Latest Updates :

यस्तो पो प्रेमः बच्चा जस्तै बोक्छिन् श्रीमानलाई

SHARE THIS POST :
कैलाली टीकापुरका २४ वर्षीय बखत बिष्ट र १८ वर्षीया प्रतिभा विष्ट । सामाजिक सञ्जाल युट्युबमा लगातार ट्रेन्डिङमा छन् । नेपालको युट्युब ट्रेन्डिङको ५० भिडियोमध्ये १० भन्दा बढी उनीहरुकै छ । खासमा उनीहरुको जोडी अचम्मकै छ । श्रीमती भन्दा श्रीमान एकदमै साना छन् । विभिन्न युट्युब च्यानलमा आएको अन्तर्वार्तामा श्रीमतीले श्रीमानलाई जुरुक्कै उचालेका तस्बिर राखेर प्रचार गरिएको छ । विवाहको २ महिनामै परिवारले छुटाउन खोजेको आरोप उनीहरुको छ । त्यसपछि उनीहरु आफ्नो प्रेमलाई सफल बनाउन भागेर काठमाडौं आएका हुन् ।

प्रेम र विवाहः

बखत दिदीकी देवरको विवाहमा गएका थिए । प्रतिभा पनि गाउँको दाइको विवाहमा पुगेकी थिइन् । विवाहमा देखेका उनीहरुले पहिलो भेटमै एकअर्कालाई मन पराइसकेका थिए । विवाहमा नाचगानसँगै उनीहरुको प्रेमको पनि अङ्कुरण भयो । त्यहाँ उनीहरुले एकअर्काको मोबाइल नम्बरसम्म साटासाट गरे । त्यसपछि नियमित गफगाफ हुन थाल्यो र उनीहरुको मायाप्रेम बस्यो । मायाप्रेमपछि बखतलाई जतिसक्दो चाँडो सँगै बस्न पाए हुथ्यो जस्तो भइसकेको रहेछ । विवाहको प्रस्ताव पनि बखतले नै राखेका थिए । प्रेममा परेको १ महिना नबित्दै उनीहरुले विवाह गरे ।

परिवार बाधकः

विवाह त गरे तर उनीहरुको सम्बन्धमा परिवार बाधक बन्यो । दशैँअघि नै काठमाडौं बसेका उनीहरुलाई घरपरिवारले राम्रै तरिकाले फोन गरेर घरमा बोलाए । राम्रै कुरा गरेर घर बोलाएका उनीहरुलाई घर परिवारले २ महिना छुटाएर राखिदिए । घरपरिवारबाट काठमाडौं आउन नदिएपछि प्रतिभा आफैँ भागेर काठमाडौं आइन् र पुनः उनीहरु सँगै बस्न थाले ।

अछाम पुख्र्यौली घर भएका बखत अहिले राजधानीमा छोटो चलचित्रको स्क्रिप्ट लेखन, गीत रचना, नृत्य गर्ने तथा विभिन्न सांस्कृतिक कार्यक्रममा गाएर आम्दानी गर्छन् । बखतको सपना कलाकार बन्नु हो । त्यसकै लागि श्रीमतीले साथ दिए अझै राम्रो कलाकार बन्ने सोच छ । विभिन्न युट्युबरसँगको अन्तर्वार्तामा प्रतिभाले बखतलाई उचालेका छन् । यो दृश्यलाई सबैले चाख दिएर हेरिरहेका छन् । बखतको तौल २० केजी छ भने श्रीमती प्रतिभाको तौल ५० को हाराहारीमा भएको उनीहरु नै स्वीकार्छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger