Latest Updates :

च्यालेन्जपछि महिला रेस्लरले यसरी पछारिइन राखी सावंतलाई, अस्पताल भर्ना

SHARE THIS POST :

च्यालेन्जपछि महिला रेस्लरले यसरी पछारिइन राखी सावंतलाई, अस्पताल भर्ना
बलिउड अभिनेत्री राखी सावंत रेस्लरसँग च्यालेन्ज गर्न खोज्दा घाइते भएकी छिन्। घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राखी भारतको पंचकुलास्थिर ताऊ देवीलाल स्टेडियममा आयोजना भएको सीडब्ल्युई (केन्टिनेन्टल रेसलिङ इन्टरटेनमेन्ट) रेसलिङ कार्यक्रममा घाइते भएकी हुन्। महिला रेसलर रोबेलले राखीलाई काँधमा उठाएर भुइँमा फ्याकेकी थिइन्। जसका कारण उनी घाइते भइन्।

एक दिवसिय सीडब्ल्युई च्याम्पियन प्रतियोगितामा भाग लिनका लागि अन्तर्राष्ट्रिय रेसलिङ खेलाडी द ग्रेट खलीलगायत कयौँ ठूला रेसलर त्यहाँ पुगेका थिए। च्याम्पियनका क्रममा जब महिला रेसलर रोबेल रिंगमा पुगेर पंचकुलाका महिलालाई आपूसँग सामना गर्नका लागि च्यालेन्ज गरिन्। त्यहाँका कुनै महिलाले पनि उक्त च्यालेन्ज स्वीकार गर्न सकेनन्। तर राखी सावंतले उक्त च्यालेन्ज स्वीकार गरिन्।

राखीले रोबेलसँग पहिलो आफ्नो च्यालेन्ज पुरा गर्ने सर्त राखिन्। राखिले रोबलका सामु डान्स च्यालेन्ज राखेकी थिइन्। च्यालेन्जका अनुसार रोबेलले एक गीतमा डान्स गरिन् तर जब गीत सकियो तब उनले राखीलाई आफ्नो काँधमा राखेर जोडले भुइँमा फ्याकिदिइन्। जसबाट राखिलाई चोट लाग्यो र उनलाई अस्पतालमा भर्ना नै गर्नु पर्यो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger