Latest Updates :

सुन्दा बिस्वाश नलाग्न सक्छ ?!चमत्कारी कुण्ड, डाक्टरले अब उपचार सम्भव छैन भनेर घर फर्केका बिरामीको रोग पनि कुण्डमा नुहाएपछी निको भयो

SHARE THIS POST :

वैज्ञानीक आधार त केहि छैन । तर, कतिपय प्रयोग मानविय अनुभवकै आधारमा विश्वास गर्न लायक हुन्छन् । म्याग्दीको बेनी नगरपालिमा जमिनबाट निस्कने तातोपानी मानविय प्रयोगकै आधारमा अचुक औषधि मान्न थालिएको छ । ठूला–ठूला अस्पतालमा उपचार असम्भव भनिएका विरामी यहाँको तातोपानीमा डुबुल्की मारेपछि निको हुन्छन् । मानवीय अनुवभलाई नै आधार मान्ने हो भने बेनीको तातोपानी अचुक औषधि सावित भएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडानम्बर ४ मा तातोपानी कुण्ड छ । कुण्डमा जम्मा हुने पानी मुहानबाट निस्कदै ४५ देखि ५० डिग्री सेल्सीयस तापक्रमको हुन्छ । जुन पानी अचुक औषधि सावित भएको छ । मध्य अमेरिकी मुलुक पाना मामा घरबाट खसेर गुल्मीका कृष्णबहादुर अधिकारीको हात–खुट्टा नचल्ने भयो ।उनले त्यहा धेरै उपचार गरे । चिकित्सकले हात–खुट्टा चल्दैन भनेपछि घर फर्किए । त्यसपछि उनी, बेनीको तातोपानी कुण्डमा स्नान गर्न पुगे । १५ दिनसम्म तातोपानीमा स्नान गरेपछि उनको हात र खुट्टा अलि अलि चल्ने थालेको छ ।

नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उहाँ उपचारका लागि आउने गरेका छन् ।परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने विरामी लगातार हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेका छन् । जमिनबाट निस्कदै ४५ देखि ५० डिग्री सेल्सीयस तापक्रमको यो तातोपानीमा बिरेनुनको स्वाद पाइन्छ । त्यही बिरेनुन स्वादको तातोपानी नै अचुक औषधी बन्ने गरेको छ ।

बेनीको यो तातोपानी औषधिको रुपमा प्रयोग भइरहेको भए पनि औषधिकै रुपमा वैज्ञानीक मान्यता पाएको छैन । मानविय अनुवभकै आधारमा भन्ने हो भने यो तातोपानी अचुक औषधि मान्नु पर्छ । त्यसैले यो तातोपानीबारे बैज्ञानीक अनुसन्धान आवश्यक छ ।हामिसंग विज्ञानलाई चुनौती दिन सक्ने चिज छ जसको प्रचार गर्ने सके संसारभरका मानिसले थाहा पाउने थिए तर यसको प्रचारप्रसार हुन् सकेको छैन

यो पनि पद्नुहोस
आजदेखि लागु हुदै नया नियम ! छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरन नपाइने ,बिहे गरे जेल …छोरीलाई माया गर्नेले शेयर गर्नुहोस् !
रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो ।गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ ।

छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।२५ हजारको मुद्दती खाता गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ ।

सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ । मुद्दती खाता बालिकाको नाममा खोलिनेछ । विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य नगरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । त्यसका लागि सो वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्नेछ ।बैँकहरूसँग प्रस्ताव माग गाउँपालिकाले कार्यक्रम सञ्चालनका लागि बैँकहरूसँग ब्याजदरको प्रस्ताव पेस गर्न आब्हान गरिसकेको छ । २० वर्षे मुद्दती खाता धेरै ब्याज दिने बैँकमा खोल्ने तयारी छ ।

गत साउन यता जन्मेका बालबालिकाका लागि यो कार्यक्रम लागु हुनेछ । बैँकहरूबाट प्रस्तावहरू आएपछि अध्ययन गरी काम अगाडि बढाउने गाउँपालिकाले जनाएको छ ।बैँकको टुंगो लागेपछि बालिकाको जन्मदर्ता, वडा कार्यालयको सिफारिसपछि गाउँपालिकाले खाता खोलिदिने नेपालले बताए । लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध नेपालको कानुनले गर्भपतनलाई अपराध मानेको छ । वरिष्ठ अधिवक्ता विनोद गौतमले पहिचानका आधारमा गर्भपतन गर्नुलाई गम्भीर अपराधका रूपमा लिइने बताउँछन् ।

हाडनाता करणीबाट रहेको गर्भ ,महिलाको स्वस्थ्यमा असर पर्ने अवस्थालगायतमा मान्यताप्राप्त अस्पतालमा गर्भपतन गर्न सकिने अन्यथा ज्यानसम्बन्धी महलअनुसार सजाय हुने प्रावधान रहेको उनले बताए ।भारतसँग सीमा जोडिएका बासिन्दाहरू लिंग पहिचानका लागि भिडियो एक्सरे गर्न भारतीय सहरहरूमा समेत जाने गरेका छन् । छोरी जन्मिँदा खुसी बढाउने चाहना छ : हिरा केवट राहुल, अध्यक्ष हाम्रो समाजमा छोरी जन्मेपछि संरक्षण गर्न, हुर्काउन र विवाह गर्न गाह्रो हुन्छ भन्ने मानसिकता छ ।

त्यसैले, पनि छोरीभन्दा छोरा जन्माउने चाहना बढी पाइन्छ । यही कारणले गर्भ जाँच गर्ने र लिंग पहिचान गरी छोरी भए तत्काल गर्भपतन गर्ने क्रम बढ्दो छ । अहिले समाजमा छोराको संख्या बढ्दो छ, यसको असर पछि देखिन्छ । छोरा–छोरीको सन्तुलन मिलाउन नसके समाजमा द्वन्द्व बढ्न सक्छ ।छोरीप्रति राम्रो धारणा बनोस्, छोरी हुर्काउन अभिभावक खुसी बनून तथा पहिचानका आधारमा गर्भपतन नहोस् भनेर नै यस्तो निर्णय भएको हो । बालिका संरक्षण विमा कार्यक्रमका लागि यस वर्ष १ करोड २१ लाख बजेट छुट्याइएको छ ।

यस गाउँपालिकामा करिब ६ सय बालिका प्रत्येक वर्ष जन्मिने अनुमान गरेका छाैँ । तर, ६ सय पुग्ने देखिएको छैन । अब बैंक छनौट भएपछि कार्यक्रम कार्यान्वयनमा जान्छ । २० वर्ष नपुग्दै बिहे गरे रकम नपाउने बालिका २० वर्षकी भएपछि मात्रै मुद्दती खातामा जम्मा भएको रकम चलाउन पाउने व्यवस्था गरिँदै छ । त्यसअघि विवाह गरे सो रकम गाउँपालिकाको खातामा जाने व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । यसले बालविवाह रोक्ने अपेक्षा छ ।

हेर्नुहोस यस्तो छ तातोपानी कुण्ड,यसरी निस्किन्छ पानी,यसरी जान सकिन्छ l स्थलगतरुपमा तयार पारिएको रिपोर्ट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger