Latest Updates :

फेरी अर्को दुखद खबर – युवतीको बलात्कार पछी हत्या

SHARE THIS POST :
 कैलाली राजीपुर नजिकैकाे जङ्गलमा एक युवतिको शब फेला परेको छ।मृतक युवती स्थानिय ललित साऊँदकि छाेरी शाेपा साऊँद भएको र लाशको प्रकृति हेर्दा शरिरको विभिन्न ठाउमा निलडाम देखिएकाले कसैले बलात्कार गरेर हत्यागरेको र फ्याकेको हुनसक्ने स्थानियले आशंका गरेका छन। यस घटनाको छानबिन प्रक्रिया अब सुरु हुने प्रहरीले जनाएको छ।

यो पनि पद्नुहोस

विराटनगर– आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै एक युवकले डेटिङमा बोलाएर बिभत्स तरिकाले प्रेमिकाको हत्या गरेका छन्।

मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा स्थानीउ ३० वर्षिय दिनेश भट्टराईले २३ बर्षीया सिता घिमिरेको हत्या गरेका हुन्। चक्कुले हानेर उनले प्रेमिकाको हत्या गरेका हुन्। हत्यापछि भाग्ने क्रममा गाउँलेले उनलाई पक्राउ गरेका छन्।

प्रहरीका अनुसार शुक्रबार विहान दुवै जना को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए। भट्टराई हत्याकै योजनाका साथ छुरा बोकेर डेटिङमा गएका थिए। एकान्त ठाउँमा लगेर उनले अन्धाधुन्द रुपमा प्रेमिकामाथि छुरा प्रहार गरेका थिए।

भाग्न खोज्ने क्रममा स्थानीयलाई समेत उनले छुरा हानेर तर्साउने प्रयास गरेका थिए।

सीताको अष्ट्रेलियाको भिसा लागिसकेको थियो। उनलाई अष्ट्रेलिया नजान भट्टराईले दबाब दिदै आएका थिए।

आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेकाले आफूले हत्या गरेको पक्राउ परेका युवकले बताएका छन्। उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको मोरङका एसपी मनोज केसीले बताए।
शुक्रबारदेखि लागू भएको मुलुक अपराध संहिताअनुसार यसरी क्रुर तरिकाले हत्या गरेको घटनामा जन्मकैद जेल सजाय हुनसक्छ। जसमा जीवनभर उनी जेल बस्नुपर्ने सजाय हुनसक्छ।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger