महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ । यसरी औषधि पाउन थालिएको बर्षौ वितेको छ । तर धेरैलाई जानकारी छैन । धेरै औषधि सेवनकर्तालाई यो जानकारी होस् भनेर नै यो सामाग्री तयार पारेको हो । यसलाई अधिकतम सेयर गरिदिनुहोला ।
यहाँ डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको औषधिमा यो छुट पाइन्छ, त्योपनि वर्षौँदेखि । औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन । यहाँ न उपभोक्ताले छुट माग्छन् न त औषधि पसलेले नै घटाउँछन् । नमागीकनै औषधिमा ५० र र केही सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट पाइन्छ । यो खबर पढेपछि सेयर गरिदिनुहोला । अरु पसलमा जाँदा समेत औषधिमा लेखिएको मुल्य भन्दा छुट पाईन्छ त भनेर जहाँपनि छुट माग्नुहोला ।
Post a Comment