Latest Updates :

श्रीमती घरमा राखेर कमाउन मलेसिया गएका श्रीमानले उतै घरजम गरेपछि

SHARE THIS POST :
श्रीमानले मलेसियामा दोस्रो विवाह गरेपछि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय अरहुलिया महतो बिच्चलीमा परेकी छिन् ।

झण्डै १५ वर्षदेखि मलेसियामा रहँदै आएका ३८ वर्षीया श्रीमान किसुनलाल महतो उतै इन्डोनेसियन युवतीसँग बिहे गरेपछि अरहुलिया थप चिन्तमा डुबकी छिन् । झण्डै १७ वर्षअघि समाजिक परम्परा अनुसार कर्जन्हा नगरपालिका वडा नम्बर ६ बेतहाका अरहुलिया र सोही नगरपालिका वडा नम्बर ११ बगहाका किसुनलाल महतोबीच विवाह भएको थियो ।

विवाहको २ वर्षपछि किसुनलाल विदेसिएका थिए । फर्केर आउने आशामा रहेको बेला श्रीमानले विदेशमै दोस्रो बिहे गरेको खबर सुनेपछि अरहुलियाको जीवन बिचल्लीमा परेको हो ।

‘बिहेको २ वर्षपछि श्रीमान मलेसिया गए, मलेसिया गएको २/३ वर्षसम्म केही पैसा पनि पठाए, त्यसपछि पैसा पठाउन छाडे, फोन पनि गर्दैनन्, विदेश गएको १५ वर्ष भइसकेको छ, खान बस्न समेत समस्या भएपछि अहिले माइतीमा बस्दै आएको छु’, आरहुलियाले भन्नुभयो, ‘मेरा बालबच्चा पनि छैनन्, नागरिकता पनि छैन्, नागरिकताको सिफारिसका लागि महिनौदेखि भौतारिँदा पनि कोहीले बनाई दिएनन्, वडा अध्यक्षले सिफारिस दिएनन्, तपाईँ अधिकारकर्मी, समाजसेवी, पत्रकारहरु सहयोग गरिदिनुस्, नागरिकता भएपछि कुनै रोजीरोटी गरेर जीवनयापन गर्छु ।’

बहिनीले जीवन सुखीसँग बिताउँछिन् भन्ने विश्वासले बिहे गर्दा पनि अहिले दुःखमा परेको देखेर पछताउनु परेको अरहुलियाका दाजु राजकुमार महतोले बताउनुभयो । ‘उसको श्रीमान विदेशमा अर्को बिहे गरेको छ, पैसा पनि पठाउँदैन, सासूससुराको मृत्यु भइसकेको छ, केही जग्गा जमिन भए पनि उसकोे दाजुभाईहरुले दिन चाहँदैन, नागरिकता पनि बनाई दिँदैन’, अरहुलियाका दाजुले भन्नुभयो, ‘मैले जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलमा पनि निवेदन दिएको थिएँ, तर त्यहाँ पनि केही भएन, श्रीमान विदेशमा भएपछि हामीले केही गर्न सक्दैनौं भन्यो ।’

यस विषयमा समाजिक अभियन्ता तथा समाजसेवी सरोज रायको जानकारी भएपछि उहाँले कार्तिक १६ गते अरहुलियाको घरमै पुगी घटनाको बारेमा जानकारी लिनुभएको छ । अरहुलियाको नागरिकताको लागि आफूले पहल सुरु गरिसकेको अभियान्ता रायले बताउनुभयो ।

अरहुलियालाई वडा अध्यक्ष कपील यादवले नागरिकताको लागि सिफारिस दिन नमानेको अभियन्ता रायले बताउनुभयो । यस विषयमा कर्जन्हाका मेयर गंगा पासमानसँग बुझ्दा उहाँले नागरिकताको लागि सहयोग गर्ने बताउनुभयो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger