Latest Updates :

जापानका होन्डाले रचे विश्वकपमा एसियाबाट सर्बाधिक गोल गर्ने खेलाडीको इतिहास

SHARE THIS POST :
असार १०, काठमाडौँ । विश्वकप अन्तर्गत आइतबार राति सम्पन्न खेलमा जापान र सेनेगलले २–२ को बराबरी खेलेका छन् । खेलमा जापानका किसुकी होन्डाले विश्वकपमा एसियाबाट सर्बाधिक गोल गर्ने खेलाडीको इतिहास रचेका छन् ।

दुईचोटी अग्रता लिएपनि सेनेगलले अग्रता जोगाउन सकेको थिएन्। सेनेगेलका लागि साडियो माने र माउसा वागिईले गोल गरेका थिए भने जापानका लागि किसुकी होन्डाले गोल गरेका थिए ।

खेलको ११ औं मिनेटमा साडियो मानेले सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए। एमबाए नियोगको उपलब्ध गराएको पासमा जापानका थिन्की हारागुचीले फितलो हेडिङ गरेपछि बल सेनेगलका युसुफ साबलीका अगाडी खसेको थियो । उनले प्रहार जापानी किपर इजी कावासिमीले पन्च साडियो मानेको खुट्टामामा खसेपछि मानेले लगत्तै उक्त बललाई जाली चुमाएका थिए ।

खेलको ३५ औं मिनेटमा जापानले बराबरी गोल फर्काएको थियो । युटो नागाटिमोले उपलब्ध गराएको पासमा ताकासी इनयूले बराबरी गोल फर्काएका थिए।
७१औं मिनेटमा माउसा वागिईले सेनेगललाई २–१ को अग्रता दिलाएका थिए । युसुफ साबालीले गरेको क्रसलाई एमबाय नायगीले माउसा तर्फ डोर्यादिएका थिए। डी बक्स नजिकै बल पाएका माउसाले गोल गर्दै सेनेगललाई पुनः अग्रता दिलाएका हुन् ।

७८ औं मिनेटमा सिन्जी कागवाको स्थानमा आएका किसुकी होन्डाले गोल गर्दै गोल पुनः बराबरीमा फर्काएका हुन्। ताकासी इनयूले गोलपोस्ट तिर अघि बढाई रहेको बललाई पन्च गर्न सेनेगलका गोलकिपर खादिम एनदिया अघि बढेका थिए । त्यहीबेला ताकासीले अर्को तर्फ रका होन्डालाई पास उपलब्ध गराए र उनले खाली पोस्टमा गोल गरेका थिए ।

योसँगै किसुकी होन्डा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने एसियन खेलाडी बनेका छन् । उनले विश्वकपमा ९ खेलमा अन्य एसियाली खेलाडी भन्दा बढी चार गोल गरेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger