Latest Updates :

उदाए अर्का कुलमान: पौडेल जसले उदयपुर सिमेन्टलार्इ युटर्न गरे, डुबेको उद्योग २५ करोड नाफामा

SHARE THIS POST :

२०७१ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकबाट उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा सुरेन्द्रकुमार पौडेल नियुक्त भए। महाप्रवन्धकको कमान सम्हाल्नुअघि उनले उद्योगको बारेमा अध्ययन थालिसकेका थिए।निजी उद्योगले सिमेन्ट प्लान्ट लगाएको केही वर्षमै ऋण तिरेर नाफा कमाउने तर सरकारी उद्योग भने वर्षौसम्म पनि क्षमता अनुसार चल्न नसक्ने किन?नियुक्तीको रमाना लिएर उनी सिमेन्ट उद्योगमा पुगे। २०४९ सालमा साढे ६ अर्ब रुपैयाँ खर्चिएर उद्योग स्थापना गरिएको थियो। उद्योग पुगेपछि थाहा पाए, आफू बस्ने क्वाटरनै त्यो बेला सवा करोड लगाएर निर्माण गरिएको रहेछ।चुनढुंगा ल्याउन बनाइएको रोपवेमा डेढ अर्ब लगानी। यति धेरै लगानीमा निर्माण भएको सिमेन्ट उद्योगबाट क्षमता अनुसार उत्पादन भने छैन। उनले सुरुवात थाले- क्षमता अनुसार उद्योग चलाउन। उत्पा दित सिमेन्ट बजारमा पुर्याउने योजना बनाए।उद्योग पुग्दा भने सबै कर्मचारी ‘होपलेस’ थिए। तात्कालिन उद्योगमन्त्री महेश बस्नेतले विश्वास गरेर पौडेललार्इ त्यहाँ पठाएका थिए।

पेसाले चार्टर्ड एकाउन्टेन्ट पौडेलकालागि सरकारी अनुभव कम थियो। उनी सन् २००१ देखि २००६ सम्म तिलगंगा आँखा अस्पताल काठमाडौंमा लेखा तथा प्रशासन विभागमा काम गरेका थिए। त्यसपछि आफैंले सुरेन्द्र पौडेल एण्ड कम्पनी खोलेर काम थालेका थिए।प्रशासनको सामान्य ज्ञान भएका र चार्टर्ड एकाउन्टेन्ट पौडेलका लागि उद्यपुर सिमेन्ट चुनौतीको पहाड थियो।उद्योग पुग्दा सिमेन्ट भर्ने बोरा थिएनन्। तीन दिनलार्इ मात्र पुग्ने कोइला थियो। जम्मा १० दिनलार्इ पुग्ने चुनढुंगा। बाँकी दायित्वको कुरै भएन। २० करोड रुपै याँ तत्कालै तिर्नुपर्ने ऋण थियो। कोइलाको साढे नौ करोड रुपैयाँ तिर्नुपर्ने थियो भने कर्मचारीलार्इ पाँच महिनादेखिको तलब दिनुपर्ने थियो।‘उद्योग पूर्ण क्षमतामा नचलेको मात्रै होइन कर्मचारीको तलबदेखि बोराको ऋणसमेत तिर्न नसकेर अस्तव्यस्त थियो,’ पौडेलले भने, ’कर्मचारीको मनोबल नबढाइ उद्योगको उत्पादन बढाउनसक्ने अवस्था थिएन। उनीहरुलार्इ उत्पादन थालेपछि सिमेन्ट बिक्रीबाट आउने पैसा दिने सहमतिमा काम गराएँ।’

कोइला र बोरा आपूर्ति गर्ने कम्पनीलार्इ पैसा तिर्ने तालिका बनाएर दिए। सप्लायरले बोरा र कोइला आपूर्ति गर्न थाले। भारतीय कन्सल्ट्यान्ट भित्र्याएर उद्योगको ‘रेनोभेसन’ समेत गरे। पूराना केही मेशिनहरु फेरिए।उद्योगबाट उत्पादन सुरु हुन थाल्यो। बजारमा सि मेन्ट पुग्न थालेपछि डिलरहरु पनि उत्साहित भए। माग अनुसार सिमेन्ट पाउन थालेपछि बजारमा उदयपुरको ‘रेपुटेशन’ फेरि स्थापित भयो।पौडेलले सिमेन्ट उत्पादन हुन थालेको एक महिनामै मूल्य बढाउने निर्णय गरे। मूल्य बढेपछि उद्योगको नाफा पनि बढ्यो। पौ डेल आएको दोस्रो महिनादेखि कर्मचारीले तलब पाउन थाले।वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्प उदयपुर सिमेन्टका लागि पुर्नजीवनको माध्यम बन्यो। भूकम्पका कारण हेटौंडा सिमेन्टमा क्षति भएर बन्द भयो तर उदयपुरमा कुनै समस्या देखिएन।

नियुक्तीको रमाना लिएर उनी सिमेन्ट उद्योगमा पुगे। २०४९ सालमा साढे ६ अर्ब रुपैयाँ खर्चिएर उद्योग स्थापना गरिएको थियो। उद्योग पुगेपछि थाहा पाए, आफू बस्ने क्वाटरनै त्यो बेला सवा करोड लगाएर निर्माण गरिएको रहेछ। चुनढुंगा ल्याउन बनाइएको रोपवेमा डेढ अर्ब लगानी। यति धेरै लगानीमा निर्माण भएको सिमेन्ट उद्योगबाट क्षमता अनुसार उत्पादन भने छैन। ‘भूकम्पले हामीलार्इ छोएन। हेटौंडा सिमेन्ट बन्द हुँदा त्यहाँको माग समेत हाम्रो उद्योगतिर सर्यो’ पौडेलले भने, हाम्रो माल उत्पादन हुने वित्तिकै बजारमा हा ताहाती विक्री हुन थाल्यो। उद्योगमा एउटा बोरा पनि राख्नै परेन।‘ पाँच महिनापछि संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले नाकाबन्दी लगायो। नाकाबन्दीपछि धेरै सिमेन्ट उद्योग समस्यामा परे। उद्यपुरले भने आवश्यक कोइला पहिला नै ल्याएको थियो। सिमेन्ट उत्पा दनका लागि आवश्यक चुनढुंगा रोपवेमार्फत आउँथ्यो। सिमेन्ट उत्पादन गर्न र उत्पादित सिमेन्ट बजारसम्म पुर्याउन आवश्यक डिजलको जोहोका लागि पौडेल आफै नेपाल आयल निगम धाए। सरकारी संस्थान भएकाले समेत उनले परल मूल्यमा नै आवश्यक डिजल पाए। उद्योग क्षमता अनुसार चल्यो र उत्पादित सिमेन्ट बजारसम्म सहजै पुग्यो। अरु उद्योगले महँगो मूल्यमा डिजल किनेर उत्पादन गर्नुपर्यो, जसका कारण लागत महँगो पर्यो। उदयपुरका लागि त्यो समस्या भएन। बजारमा उदयपुर सिमेन्टको बजार ह्वात्तै बढ्यो।

भूकम्प र नाकाबन्दीले अर्थतन्त्रको ग्राफ ओरालो लागिरहेका बेला उदयपुरको आर्थिक स्थितीको ग्राफ भने सँधै उकालो। पौडेलले महाप्रवन्धक सम्हालेको तेस्रो वर्ष अर्थात आर्थिक बर्ष २०७४/०७५ मा २ अर्ब १४ करोड रुपैयाँ मूल्य बराबरको सिमेन्ट बिक्री गरेको छ। यो उदयपुर सिमेन्टको इतिहासकै दोस्रो राम्रो उत्पादन हो। २०५१ सालमा जापानी व्यवस्थापनले हेर्दा सबैभन्दा राम्रो भएको थियो। उद्योगले ०६५ सालदेखिको सरकारलार्इ बुझाउनुपर्ने भ्याट वापतको १२ करोड रुपैयाँ गत वर्ष तिरेको छ। पौडेलका अनुसार १ सय २५ जना कर्मचारीलार्इ २५ करोड रुपैयाँ दिएर अवकास दिइएको छ भने उपदान कोषमा १६ करोड रुपैयाँ जम्मा गरिएको छ। गत वर्ष उद्योगले २५ करोड रुपैयाँ मुनाफा हुने अनुमान रहेको पौडेलले बताए।

उद्योगले अहिले नयाँ कर्मचारी नियुक्ती थालेको छ। नयाँ कर्मचारी सबै प्राविधिक तर्फका हुन्। लोकसेवामार्फत ३५ जना कर्मचारी छनौट भइसकेको पौडेलले बताए।‘हामीले पूराना कर्मचारीलार्इ आकर्षक सुविधा दिएर अवकाश दिने र नयाँ ‘यङ इनर्जेटिक’ कर्मचारी नियुक्ती गर्न थालेका छौं’ उनले भने, ’यसले उत्पादकत्व बढाउँछ भन्नेमा विश्वस्त छौं।’उनका अनुसार इन्जिनियर, सव ओभरसियर र फोरम्यान नियुक्तीको चरणमा छ।बजारमा सिमेन्टको माग ह्वात्तै बढेको छ। माग अनुसार सिमेन्ट पुर्याउन सकिएको छैन।‘अबको विकल्प भनेको उद्योगको क्षमता दोब्बर बनाउने नै हो। यसलार्इ दैनिक १६ सय टन पुर्याउनु पर्छ’ उनले भने, ’हामीले २ अर्ब माग गरेर सरकारलार्इ प्रस्ताव पठाइसकेका छौं।‘सरकारले दुर्इ अर्ब दिएमा केही समयभित्रै दोब्बर उत्पादन सुरु हुन्छ।‘हामीसँग राम्रो चुनढुंगा छ। उपभोक्ताले समेत पहिलो प्राथमिकतामा यही सिमेन्टलार्इ राखेका छन्’ उनले भने, हामीसँग आवश्यक भनेको मेशिनरी मात्रै हो। सरकारसँग लिएको ऋण पनि समयमै तिर्न सक्षम छौं।‘

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger