिन्न बहानामा अध्ययापन गराउँदै आएका छन्। विद्यार्थीले गुनासो गरेमा धम्की दिने, शुरुमा शुल्क एकथरी देखाउने र विद्यार्थीबाट विभिन्न शीर्षकमा बढी रकम असुल्ने लगायतका समस्या विद्यार्थीले भोग्दै आइरहेका छन्।

डा बाँस्कोटाका अनुसार बंगलादेशमा विदेशी विद्यार्थीलाई ३० प्रतिशत कोटा छुट्टाइएको हुन्छ। तर, कलेजहरुले दलालसँग मिलेर उक्त कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्दै आइरहेको भेटिएको छ। यसरी कोटाभन्दा बाहिर पढेका विद्यार्थीले मान्यता नै पाएका छैनन्।

‘पैसाको लोभमा दलाल र कलेजले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका छन्,’ अध्यक्ष डा बाँस्कोटाले भने, ‘त्यसकारण विद्यार्थीले दलालको पछाडि लागेर बंगलादेशका निजी कलेजमा पढ्न नजानु नै उत्तम हुन्छ।’

उनले हालै नेपाली दूतावासको सहयोगमा नेपाली विद्यार्थी पढ्न जाने ३७ वटा कालोसूचीमा रहेका कलेजको लिस्ट प्राप्त भएको जानकारी दिए। कालोसूचीमा रहेका ती कलेजमा कुनै पनि विद्यार्थीलाई पढ्न नजान उनले आग्रह गरेका छन्।

मासु खान छाड्नुस, यी ६ फाइदा तत्कालै पाउनुहुनेछ


शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मासु खानेहरुमा भन्दा मासु नखाने मानिसहरुमा विभिन्न खाले रोगहरुको समस्या कम देखिने गरेको विभिन्न अध्ययन तथा अनुभवले देखाएका छन् ।

यदि तपाइँ मासु खानुहुन्छ र अबदेखि मासु छाडेर शाकाहारी बन्दै हुनुहुन्छ भने तपाइँले आफ्नो वजन घटाउने, मुटुरोगको जोखिम कम गर्ने जस्ता फाइदाहरु तत्कालै प्राप्त गर्न थाल्नुहुनेछ । मासु खान छाड्नुनका ६ फाइदा यस्ता छन्ः

शरीर दुख्ने तथा सुन्निने समस्या कम हुनेछः मासु तथा अन्य प्रोसेस्ड फुडहरुले खाएको केही घण्टामै सरीरमा दुखाइ तथा सुन्निने समस्या पैदा गर्दछन् । मासुमा हुने एनिमल फ्याटसँगको प्रतिक्रियाका कारण हाम्रा रक्तधमनीहरु प्यारालाइज्ड हुन्छन् र धमनी खुल्ने क्षमता आधाले घट्दछ । त्यसो हुँदा फोक्सो फुलिन्छ । यस्तो फुलाई तथा दुखाइ भनेको सरीरको प्रतिरोधी प्रतिक्रिया हो ।

तर लामो समयसम्म यस्तो हुँदा मुटु सम्बन्धी रोग, मधुमेह, अटोइम्युन डिजिज तथा क्यान्सर लगायतको जोखिम हुन्छ । जबकी शाकाहारी खानेकुराहरु खासगरी वनस्पतीजन्य खानेकुराहरु दुखाइ तथा सुन्नाई प्रतिरोधी हुन्छन् । यिनीहरुमा प्रसस्त मात्रामा फाइबर तथा एन्टीअक्सिडेन्ट हुनुका साथै सुन्निने तथा दुख्ने क्रियामा संलग्न बोसो तथा इन्डोटोक्सिनको मात्रा घटाइदिन्छन् ।

रगतमा कोलेस्ट्रोलको मात्रा घट्नेछः रातो मासु, कुखुराजन्य परिकार तथा चिज लगायतका एनिमल प्रडक्टहरुमा संतृप्त बोसो हुन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँदछ । कोलेस्ट्रोलको मात्रा बढ्दा मुटुरोग, मस्तिष्कघात जस्ता खतरा बढ्दछन् । मांशाहारी मानिसहरु शाकाहारी बन्दा रगतमा कोलेस्ट्रोलको मात्रा ३५ प्रतिशत सम्मले घट्ने विभिन्न अध्ययनले देखाएका छन् ।

टाइप टू मधुमेहको जोखिम घट्नेः अध्ययन अनुसार प्राणीजन्य प्रोटिनको उच्च मात्राको सेवनले मधुमेह विकशित हुने दीर्घकालीन खतरा बढ्दछ । एनिमल फ्याट, मासुमा पाइने एनिमल बेस्ड आइरन तथा नाइट्रेट पि्रजर्भेटिभ्सले प्यांक्रियाजका कोशिकाहरु नष्ट गर्ने तथा इन्सुलिनको कार्यमै असर पूराउने गर्छन् जसले गर्दा टाइपू टू मधुमेहको जोखिम बढ्दछ ।

वजन नियन्त्रणः शाकाहारी मानिसहरुमा मोटोपनाको दर मासु खाने मानिसहरुमा भन्दा कम पाइएको छ । मासु खाने तथा शाकाहारीहरुले दिनहुँ खाने क्यालोरी खपत बराबर भएपनि मासु खानेहरु बढि मोटोपनाको सिकार हुने गरेको पाइएको छ । यसको कारणमा मासु खानेहरुले वनस्पती प्रोटिन, बिटा क्यारोटिन, फाइबर, म्याग्नेसियम जस्ता तत्वहरुको खपत कम गर्दछन् र हानिकारक बोसोको सेवन मात्र धेरै गर्दछन् । कम चिल्लो तर ताजा सागपात, फलफूल र अनाज सहितको स्वस्थ शाकाहारी भोजनले वजन नियन्त्रणमा सहयोग गर्दछ ।

विषाक्त पदार्थबाट बचिनेः हामीले खाने जनावरका मासुहरुमा विभिन्न खाले हर्मोन, किटनासक औषधि, एन्टीबायोटिक्स जस्ता दूषित पदार्थहरु पाइन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । कुखुरा, सुँगुर, भैँसी, माछा लगायतका मासुमा इ कोली, लिस्चेरिया, लगायतका विभिन्न खाले जिवाणु तथा घातक परजिवीहरु पाइन्छ । त्यसैले मासु नखानाले खानाबाट सर्ने विभिन्न खाले रोगहरुबाट बच्न सकिन्छ ।

पृथ्वीकै वातावरण बचाउन योगदानः मानिस शाकाहारी बन्दा पृथ्वीको वातावरणमा विभिन्न खाले सकारात्मक प्रभाव पर्दछ । खानाका लागि जनावरको पालनले अहिले पृथ्वीको कुल भुभागको ३० प्रतिशत प्रयोग भएको छ । मासु खानकै लागि पालिने जनावरका कारण वनविनाश उच्च भैरहेको छ भने फडानी भएको जंगल क्षेत्रलाई चरिचरनमा बदलिएको छ ।

अध्ययन अनुसार एक ग्राम एनिमल प्रोटिन उत्पादन गर्न एक ग्राम वनस्पती प्रोटिन उत्पादन गर्नभन्दा १२ गुणा बढि जमिन, १३ गुणा बढि इन्धन तथा १५ गुणा बढि पानी चाहिन्छ । कुने मानिस मानिस मांशाहारीबाट शाकाहारी बन्ने हो भने उसले गर्ने कार्वन उत्सर्जन ५० प्रतिशतले घट्दछ । त्यसैले मासु खान छाड्दा जलवायु परिवर्तन, वनविनाश, प्रदुषण तथा श्रोतको अत्यधिक दोहन जस्ता नकारात्मक असरलाई कम गर्न सकिन्छ ।

यस्तो अवस्थामा भुलेर पनि नखानुहोस केरा, ज्यानै समेत जानसक्छ


केरा स्वास्थ्यका लागि निकै लाभदायक फल मानिन्छ तर विभिन्न खाले रोग अथवा लक्षण हुदा यो बीस समान मानिन्छ । यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ :

-केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ ।

-केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ । यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ ।

-केरामा पोटासियम बढी मात्रामा हुन्छ, यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढाउन सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउने हुन्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखा पर्छ ।

-केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ ।

-केरामा भिटामिन बी–६ हुन्छ । यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ ।

-केरामा गुलियोको मात्रा निकै बढी हुन्छ । यसले डाइबिटिज अर्थात् सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ ।

खोकी लाग्यो ? दालचिनीले बनाउनेछ एकदिनमै खोकी चैट, अरु ५ फाईदा: जानी राखौँ


औषधीयुक्त गुण पनि रहन्छ । दालचिनी र अलैँची दुबै मिसाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मदत गर्छ। यस्ता समस्यामा दालचिनीले फाइदा गर्छ

वाकवाक लाग्दाः एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने । खासगरी गर्भावस्थामा, मोटर चढेको बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ ।झाडापखाला लाग्दा: एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनिको धुलो महमा मिसाएर लेदोजस्तो बनाने, दिनको तीन चोटी एकएक चम्चा खाँदा फाइदा पुग्छ ।

मुख गन्हाउँदा: दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुस्दा मख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।सुत्केरीको दूध बढाउन: आधा चम्चा दालचिनीको धुलो राखि एक कप दूधमा मिसाएर खाँदा फाइदा हुन्छ ।

खोकी लाग्दा: अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो पानीमा पकाउने, पानी उमालेपछि कागती र मह पनि हालेर खादाँ स्वाद बढनुको साथै चिसो हटाउन पनि मद्धत गर्छ ।चिसो लागेर घाँटी दुख्दाँ: आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चा मरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउन घाँटी दुख्न कम हुन्छ ।

दिनदिनै दालचिनी र मह खानुस्, अनेकौं रोग भगाउनुस्!


काठमाडौं, ४ मंसिर — हाम्रो भान्छामा सहजै भेटिने दालचिनी धेरै रोगहरूको उपचार गर्न सक्षम छ । दालचिनीलाई महसँग खाँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या टाढा भाग्छ ।

क्यान्सर दिनदिनै तातोपानीका साथ दालचिनीको धूलो र मह खाँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । यसले शरीरलाई क्यान्सर सेल्ससँग लड्न सहायता पुग्छ ।

मुटुरोग मुटुलाई स्वस्थ राख्नका लागि दिनदिनै दालचिनी र मह सेवन गर्नुस् । रोटीमा दलेर वा चियामा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।

मोटोपन एक गिलास पानीमा एउटा सानो चम्चा दालचिनी र मह उमालेर दिनदिनै पिउँदा कोलेस्ट्रोल दुईगुणा घट्छ । दिनदिनै यसको चिया खाँदा तौल कम गर्न सहायता पुग्छ ।

जोर्नी र घुँडामा पीडा एक महिनासम्म दुईचोटि तातोपानीमा दालचिनी र मह हालेर पीडा भएको ठाउँमा मालिश गर्दा पीडा गायब हुन्छ ।

रुघाखोकी जाडोमा रुघाखोकी र ज्वरो भगाउनका लागि दालचिनी धूलो, मह र मरिच मिसाएर खानुस् । यसले रोग हटाउनुका साथै शरीरमा ऊर्जा पनि दिन्छ ।

अल्सर दालचिनी महमा मिसाएर खाँदा बान्ता, छेर, अपच, ग्यास, पेट दुखेको, एसिडटी जस्ता समस्या भगाउँछ । अल्सर पनि निको बनाउँछ यसले ।

टाउको दुखेको टाउको दुखेको निको पार्न दालचिनी र तेजपातलाई पिँधेर चामलको पीठोमा हालेर सुँघ्नुस् । त्यसबाहेक त्यसमा केही थोपा तेल हालेर टाउको मालिश गर्दा पनि पीडा कम हुन्छ ।

सुन्निएको छालाको संक्रमण, पीडा, घाउ र सुन्निएको समस्यामा दालचिनीको तेल प्रयोग गर्नुस् । त्यसबाहेक दाँतमा पीडा हुँदा र सास गनाउने समस्या हुँदा पनि दालचिनी मुखमा राखेर चुस्नुस् ।

एजेन्सी

बिहान खाली पेटमा चिया पिउँनुहुन्छ ? होस गर्नुस्


बिहान–बिहानै खाली पेटमा चिया पिउने बानी धेरैजसोको हुन्छ । तर, खाली पेटमा चिया पिउँनाले एसिडिटी हुनसक्छ । किनकि यसमा भएको टेनिन्स पेटको एसिडलाई बढाई दिन्छ । थाहा पाउनुहोस्, खाली पेटमा चिया पिउँनाले के–कस्ता गम्भिर रोग लाग्छन् ।

१. प्रोस्टेट क्यान्सर – खाली पेटमा चिया पिउनाले पुरुषलाई प्रोस्टेट अर्थात ग्रन्थीसम्बन्धी रोग लाग्न सक्छ । यो धेरै अध्ययनबाट पत्ता लागेको कुरा हो ।

२. चिडचिडापन – खाली पेटमा चिया पिउँनाले प्राय थकान वा चिडचिडापनको समस्या देखिने गरेको छ ।

३. ग्यासको समस्या – खाली पेटमा चिया पिउनाले पेटमा ग्यास जम्न थाल्छ ।

५. शरीरमा असर – खाली पेटमा चिया पिउँनाले शरीरमा प्रोटिन र अन्य पोषण पदार्थको अवशोषण ठीक तरिकाले हुन पाउँदैन, जसले हाम्रो शरीरलाई प्रभावित गर्छ ।

६. वान्ता – चियामा टेनिन पाइन्छ, खाली पेटमा चिया पिउँनाले टेनिनका कारण कहिले काँही वान्ता हुने समस्या हुन्छ । नेपालीहेडलाइन्स डटकम बाट साभार गरिएको

प्रयोग गर्न जानेपछी एक चम्मच नुनले बनाउँछ अति सुन्दर अनुहार, यसरि प्रयोग गर्नुहोस


बर्सातको मौसममा अनुहारमा पिम्पल आउनु सामान्य मानिन्छ । तर जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ । कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल देखिन थाल्छ । यसको अतिरिक्त कस्मेटिक साह्रै महंगा पनि हुन्छन्, र यीनमा मिसाइको रसायनले छालामा नराम्रो असर पनि पार्छ ।

कहिलेकाँही तपाई सोच्नुहुन्छ होला कि, पिम्पलको समस्याबाट छुटकरा पाउन कुनै सजिलो प्राकृतिक तरिका छैन ? यकीन मान्नुहोस् यस्तो उपाय छ । र यस्तो उपायले पिम्पलको समस्याबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ । यो उपाय महिला र पुरुषका लागि बराबर उपयुक्त हुन्छ ।

यो आलेखमा हामी तपाईलाई नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउने उपायबारे बताउँदै छौं । जसलाई तपाईले नियमित रुपमा अपनाउनुभयो भने पिम्पलबाट सधैंका लागि छुटकरा पाउन सकिन्छ ।
यो एउटा उपायबाट तपाईले क्लीन्जिङ, स्क्रबिङ र मस्चराइजिङको फाइदा लिन सक्नुहुन्छ । जसलाई त्वचाको कम्पलिट देखभाल मानिन्छ । कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस । त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका लागि पर्खनुहोस् ।

त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगानुहोस् । फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस् । भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस् । कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् ।


घुँडा दुख्ने समस्या छ यसरि प्रयोग गर्नुस् कागती को प्रयोग


आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ ।


पट्टी बनाउने तरिका: – पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् ।

– कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् ।

– अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् ।

– दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ । दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ ।

दाँतको किरा मार्ने घरेलु उपाय, अनि दाँत सम्बन्धी अन्य रोगका निम्ति पनि उपयोगी छ


दाँतमा किरा लाग्ने समस्या जस्लाई पनि हुन सक्छ । जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो । दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ । जस्लाई सहन गर्नसक्नु असम्भवको कुरा हो । यस्तो अवस्थामा दुखाईबाट छुट्कारा पाउनु पतिदिन खाना खानु सरह नै महत्वपूर्ण हुन्छ ।

किनकी यस्को दुखाई दाँतको जरासँग हुन्छ । जस्को कारणले गर्दा त्यसमा सुनिने समस्या पनि हुन सक्छ । त्यसैले सकेसम्म चाडैं यस समस्याको उपचार गरिनुपर्छ । यस समस्याको उपाय धेरै छन् । तर डाक्टरको सल्लाहअनुसार उपचार गर्नु नै फाईदाजनक हुन्छ । यस्को अतिरिक्त अरु पनि उपायहरु छन् । जस्को मद्धतले तपाइँ यस्ता समस्याबाट छिटै छुट्कारा पाउन सक्नुहुन्छ । यी उपायहरु पुरै सुरक्षित हुन्छ र यस्को कुनै दुष्प्रभाव छैन । यदि तपाइँको दाँत संवेदनशील छ भने यस उपायको प्रयोग कृपया डाक्टरको सल्लाहअनुसार मात्र गर्नुहोस् । दाँतबाट किरा हटाउने घरेलु उपायहरु निम्नअनुसार छन् ।

दाँतबाट किरा हटाउने घरेलु उपाय:

यहाँ हामी तपाइँलाई केही घरेलु उपायबारे जानकारी दिन्छौं । जस्ले गर्दा तपाइँको किरा लागेको दाँतमा दुखाई कम हुनुका साथै अन्य दाँतमा यही समस्या हुनुको खतरा पनि कम हुन्छ । किनकी यो समस्या एउटा दाँतबाट अर्को दाँतमा तुरुन्तै फैलिन्छ । जस्को कारणले गर्दा अरु दाँतलाई पनि समस्या गर्छ ।

बेसार र नुन:

पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस् । यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्तमन्जनको रुपमा दल्नाले दाँतको किरा मर्दछ ।

प्याज खानाले मर्छ दाँतको ब्याक्टेरिया:

प्याजको प्रयोग प्रायजसो दाँतको दुखाई ठिक गर्नको लागि गरिन्छ । तर यसको प्रयोग दाँतको किराको समस्या हटाउन पनि गर्न सकिन्छ । किनकी प्याजलाई दाँतको लागि एउटा राम्रो उपाय मानिन्छ । यस्को प्रयोगले तपाइँको दाँतको दुखाई कम हुन्छ । प्याजलाई एक प्रकारको प्राकृतिक औषधिको रुपमा पनि मानिन्छ । जस्मा दाँतको दुखाई निको पार्ने गुण हुन्छ । यदि तपाइँको दाँतमा पनि समस्या छ भने प्याजको प्रयोग गर्नुहोस् । जसबाट तपाइँलाई लाभ मिल्दछ । यस्को लागि प्याजलाई काटेर सानो टुक्रालाई किरा भएको दाँतबाट चपाउनुहोस् । तपाइँले सलादमा प्याजको प्रयोग गरेर पनि दुखाई कम गर्न सक्नुहुन्छ ।

बरको दुध(चोप) : किरायुक्त दाँतमा बरको दुध लगाउनाले किरा र दुखाई दुबै हट्दछ ।
फिटकिरी: फिटकिरीलाई तातो पानीमा घोलेर प्रतिदिन कुल्ला गर्नाले दाँतको किरा र दुर्गन्ध दुबै हट्दछ ।
हिंग: यदि तपाइँको दाँत कुनै कारणले दुखिरहेको छ भने हिंगको प्रयोग गर्नाले आराम मिल्दछ । किनकी हिंगमा भएको तत्वले दुखाई उत्पन्न गर्ने किटाणुलाई समाप्त गर्छ र दुखाईबाट आराम दिलाउँछ । तपाइँ यसको प्रयोग मौसमको रस र कागतीको रसमा हालेर गर्न सक्नुहुन्छ । यसले दाँतलाई औषधिको साथै अम्लीय पदार्थको पनि फाईदा मिल्दछ । यसको लागि दुखेको दाँतमा दुबै पदार्थलाई कपासको मद्धतले लगाउनुहोस् । यसबाट तपाइँलाई दाँतको दुखाईबाट छिटै छुट्कारा मिल्दछ ।
ल्वाङ्ग: ल्वाङ्गलाई दाँतको दुखाईको लागि सबैभन्दा राम्रो उपाय मानिन्छ । यस्को साथै स्वस्थ रहनको लागि पनि ल्वाङ्गको प्रयोग गरिन्छ । ल्वाङ्गमा विशेष प्रकारको गुण पाईन्छ । जस्ले ब्याक्टेरियालाई समाप्त गर्ने काम गर्दछ । दाँतमा दुखाई ब्याक्टेरियाको कारणले गर्दा हुन्छ । जस्लाई हटाउने काम ल्वाङ्गले गर्दछ । यसको लागि ल्वाङ्गलाई दुखेको दाँतमा राख्नुहोस् । यसबाट विस्तारै दाँतको दुखाई कम हुन्छ । यस प्रक्रियामा थोरै समय लाग्न सक्छ । तर फाईदा धेरै नै हुन्छ ।

चुरोटले कसरी गराउँछ हर्टअट्याक!

धेरै मानिसलाई चुरोटले फोक्सोको क्यान्सरमात्र हुन्छ भन्ने लाग्छ । तर चुरोट सेवनले क्यान्सरभन्दा हर्टअट्याकको सम्भानवा बढि हुन्छ । चुरोटले हर्टअट्याक हुन्छ भन्ने तथ्य सन् १९४० मा प्रमाणीत भएको हो ।

चुरोटले रक्तनलीहरुको भित्री भित्तामा कलेस्टेरोल जम्मा गराउछ । चुरोटले रगतलाई बाक्लो बनाएर जम्ने संभावना बढाउछ । चुरोट सेवनले नराम्रो कोलेस्टेरोल (एलडिएल) बढाउछ र राम्रो कोलेस्टेरोल (एचडिएल) घटाउछ । यसले मुटुको रक्तनलीहरु साँघुरो बनाउन सक्छ । चुरोटमा हुने निकोटिनले मुटुको धडकनको गति र रक्तचाप बढाउछ । चुरोटका कारण हुने यस्ता परिवर्तनले मुटुको रक्तनलीमा रगत जमेर मुटुको रक्तसञ्चारमा बाधा पुग्छ र हर्टअट्याक हुन्छ । ब्रिटेनमा भएको एक अध्ययनअनुसार चुरोट सेवनगर्ने ३० देखी ५० वर्ष उमेरका मानिसमा चुरोट सेवन नगर्ने भन्दा हर्टअट्याकको सम्भावना ५ गुणा बढि हुन्छ । अमेरिकामा प्रत्येक ५ मृत्युमध्ये एक चुरोट सेवनका कारणले हुने अध्ययनले देखाएको छ ।

चुरोट सेवनले उच्च रक्तचाप (हाइ ब्लड प्रेसर) को सम्भावना अधिक हुन्छ । चुरोटका कारणले भएको उच्च रक्तचाप नियन्त्रण गर्न पनि निकै गाहे हुन्छ । हर्टअट्याकको सम्भावना चुरोट छाडेको दिन देखी नै घट्दै जान्छ । चुरोट छाडेको १० वर्षमा हर्टअट्याकको सम्भावना चुरोट कहिल्यै सेवन नगर्ने सरह हुनपुग्छ । चुरोटले ब्रेनअट्याक, दम, क्यान्सर, बाझोपन र हड्डी कमजोर हुने रोगपनि गराउछ । swasthyakhabar

जाडोमा प्रयोग गर्नुस् यी ८ खानेकुरा, शरीर रहन्छ तातो


काठमाडौं, २३ कात्तिक — जाडोमा शरीरले पर्याप्त तातो नपाउँदा रुघाखोकी, कफ र छालासम्बन्धी समस्या आइलाग्छ । जाडोमा खानपानमा ध्यान दिनु जरूरी हुन्छ । यहाँ हामी जाडोमा पनि शरीरलाई तातो राख्ने र शक्ति दिने केही खानेकुराका बारेमा बताउँदैछौं ।बाजरा म्याग्नेसियम, क्याल्सियम, फाइबर, भिटामिन बी, एन्टीअक्सिडेन्ट र प्रोटीनको मात्रा भरपूर हुन्छ बाजराको रोटी । जाडोमा यसको रोटी खाँदा शरीरलाई पूरा दिन शक्ति प्राप्त हुन्छ ।

बदाम भिटामिन ईले भरपूर बदामलाई जाडोमा बिहान महसँग खाँदा बिरामीबाट बच्न सक्नुहुन्छ । कब्जियतको समस्या पनि हट्छ ।अदुवा जाडोमा दिनदिनै बिहान अदुवाको रस पिउँदा वा अदुवा खाँदा शरीरलाई तातो हुन्छ । यसबाहेक यसले तपाईंको पाचन प्रणाली पनि ठीक हुन्छ ।ओमेगा ३ फ्याट्टी एसिड माछामा पाइने ओमेगा ३ फ्याट्टी एसिड जाडोका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा इम्युनिटी पावर बढाएर रोगहरूबाट टाढा राख्छ ।दालचिनी दालचिनी स्वादिलो हुनुका साथै यसले शरीरलाई तातो बनाएर चिसोबाट लड्न मद्दत गर्छ । भोजन, चिया, कफी, वा तातोपानीसँग दालचिनी खानुस् ।मम्फली बदाम जाडोमा घाम तापेर बदाम खान मज्जा आउँछ अनि यसमा भएको मिनरल, क्याल्सियम, क्यारोटिन र फस्फोरसको गुणले शरीरलाई भित्रबाट तातो राख्छ ।



हरिया सागपात पालुंगो, गाजर, लसुन लगायतको सेवनले पनि इम्युन सिस्टम बलियो हुन्छ । जाडोबाट बच्नका लागि हरियो सागपात सबभन्दा राम्रो खुराक हो ।तिल भोजनमा तिलको सेवन वा त्यसको तेलले मालिश गर्दा जाडोमा लाभदायक हुन्छ । त्यसमा भएका पोषक तत्त्वले तपाईंलाई चिसो, रुघाखोकी र कफबाट बचाउँछ ।एजेन्सी

बोक्सीको आरोपमा बुहारीलाई मार्न खोजे जेठाजुले । सिमामा भारतीय प्रहरीको अर्काे ज्यादती, आफ्नै जमिन खन्न दिएन्न-भिडियो सहित

बोक्सीको आरोपमा बुहारीलाई मार्न खोजे जेठाजुले । सिमामा भारतीय प्रहरीको अर्काे ज्यादती, आफ्नै जमिन खन्न दिएन्न-भिडियो सहित

रगत जमेर गाँठो परेमा, जिउ चिलाएमा,सेतो दूबीमा,दाद रोगमा, गर्भाशय शुद्धिका लागि: बकाइनो,

बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो । एस बाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन सकिन्छ ।

– वाथ भएमा:बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।

– रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।

– चिलाउने रोगमा: बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।

– सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।

– दाद रोगमा: पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

– पत्थरी रोगमा: बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।

– जुका परेमा: बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।

– स्त्रीको मासिक धर्म बढी भएमा: बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।

– स्त्रीको मासिक धर्म रोकिएमा: बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।

– गर्भाशय शुद्धिका लागि: बकाइनोको पातको रस नित्य १र१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।


साभार-https://onlinetamang.com

भुलेर पनि नगर्नुस् यी १० काम, मृगौला खत्तम हुन्छ र तपाइको ज्यान पनि जान सक्छ

भुलेर पनि नगर्नुस् यी १० काम, मृगौला खत्तम हुन्छ र तपाइको ज्यान पनि जान सक्छभुलेर पनि नगर्नुस् यी १० काम, मृगौला खत्तम हुन्छ र तपाइको ज्यान पनि जान सक्छ

सावधान मानिसको ज्यान लिने नेबिको बिस्कुट यसरी मानव नङ भेटिन्छन्

सावधान मानिसको ज्यान लिने नेबिको बिस्कुट यसरी मानव नङ भेटिन्छन्सावधान मानिसको ज्यान लिने नेबिको बिस्कुट यसरी मानव नङ भेटिन्छन्

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger