स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आधा जलेको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो ।
आधा जलेको अवस्थामा शव फेला परेपछि बालिकालाई बलात्कार गरी जिउँदै अथवा हत्या गरेर जलाएको हुन सक्ने स्थानीय बासिन्दाको आशंका छ । तर प्रहरीले हत्या भएपनि के, कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने बताएको छ ।
‘बालिकाको हत्या भएकै जस्तो देखिन्छ । शवको पोष्टमार्टमले बालिकालाई जिउँदै जलाएको हो अथवा हत्या गरेर जलाएको हो भन्ने कुरा प्रष्ट हुन्छ’ प्रहरी निरीक्षक राईले भन्नुभयो -‘किन, कसले, कसरी हत्या गरेको छ भन्ने कुरा पत्ता लगाउन हामी गरिरहेका छौं ।”
कंचनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाले सिंगो देश नै आतंकित रहेकाबेला धनुषाट यस्तो खबर आएको हो ।
Post a Comment