Latest Updates :

साथीको शर्तले गयो ज्यान, युवकले किरा जिउँदै खाए, त्यसले भित्र युवकलाई खायो

SHARE THIS POST :
साथीसँग राखेको एक शर्तको चक्करमा अस्ट्रेलियाका रग्बी प्लेयर भइसकेका सैम ब्यालार्डको गत शुक्रबार निधन भयो। सैम २८ वर्षका थिए सैम जब १९ वर्षका थिए तब उनले साथीहरुसँग एक पार्टीमा मदिरा सेवन गरे। यो क्रममा उनले एउटा चिप्ले किरा देखे।

उक्त किरा देख्ने वित्तिकै सैमले साथीहरुसँग ठट्टा गर्दै भने–के मैले त्यो किरा खानुपर्छ?’ र साथीहरुले शर्त लगाउँदै उनलाई त्यो किरा खान नसक्ने बताए। साथीहरुले आफूलाई किरा खान नसक्ने बताएपति सैमले उक्त चिप्लेकिरालाई जिउँदै खाए।

२०१० मा सैमले जिउँदो चिप्ले किरा खाएका थिए। त्यसको केही समयपछि उनको आधा शरीर प्यारालाइसिस भयो। उनलाई अस्पतालमा भर्ना गरियो। तर डाक्टरले उनको परिवारलाई नराम्रो समाचार सुनाए। डाक्टरका अनुसार सैमले जुन चिप्ले किरालाई खाएका थिए, उक्त किरोको पेटभित्र लंगवाम नामक भाइरस थियो।

उक्त भाइरसले सैमका भित्री अंगमा क्षति पुर्याउन थाल्यो। डाक्टरका अनुसार यो भाइरस फोहोरी किरा वा मुसाको दिसामा पाइन्छ। किनभने चिप्ले किराले मुसाको मल पनि खान्छ। यही कारण यो भाइरस चिप्ले किरामा पाइन्छ।

उक्त भाइरसका कारण सैमको दिमागका नराम्रो असर पर्यो। जब उनी कोमाबाट बाहिर आए तब उनको पूरै शरीरमा प्यारालाइसिस भइसकेको थियो। सैमकी आमालाई आफ्नो छोरा पहिलाकै जस्तो अवस्थामा फर्किने आशा थियो तर दिमागमा इन्फेक्शन भएपछि सैम ठिक हुने हुने संभावना सकियो।

करिव आठ वर्षसम्म सैमका परिवारले उनको सेवा गरे। उनका साथीले पनि उनको उपचारकालागि धेरै ठाउँबाट पैसा जम्मा गरे। तर सैमलाई बचाउन भने सकिएन।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger