बीरेन्द्रनगर नगरपालिका–१२ बस्दै आएकी बिसी शनिवार बिरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना प्रहरी चोकीले चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने क्रममा पक्राउ परेकी हुन् । प्रहरीले उनको साथबाट सेतो कागजमा पोको पारेको अवस्थामा २ ग्राम ६१० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पवित्रा र उनको श्रीमान समेत लागू औषध कारोबारी भएको खुल्न आएको छ । एसपी रजौरेका अनुसार पवित्राको श्रीमान पनि लागूऔषध कारोबार मुद्धामा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा छन् ।
ब्राउन सुगरको कारोबारमा संलग्नहरुलाई ५ बर्षदेखी १० बर्षसम्म जेल सजाय हुने कानुनी ब्यवस्था रहेको छ । पवित्राबारे लागूऔषध मुद्धामा म्याद लिएर अनुसन्धान भइरहेको बताईएको छ ।
Post a Comment