Latest Updates :

यसरी बैंकको काउन्टरबाट लुटिएको थियो १७ लाख

SHARE THIS POST :
झापा,बैंक भित्र सुरक्षाका लागि राखिएको सुरक्षा गार्ड अनि बिर्तामोड आसपासमा रहेका सयौं सुरक्षाकर्मी ,तर यी बिचमै घटेको बिर्तामोडको एक घटना ।

अचम्वको कुरा त के छ भने बैंकमा रकम चोरेर भाग्ने चोर ५ सेकेन्डको समयमा कता हरायो । बैंकबाट तल झर्न समेत ५ सेकेन्ड लाग्छ,तर त्यो समय हल्ला किन हुन सकेन । कि भएर पनि चोर समात्न चासो नदेखाएको हो ।
झापाको बिर्तामोडस्थित एनएमबी बैंक शाखा कार्यालयमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन–१ निवासी शेरबहादुर गुरुङको रकम बैंक भित्रैबाट चोरी भएको हो ।

गुरुङले जम्मा गर्न ल्याएको १६ लाख ९९ हजार रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गुरुङले रकम बोकेको झोला काउण्टरमा राखेर भौचर भर्दै गर्दा उनको झोलासहित रकम चोरी भएको हो।

झोला चोरी गर्न व्यक्तिको खोजी कार्य भइरहेको छु, प्रहरी निरीक्षक अधिकारीले भने, “बैंकमा लगाइएको सिसी क्यामेराले काम गरेन, फुटेज मधुरो आएकोले व्यक्तिको पहिचान गर्न सकिएन, तैपनि प्रहरीले चोरको खोजी कार्य तीव्र बनाएको छ।”

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger