Latest Updates :

कपिलवस्तुमा घट्यो अर्को डरलाग्दो घटना मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोला

SHARE THIS POST :
कपिलवस्तु-साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प ४४८२ नंको मोटरसाइकललाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ वसन्तपुरका ४० वर्षीय चिपनारायण थारूको मृत्यु भएको हो ।बसको ठक्करबाट गम्भीर घाइते भएका थारूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राती मृत्यु भएको इलाका प्रहरीले जानकारी दिनुभयो ।

मृतक थारू जिल्ला नापी कार्यालयमा कार्यरत कर्मचारी रहेको बताइएको छ । ठक्कर दिने चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ जितगढीमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका ६ का ३५ वर्षीय अल्लाहा ओदिन सेन मन्सुरी रहेकाे प्रहरीले बताएकाे छ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २२ वर्षीय गोलु मुसलवानको भने लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार आज बिहान सवा ५ बजे लु१ख ७०६६ नम्बरको बसमा लु१९प ८१० नम्बरको मोटरसाइकल ठोकिएको थियो ।बर्दिया । तीन जना सवार मोटरसाइकल दुर्घटनामा घाइते भएका मधुवन नगरपालिका–२ का २० वर्षीय मंगलराम थारुको मृत्यु भएको छ । गएराती करिब साढे ११ बजे ठाकुरबाबा नगरपालिकाबाट मधुवन जाने क्रममा दुर्घटनामा परेका मोटरसाइकल चालक थारुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ ।मोटरसाइकल पछाडि बसेका मधुवन नगरपालिकाका अर्जुन थारु र सुदन थारु उपचारपछि घर फर्किसकेका छन् । मृतक मंगलराम घटनामा घाइते भएका अर्जुन थारुका भाई रहेको प्रहरी सहायक निरिक्षक भुपेन्द्र लुंगेलीले बताउनु भयो । ठाकुरबाबा नगरपालिकाको बन्तरीयामा मंगलबार राती मोटरसाइकल दुर्घटना भएको थियो ।मोटरसाइकल पछाडि बसेका मधुवन नगरपालिकाका अर्जुन थारु र सुदन थारु उपचारपछि घर फर्किसकेका छन् । मृतक मंगलराम घटनामा घाइते भएका अर्जुन थारुका भाई रहेको प्रहरी सहायक निरिक्षक भुपेन्द्र लुंगेलीले बताउनु भयो । ठाकुरबाबा नगरपालिकाको बन्तरीयामा मंगलबार राती मोटरसाइकल दुर्घटना भएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger