Latest Updates :

यी हुन् १८९ को ज्यान जाने गरी भएको विमान दुर्घटनाबाट बचेका एक्ला यात्रु

SHARE THIS POST :
एजेन्सी- सोमबार इन्डोनेसियाको जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको एक सय ८८ यात्रु सवार लायन एयरको जहाज दुर्घटनाग्रस्त भएको थियो दुर्घटनाग्रस्त हुने विमान इन्डोनेसियाकै पङकाल पिनाङका लागि उडेको उक्त विमान उडेको १३ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।

विमान दुर्घटनामा परी विमानमा सवार १८८ व्यक्तिको मृत्यु भएको थियो। मृत्यु हुनेमा तीन बच्चा सहित १८१ यात्रु, दुई पायलटहरू र ६ अन्य चालक दलका सदस्यहरू रहेका छन्।

दुई सय १० सिट क्षमताको जहाज उडेको केहि समयमानै सम्पर्कविहिन भएको थियो। समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहीन भएसँगै दुघटनामा परेको रिपोर्टहरुले देखाएका छन्।

यस दुर्घटनामा एक व्यक्ति भने जीवत हुन सफल भएको भन्दै अहिले अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्। इन्डोनेशिया वित्तीयमा कार्यरत रहेका सोनी सेतियावानलाई विमान दुर्घटनाका एकल जीवित व्यक्ति भन्दै संचारहरु सम्प्रेषण भएका छन्।

आफ्ना सहयोगिहरुसँग JT610 विमानमै यात्रा गर्नेवाला थिए। तर विमानस्थल जाँदा अत्याधिक ट्राफिक जाम भएको कारण उनको विमान छुटेको थियो।

एक मिडियासँग कुरा गर्दै उनले भने,” जब मैले विमान दुर्घटना भएको खबर पाए तब मा खुब रोए। किनकि विमानमा मेरा मित्रहरु पनि परेका थिए। म पनि विमान दुर्घटनामा परी मरे भन्दै रोईरहेको आफ्नो परिवारलाई आफू जीउँदै रहेको खबर गर्दाको क्षणलाई म कहिले पनि भुल्न सक्दिन।”
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger