झमक्क साँझ परेपछि उनकै प्रतिक्षामा बसेका हजारौ दर्शकहरुलाई शान्त पार्दै कार्यक्रम सञ्चालकले सरस्वती आएको सुईँको दिनबित्तिकै दर्शकहरुको उत्साह झन बढयो । सेतो जिपमा चढेर आएकी सरस्वतीलाई सिधै स्टेज अगाडी रोकेर स्टेजमा उतारियो ।
शुरुमै हिन्दी गीत गाएर माहोल तताएपछि बिस्तारै उनले आफना गित गाईन । उनका सबै गीतमा वान्समोरको बर्षा भई नै रहयो । कार्यक्रमको अन्त्यतिर उनले आफनो पछिल्लो गित भैसी हात्ति गाएर मञ्चबाट बिदा भईन । दशै उत्सब अन्र्तगत देशका बिभिन्न ठाँउमा सरस्वतीका कार्यक्रमहरु भईरहेको छ । शनिबार उनले झापाका दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिईन ।
Post a Comment