आफ्नै सृष्टिमा कसैलाई काखा कसैलाइ पाखा किन ? जो गरिब छ उसैलाई यस्तो किन ? दिवशकी आमा शिला छोराको यो समस्यालाई लिएर चिन्तित छिन्। दिनरात उनको मनमा एउटै कुरा खेल्छ, मेरो छोराको यो बिमारी कहिले निको होला । शिलाको श्रीमान भारतमा छन् । छोराको उपचारको लागि पैसा कमाउन अनि परिवारको सुन्दर भविष्यको लागि बिदेशिनु पर्यो ।अवोध र निश्चल मनका दिवशलाई आफ्नो शरीरमा भएको समस्याका बारेमा थाहा हुन थालिसक्यो । महसुस गर्ने थिएनन् होला, साथीभाईहरुले खेल्न जांदा उता जा तेरो शरीरको कालो हामीलाई सर्छ भन्छन् रे ।
त्यसैले दिवश आजकाल साथीहरुसंग खेल्न जांदैनन् । घरमै दिदीसंग खेलेर बस्छन् ।शिलाले मुटु बटारिने कुरा गरिन् । जन्मेको ३ दिनसम्म छोरालाई खेलाउन मन लागेन, सियार्न मन लागेन अनि दुध चुसाउन मन लागेन । किन यस्तो छोरो जन्मियो भनेर तर…जस्तो भएपनि आफ्नै सन्तान त हो, यस्तो हुनुमा ती अवोध बालकको के दोष ।१ कक्षामा पढ्ने दिवसलाई शरीर ढाकेको कालो दाग र रौंले धेरै चिलाउंछ । पाईलट बन्ने सपना बुनेका दिवसको उपचार गर्न परिवारसंग पैसा छैन । डाक्टरले धेरै पैसा लाग्छ भन्ला भनेर यस बिषयमा परिवारले बेवास्ता गरेको देखियो।तर म दिवशलाई यहि अवस्थामा छोड्दिंन् ।
यो भिडियोबाट आएको सबै पैसा लिएर चांडै नै म दांग जान्छु । अनि तपाई सहयोगी मनहरुलाई पनि आर्थिक सहयोग गर्न मनैदेखि आग्रह गर्दछु । सबै मिलेर सहयोग गर्नुहोला । सहयोग गर्नका लागि मलाई ९८४९५९६३१५ मा सम्पर्क गर्नुहोला । मलाई फेसबुकमा फलो गर्न र म्यासेज गर्न यो आईडी सर्च गर्नुहोला । आउनुस अर्को सामाजिक काम गरौं ।यदि कुनै राम्रो चिकित्सकले यो भिडियो हेर्दै हुनुहुन्छ भने यो रोगका बारेमा छलफल गर्न मलाई फोन गर्नुहोला । म दिवश भाईका लागि तपाईलाई भेट्नेछु । आउनुहोस, दिवस र दिवसको ममिसंग गरिएको कुराकानी हेरौं ।
Post a Comment