Latest Updates :

स्कुलले शैक्षिक भ्रमणका लागि वृद्धाश्रम लैजाँदा नातिनीले हजुरआमालाई देखेपछि…

SHARE THIS POST :
भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ ।

वृद्धाश्रम
सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कुले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ ।

उक्त तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई वृद्धाश्रम टुरको आयोजना गरेको थियो । टुरका बेला एक विद्यार्थीले आफ्नो हजुरआमालाई देखिन् ।’

वास्तवमा ती बालिकाले हजुरआमाको बारेमा आफ्नो आमा–बाबुसँग सोद्धा आफन्तकोमा गएको कुरा बताइएको थियो ।

जब ती बालिकाले आफ्नो हजुरआमालाई वृद्धाश्रममा देख्छिन् उनी हजुरआमासँग निक्कै रोएकी थिइन् । बीबीसीका अनुसार यो तस्बिर भारतको गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले सन् २००७ सलामा खिचेका हुन् ।

बीबीसीलाई भचेचले यो तस्बिरको बारेमा विस्तृतमा यसरी बताएका छन् ।

‘१२ सेप्टेम्बर २००७ सालको कुरा हो । मेरो जन्मदिन भन्दा एकदिन पहिलेको कुरा हो । म बिहानै नौ बजेतिर घरबाट निस्किएको थिएँ ।

घरबाट निस्किएको केहीबेरपछि मेरो मोबाइलमा अहमदाबादस्थित मणिनगरको जीएनसी स्कुलकी प्रिन्सिपल रीटा बहन पन्ड्याको फोन आयो ।

उनले स्कुलका बच्चीहरुलाई वृद्धाश्रममा घुमाउन लैजान लागेको कुरा जानकारी गराइन् । म पनि त्यहाँ जान तयार भएँ । र म पनि त्यहीबेला मणिलाल गान्धी वृद्धाश्रम पुगेँ ।

त्यहाँ एकतर्फ बच्चीहरु बसेका थिए भने अर्कोतर्फ केही वृद्धा महिलाहरु बसेका थिए । मैले बच्चीहरु र वृद्धा महिलाहरुलाई सँगै बस्न आग्रह गरेँ ताकि मलाई तस्बिर लिन सजिलो होस् ।

मेरो आग्रह मान्दै उनीहरु जब सँगै बस्न तयार भए तब एक बच्चीले एक वृद्धा महिलालाई हेरीन्, उनी धुरु धरु रुन लागिन् ।

अचम्मको कुरा के थियो भने सँगै बसेकी ती वृद्धा महिला पनि ती बच्चीलाई देखेर रुन लागीन् । ती बच्ची दौडिएर गइन् र ती वृद्ध महिलालाई अंगालो हालेर रुन थालिन् ।

मैलै त्यहिबेला यो तस्बिर आफ्नो क्यामरामा कैद गरेँ । र पछि गएर ती महिलालाई सोधेँ रुँदै उनले जवाफ दिइन्, उनीहरु नातीनी हजुरआमा थिए ।

बच्चीले पनि भनिन् ती वृद्धा महिला उनको हजुरआमा हुन् । हजुरआमाविना उनलाई निक्कै सुन्य भएको थियो, बच्चीले भनिन्, ।

उनले आफ्नो बाबुलाई हजुरआमाको बारेमा सोद्धा आफन्तलाई भेट्न गएको बताएका थिए । तर जब उनी वृद्धाश्रम पुगिन् त्यहाँ हजुरआमालाई देखेपछि वास्तविक कुरा थाहापाइन् ।

हजुरआमा र नातिनीबीचको भेट देखेर सँगै बसेका अरु मानिसहरुको पनि आँखा निक्कै रसाएका थिए । यो तस्बिर भोलिपल्ट दिव्य भास्कर अखबारको पहिलो पन्नामा छापिएको थियो ।

त्यतिबेला यस तस्बिरलाई लिएर निक्कै चर्चा शुरु भएको थियो । यो तस्बिरले धेरै मानिसहरुको मुटु हल्लाई दिएको थियो ।’

फोटो पत्रकार भचेचले भने, ‘मेरो तीस वर्षीय करियरमा पहिलो चोटी यस्तो कि यो तस्बिर छापिएको दिन मलाई एक हजारभन्दा बढी मानिसले मलाई फोन गरे ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger