उनलाई पुरस्कारस्वरूप २४ क्यारेट सुनको तीन ग्रामको सिक्का दिइयो । प्रतियोगिताको फाइनलमा १० जना पुगेका थिए । तीमध्ये सबभन्दा छिटो ५० खुर्सानी खाने मानिसलाई विजेता घोषित गरियो ।
ताङ शुआइहुइ नामक व्यक्तिले पुरस्कार जित्नुबाहेक सबभन्दा छिटो पीरो खुर्सानी खाने कीर्तिमान पनि आफ्नो नाममा पारे । हुनानमा विगत दुई वर्षदेखि खुर्सानी प्रतियोगिता आयोजना गरिएको छ । यसको थिम लोकल पार्क राखिन्छ । प्रतियोगितामा जोखिम देखेर चिकित्सकहरूलाई पनि बोलाइन्छ ।
खुर्सानी खाने प्रतियोगितामा मानिसहरूलाई खुर्सानी र पानी भरिएको एउटा तलाउमा छिर्न लगाइन्छ । तलाउमा तीन टन खुर्सानी हालिन्छ । खुर्सानी पनि चीनको विशेष पीरो राख्ने गरिन्छ । तर प्रतियोगीहरूलाई छालाको समस्या नहोस् भनी विचार गरिन्छ ।
Post a Comment