Latest Updates :

दश खेलाडीमा सीमित जर्मनीले अन्तिम सेकेन्डसम्म लड्दै स्वीडेनलाई पराजित गरे

SHARE THIS POST :
काठमाडौं । साविक विश्वकप विजेता जर्मनीले महत्वपूर्ण जित निकालेको छ । गर या मरको अवस्था चिर्दै जर्मनीले स्वीडेनमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो ।

यदि स्वीडेनसँगको खेल हारेको भए उसले ८० वर्षपछि पहिलो पटक ग्रुप स्टेजबाटै घर फर्कनुपर्ने अवस्था थियो । तर जर्मनीले अन्तिम समयसम्म दश खेलाडीमा सीमित भएको खेललाई आफ्नो पक्षमा पार्न सफल भयो ।

जर्मनीको जितमा टोनी क्रुज नायक बने । निर्धारित ९० मिनेटसम्म एक–एकको बराबरी भएको खेल उल्टाउदै अतिरिक्त समयमा टोनी क्रुजले फ्रि किक मार्फत आकर्षक गोल गरे । खेल बराबरी भएको भएपनि जर्मनलाई नकआउट चरणमा प्रवेश गर्न निकै संघर्ष गर्नुपुर्ने हुन्थ्यो ।



खेल जितेपछि जर्मनले अर्को खेलमा शानदार जित हासिलगर्दै अन्तिम १६ मा स्थान बनाउने अनुमान गरिएको छ । खेलमा स्वीडेनले सुरुवाती गोलको अग्रता लिएको थियो । खेलको ३२ औं मिनेटमा ओला टोएभिनोनले भिक्टोर क्लिसोनको क्रस पासमा उत्कृष्ट गोल गरेका थिए ।

आत्रमक खेलेको जर्मनी दोस्रो हाफमा बराबरीमा फर्कियो । ४८ औं मिनेटमा मार्कु रिउसले मारियो गोमेजको पासमा गोल गरेका थिए । त्यसपछि खेल निकैनै प्रतिस्पर्धात्मक भएको थियो ।

खेलको ८२ औं मिनेटमा जर्मनीलाई ठूलो झड्का लाग्यो । गलत ट्याकलका कारण जिरोमी बोट्याङ रातोकार्ड पाउँदै मैदान बाहिर गएपछि जर्मनी दश खेलाडीमा सीमित भएको थियो ।

तर जर्मनीले आफ्नो आक्रमक खेललाई अन्तिम समयसम्म निरन्तरता दिइरह्यो । दश खेलाडीलाई एघार खेलाडी भएको अनुभुति दिलायो । अन्तत जर्मन टोलीको संघर्ष खेर गएन ।



ठुलै झड्का लाग्ने खेल जित्दै जर्मनीले आफ्नो प्रतिष्ठा जोगाउनका साथै नकआउट चरणमा प्रवेश गर्ने संभावना बलियो बनाएको छ ।
 ग्रुप एफमा मेक्सिको यसअघिनै ६ अंक बटुल्दै नकआउट चरण प्रवेश गरिसकेको छ ।

अब जर्मनी र स्वीडेनबीच प्रतिस्पर्धा नभएपनि नकआउट चरणमा प्रवेशगर्न दुवैले अन्य टोलीसँग संघर्ष गर्नेछन् । दुवै टोलीको ३–३ अंक छ । दक्षिण कोरियाको भने शुन्य अंक छ ।

अब जर्मनीले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ भने स्वीडेनले बलियो टोली मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीले कोरियालाई पराजित गरे, स्वीडेन मेक्सिकोसँग हारे जर्मनी उपविजेताबन्दै नकआउट चरण प्रवेश गर्नेछ ।

जर्मनी अबको खेलमा पराजित भने हुनुहुँदैन् । जित्दापनि फराकिलो अन्तरको जित निकाले उसलाई अर्को चरणमा प्रवेशगर्ने ढोका सजिलै खुल्नेछ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger