त्यही पैसा चोर्ने विषयबाट शुरु भएको घटना यौन सम्बन्ध देखि हत्या सम्म भएको खुल्न आएको छ । टोली घटनास्थलमा खटी घटनास्थल सुक्ष्म रुपले अनुसन्धान गरी मृतक लाशको प्रकृति हेर्दा कसैले मारेको जस्तो देखिएकाले संकास्पद देखिएका ब्यक्तिहरु सँग सोधपुछ तथा कुकुर सहितको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जादा छिमेकी बर्ष १९ का बच्चु भन्ने राजु भनेर चिनीने बिर बहादुर बस्नेतलाई भोलीपल्ट २६ गते प्रक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयो ।
प्रहरी समक्ष हत्या आरोपी बिर बहादुरले डोरिले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् । पैसा चोर्न केवलीको घरमा पुगेका बिर बहादुरले एक हातले चक्कु र अर्को हातले केवलीको घाँटी समातेर पैसा देउ भनी आग्रह गरेका थिए । केवलीले म संग पैसा छैन छिमेकी राम बहादुर ओलीको घरमा राख्न दिएकी छु भनिन् ।बिर बहादुरले प्रहरी संगको बयानमा अगाडी भने, ‘त्यसपछि उनले मेरो हातको चक्कु खोसेर आफ्नो विस्तारामुनि राखिन् । यस्तो किन गर्छस् भोलि दिउला तलाइ पैसा भनेर सम्झाइन् ।’ केवलीले बिर बहादुरलाइ आज यतै सुत समेत भनिन् । ज्यान जोगाउनका लागी उनले अनेक उपाय खोजिन् । घाट मुनी रहेको रक्सी समेत पैसा चोर्न आएको बिर बहादुरलाइ खुवाइन् । र आफुले पनि संगै खाइन् ।
ज्यान लिन आँटेको बिर बहादुरसंग केवलीले दुई पटक यौन सम्पर्क समेत गर्नुपर्यो । ‘त्यसपछि खाट मुनिबाट निकालेको आधा बोतल रक्सी खाएर हामी संगै सुत्यौँ,’ बिर बहादुरले भने । सुतेको बेला राती कोठामा रहेको खोपाबाट ढुंगा खसेर भुइमा रहेको टिनमा लागेको र उक्त ढुंगा केवलीले ब्लायंकेट मुनी राखेर विस्तारामा पल्टेको प्रहरीसंगको बयानमा हत्या आरोपी बिर बहादुरले बताएका छन् ।केवलीको छोरा कमाइका लागी भारतमा रहेकाले यो कुरा छोरालाइ केवलीले भनेमा उसले आफुलाइ कुटपीट गर्छ भन्ने सोँची हत्या गरेको उनले बयान दिएका छन् । बिर बहादुरले बयानमा भनेका छन्, ‘केवली नेपालीलाई भित्तामा झुण्ड्याएको कालो डोरीको टुक्रा काटी सोही डोरीले घाँटीमा केही बेर अड्याई राखे पछी उनी भुईमा उत्तानो परिन । घ्याक घ्याक गर्दै थिईन । मैले चक्कुले एकपटक घाँटी रेटी मारेको हुं ।’
Post a Comment