Latest Updates :

बाँच्न कै लागि बर्षौदेखी अरुको बच्चा जन्माइदिने रिताको कहालीलाग्दो कथा(हेर्नुहोस भिडियो)

SHARE THIS POST :
एकैचोटी सफल को नै हुन्छ र ! हिड्ने मान्छे लड़िहाल्छ नि। लडेपछि त उठ्न जानिन्छ अनि सफल भइन्छ। यहिँ भनाईलाई अंगाल्दै भक्तपुरको मानव समाज कल्याण जो बिगतको केहि वर्ष देखि वेवारिसे र मनारोगी सडक मानवको उद्दार, उपचार र पुनर्स्थापनामा निरन्तर लागिरहेको छ यहिँ संस्थाको सहकार्यमा हामी पिएनपि मिडियाले रातिको समयमा सडकमानवको सेवामा जुटेको थियो।

त्यो रात हामीले भद्रकाली मन्दिरको पाटीमा कल्पना समेत नगरेको दर्दनाक पिडा देख्यौ। मलिन अनुहारमा लुकेको अश्रुधारा देख्यौ। विवश, लाचार अनि बाध्यताले बाचेको जीवन देख्यौ। नियाल्ने हो भने त सडकमानवको कथा सबैको बराबरी पीडाले भरिएको छ। त्यो भन्दा पनि अझ पीडादायी कथा हामीले त्यो रात मन्दिरकै पाटीमा निदाइरहेकि रिता नाम गरेकी ति महिलाको आखामा प्रष्ट देख्यौ। उनी कति दुख खेपेर त्यो पाटीमा बसिरहेकी छिन् भनेर उनको अनुहारले नै बताइरहेको थियो।

चिसो भुइमा न न्यानो ओछ्यान न तातो ओढ्ने जस्तो भए पनि उनी निदाईरहेकी नै थिइन्। पैसा ले निद्रा किन्न सकिदैन भनेर सायद यसैले भनिएको रहेछ क्यारे। आलिशान बंगलामा बस्ने विलासी जीवन बिताउने व्यक्ति बरु त्यति मत निदाउन सक्दैन होला जति ति महिला सन्तुष्टका साथ् निदाइरहेकि थिइन्। हुन त उनको जीवनमा पिडा नै पिडा छ। त्यो उनी चाहेर पनि कसैलाई व्यक्त गर्न सक्दिनन्। यस्तै पीडाले होला उनी कोहिसँग खुलेर पनि बोल्न चहदिनन्। त्यो रात पनि उनी निक्कै बेर बिस्ताराबाट उठ्दै उठिनन्। धेरै लामो समय फकाए पछि बल्ल उनी उठिन्।

खासमा उनी आश्रममा लग्छन् भनेर नउठेकी रहेछिन्। उनलाई त्यहि पाटि नै प्यारो लाग्ने रहेछ। पैसा दिन आएको आज त हामि कहाँ लान्छौ र उठ्नुस त भने पछि बल्ल उनी मलाई यहिँ ठिक छ के म जान्न भन्दै उठिन्। जाडो महिनामा न्यान्यो होस् भनेर उनीहरुकै लागि लगिएको चिया समेत उनले खान अस्विकार गरिन्। कारण एकमात्र थियो। चिया खाए पछि आश्रममा लग्छन् भनेर उनले चिया खान नमानेकी रहेछिन्।
उनी उठेपछि हामीले उनीसँग कुराकानी सुरु गर्यौ। मैले थापाथलीमा पाएको छोरा भर्खर २/३ महिनाको भएको थियो एउटा केटीले लगिदीइ भन्दै गुनासो पोखिन्। बुझ्दै जाँदा उनले बिना श्रीमान सन्तान जन्माउने रहेछिन्। यो भन्दा अघि पनि उनले तिन छोरा अरुलाई दिसकेकी रहेछिन। सडकमा नै बस्ने क्रममा उनले कसको बच्चा जन्माउछिन् त्यो स्वयम उनलाई नै थाह छैन। कसको बच्चा जन्माउनु भयो? तपाइको श्रीमान खै त ? भनेर प्रश्न गर्दा फेरी श्रीमानको कुरा गर्यो अर्काको भुडी बोकेर पाएको बच्चा उनले सबैको श्रीमान कहाँ हुन्छ रिस नउठाउ है म चिया नि खान्न भन्दै चिया नै पोखिदीइन्।

उनी आफैले बच्चा जन्माउदै बेच्दै गरेको भनेर चाही उनी अस्विकार गर्छिन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger