Latest Updates :

ससुराले बलात्कार गरे पछी २० वर्षे राधाले गरिन् आत्महत्या

SHARE THIS POST :
भारतको मध्यप्रदेशमा एउटा गाउँको नाम हो बाजारिया । त्यहाँ २० वर्षकी राधा (परिवर्तित नाम) को विवेक (परिवर्तित नाम) सँग विवाह भयो । विवाह लगत्तै उनका ससुराले उनको यौन शोषण गर्न सुरु गरेका थ्एि । तर उनी चुप बसिन् । एक दिन राधालाई घरमा एक्लो देखेर ससुराले उनको बलात्कार गरे । राधाले यसबारे सासु र श्रीमानलाई बताइन् । मद्दत पाउनुको साटो यी दुईले उल्टै राधालाई नै तथानाम गाली गरे । उनकी सासुले यसबारे कसैलाई भने नतिजा भयानक हुने चेतावनी दिइन् । यता श्रीमान् विवेकले यदि राधा उक्त घरमा बस्ने हो भने उनले यो सब सहनु पर्ने बताए ।

घरका कसैले पनि आफ्नो कुरा नबुझेपछि राधाले माइतीलाई यसबारे भनिन् । जब राधाले फोनमा यसबारे आफ्नी आमासँग कुरा गरिन् तब उनका श्रीमानले सबै सुने । त्यसपछि विवेकले राधालाई यातना दिन सुरु गरे । विवेकले राधाको फोन फुटाइदिए र उनलाई निकै कुटे । राधा त्यसपछि आफ्नो माइती गइन् । उनी यति विक्षिप्त भइसकेकी थिइन् कि उनले पंखामा झुण्डिएर आत्महत्या गरिन् ।

आत्महत्या गर्नुअघि राधाले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । तर उनले राधाको कुरा सुनेनन् । आत्महत्या गर्न चाहेको हो भने गर्न सक्छौ भनेर फोन काटिदिए ।

राधा नरसिंहपुरमा थिइन् । उनको मृत्युपछि उनका आमा–बुवाको बयान लिइयो । उनका ससुरामाथि बलात्कारको मुद्दा दर्ता भयो ?
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger