तनहुँको भानु नगरपालिका वडा नं ९ काउरेटारमा भएको घटनामा प्रहरीले संलग्न रहेका ३ जनालाई २ महिनापछि मात्रै पक्राउ गरेको हो।
गत मङ्सिर १२ गते राती कुटपिट गरी चिरपट दाउरा प्रहार गरेर नाम्लोले घाटीमा कसेर इनारमा फालेको पुष्टी भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी २ स्थायी घर भई हाल भानु ९ काउरेटार बस्दै आएकी राजुकी दिदी २८ वर्षीया मन कुमारी विक, ३५ वर्षीया मन माया विक, हाल सोही स्थान बस्ने लमजुङ दोर्दी ३ लामागाउँका बर्ष २४ वर्षीय आयुष विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
गत माघ २१ गरे सोमबार भानुको काउरेटारमा राम प्रसाद हड्खलेको बारीमा सिंञ्चाईको लागि खनेको ईनार भित्र पुरुष ब्यक्तिको लास सडीगली दुर्घन्धित अबस्थामा फेला परेको थियो।
Post a Comment