Latest Updates :

युएईमा नेपाली युवतीबीच बबाल झगडा, एकको मृत्यु तीन घाइते

SHARE THIS POST :

काठमाडौं। युएइमा नेपाली युवतीहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

झगडा गर्ने युवतीहरु युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत थिए । नुवाकोट जिल्ला घर भएकी सोनी तामाङले ४ जनालाई छुरा प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको मृत्यू भएको र बाँकी ३ जना घाइते भएको अबुधाबीस्थित नेपाली दुतावासले जनाएको छ ।

झगडाका क्रममा ममता चौधरी गम्भीर घाइते रहेको र चौधरीको आईसियुमा उपचार भइरहेको समेत दुतावासले जानकारी दिएको छ । घटनामा घाइते भएकामध्ये सलिना मगर र आशा दर्जी उपचार पछि कार्यस्थल फर्किसकेको दुतावासले जनाएको छ । घाइतेहरुको ठेगाना भने खुलेको छैन ।

सोनी तामाङले मादक पर्दाथ सेवन गरि झगडा सुरु गर्दा युवतीहरुबीचमा झगडाले उग्र रुप लिएकोले छुराप्रहार सम्म चलेको नेपाली दूतावास आबुधावीका कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिएका छन् ।

हत्यामा संलग्न तामाङलाई उनले प्रयोग गरेको छुरासहित त्यहाँको प्रहरीले नियन्त्रणमा लिइसकेको समेत उनले बताए ।

हत्यारा तामाङलाई युएईको कानुन बमोजिम नै कारबाही हुने दुतावासले जनाएको छ । युएइको कानुन अनुसार मृतकको परिवारको माग अनुसार हत्यामा संलग्नलाई मृत्यूदण्ड वा ब्लडमनीको जरिवाना हुनसक्ने प्रावधान रहेको दुतावासले जानकारी दिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger