तर उनको योजना सफल भएन । विमानलाई खेतमै अवतरण गराउनु पर्यो ।जुम्लाकालागि उडेको काष्टमण्डप एयरको नाइन एन एजेवी विमान आकश्मिक अवतरणका क्रममा दुर्घटनामा परेपछि विमान चालक र सहचालकको निधन भएको छ भने अन्य ९ जना यात्रु घाइते भएका छन् ।आकश्मिक अवतरणका क्रममा विमान खेतमै खस्न पुगेको स्थानीयबासीले बताएका छन् । विमानले ठूलो आवाज गर्दै आएर खेतमै अवतरण गरेको र जोडसँग भुइँमा बझारिएको उनीहरुको भनाइ छ । विमान बझारिएपछि यात्रुहरु फुटेको शिशाबाट बाहिर आएको आफूहरुले देखेको समेत उनीहरुले बताएका छन् ।विमान दुर्घटनामा चालक दिनेश न्यौपाने र सहचलक सन्तोष रानाको ज्यान गएको छ ।दिनेश र सन्तोषः आफू मरेर अरुलाई बचाएविमानमा समस्या आएपछि चालक दिनेश न्यौपानेले विमानलाई कालिकोट विमानस्थलमा आकश्मिक अवतरण गराउन चाहेका थिए । तर उनको योजना सफल भएन । विमानलाई खेतमै अवतरण गराउनु पर्यो यात्रुलाई बचाउन सन्तोषले अन्तिम सम्म पनि प्रयास गरेको घटनाक्रमले
देखाएको छ । चालक र सहचालकले आफ्नो बलिदान गरेर पनि यात्रुहरुलाई भने सुरक्षित राखेको देखिएको छ। उनीहरुको समयमै उद्दार नहुँदा ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् ।पाइलट दिनेशको ककपिटमा छोपिएको शव देखिने दृष्य सार्वजनिक भएको छ । कालिकोटका कमल शाहीले सार्वजनिक गरेको यो दृष्य यतिबेला सामाजिक सञ्जलमा भाइरल बनेको छ ।विमान बझारिएपछि पनि पाइलट ककपिटमै रहेको दृष्यबाट देख्न सकिन्छ । उनले अन्तिम सम्म पनि आफू मरेर भएपनि यात्रुहरुलाई बचाउने बताएको समेत बाँचेका यात्रुहरुले बताएका छन्घाइतेको उद्धारका लागि पोखराबाट एयर डाइनेष्टिको हेलिकोप्टर गइसकेको र काठमाडौबाट पनि हेलिकोप्टर पठाइएको छ । घटनास्थलमा कालीकोटबाट डिएसपी किसनसिंह बुढाले नेतृत्वको टोली तथा नेपाली सेनाको टोलीपनि परिचालन गरिएको छ ।दुर्घटनाबारे स्थानीयको भनाइ- विमान खेतमै झर्योकाष्टमण्डप एयरको विमानमा रहेकाहरुको विवरदुर्घटनामा परेको काष्टमण्डप एयरको नाइन एन जेवी जहाजमा चालक क्याप्टेन दिनेश न्यौपाने को पाइलट सन्तोष रानाको चालक दल थियो भने यात्रुहरुमा शोनाली भट्टचन, लक्ष्मी सुनार, मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री रहेको बताइएको छ ।
Post a Comment