Latest Updates :

इंडोनेशियामा लायन एयरको विमान समुन्द्रमा दुर्घटनाग्रस्त, १८८ यात्री थिए सवार

SHARE THIS POST :

इंडोनेशियाको राजधानि जाकार्ताबाट पंगकल पिनांग को लागी उडेको लायन एयरको JT-610 विमान समुन्द्रमा दुर्घटनाग्रस्त भएको छ । इंडोनेशियाको आपद एजेन्सिका अनुसार १८८ यात्री र चालक दलका सदस्य सवार विमान उडेको १३ मिनेट पछि नै गायब भएको बताइएको छ ।

सिंगापुर स्ट्रेट टाइम्सका अनुसार, आज विहान स्थानीय समय अनुसार ६.३३ बजेदेखी नै फ्लाइटको एयर ट्राफिक कन्ट्रोलसँग कुनै पनि सम्पर्क नभएको र समुन्द्रमा गाएब भएको प्रारम्भिक अनुमान गरिएको छ । विमानको खोजी कार्यको लागी अपरेशन शुरु गरीसकेकीएको छ ।

इंडोनेशियाको खोज तथा बचाउ एजेन्सिको हवाला दिदै न्यूज एजेन्सि रयूटर्सका अनुसार यात्रुहरुले भरिएको फ्लाइट समुन्द्रमा क्रेस भएको छ । रिपोर्टमा भनिएको छ कि एजेंन्सिका प्रवक्ता यूसुफ लातिफले भनेका छन् “यो पुष्टि गरिएको छ कि विमान दुर्घटनाग्रस्त भएको छ ।

यो विमान JT-610 थियो जसले विहान ६.२० बजे उडान भरेको थियो, यो ७.२० मा ल्याण्ड गनुपर्ने थियो । यद्यपी, विमान ६.३३ मा नै दुर्घटनामा परेको हो । विमानको सक्पर्क जुन समयमा टुट्यो त्यो समयमा विमानको उचाईमा करीब २,००० फिटको कमी आएको थियो ।

च्यानल न्यूज एशियाले भनेको छ क जे ६१० मा २ जना नवजात शिशु सहित १८९ जना सवार थिए । विमानको खोजीको लागी ठुलो खोज अपरेशन शुरु गरिएको छ । मिडिया रिपोर्ट अनुसार लायन एयर ग्रुपका चीफ एग्जीक्यूटिभ एडवर्ड स्ट्रेटले हामी यो हालतमा केही पनि बताउन नसक्ने जनाएका छन् ।साभार/www.setokhabar.com

यो पनि पढौ

किन बस्ने भगवान महादेवको ब्रत सोमबार ? यस्तो छ कारण !

एकजना असाध्यै धनवान व्यापारी थियो, उसको घरमा धन आदिको कुनै किसिमको कमी हुँदैनथ्यो। तर ऊ सन्ततिसुखको अभावको पीडा भोग्दै थियो। यही नै साहूको चिन्ताको विषय थियो। ऊ पुत्रको कामना गर्दै प्रति सोमवारका दिन शिवजीको व्रत र पूजन गर्ने गर्दथ्यो र सायंकालमा शिव मन्दिरमा गएर शिवजीको श्री विग्रहअगाडि दियो बाल्ने गर्थ्यो।

उसको यस भक्तिभावलाई विचार गरेर एकपटक श्री पार्वतीमाताले शिवजीसँग भन्नुभयो – हे स्वामी ! यो वैश्य हजुरको अनन्य भक्त हो अनि सदैव हजुरको व्रत र पूजन असाध्यै श्रद्धापुर्वक गर्दछ। यसको मनोकामना त पूर्ण गर्नुपर्दछ।
पार्वतीका कुरा सुनेर शिवजीले भन्नुभयो – हे पार्वती। यो संसार कर्मक्षेत्र हो। जसरी किसान खेतमा जस्तो बीउ छर्दछ त्यस्तै फल प्राप्त गर्दछ। त्यसरी नै यस संसारमा प्राणीले जस्तो कर्म गरेको हुन्छ त्यस्तै फल भोग्न पाउँछ। पार्वतीले अत्यन्त आग्रहपूर्वक भन्नुभयो – महाराज !

जब ऊ हजुरको अनन्य भक्त छ र यसलाई कुनै किसिमको दुःख छ भने त्यस कष्टलाई अवश्य निवारण गर्नु पर्छ किनकि हजुर सदैव आफ्ना भक्तप्रति दयालु हुने गर्नुहुन्छ र तिनका समस्त दुःखकष्ट निवारण गर्नुहुन्छ। यदि हजुरले भक्तलाई राहत प्रदान गर्नु भएन भने मनुष्यले हजुरको सेवा तथा व्रत किन पो लिनु र ? पार्वतीको यस्तो आग्रह सुनेर भगवान भोलेनाथ पुनः भन्न थाल्नुभयो – हे पार्वती ! यसको कुनै सन्तति छैनन त्यसैले यो चिन्ताग्रस्त भई दुःखी जीवन व्यतीत गर्दछ।

यसको भाग्यमा सन्तान छैनन तथापि म तिम्रो आग्रहका कारण यसलाई पुत्रप्राप्तिको वरदान प्रदान गर्दछु। तर उक्त पुत्र बाह्रवर्षसम्म मात्र जीवित रहने छ। यसबाहेक यस भक्तका लागि म अरु केही पनि गर्न सक्दिन। यी सबै कुरा वैश्यले समेत सुनिरहेको थियो, यसबाट उसलाई न प्रसन्नता नै भयो न केही दुःख नै। ऊ पहिले जसरी नै शिवजीको व्रत र पूजन गर्दै रह्यो। केही समय व्यतीत भएपछि साहूकी स्त्री गर्भवती भई र दस महिनापछि उसको गर्भबाट एउटा अति सुन्दर पुत्रको जन्म भयो। साहूका घरमा ठूलो उत्सव मनाइयो तर साहूले नवजात शिशुको बाह्र]वर्षको मात्र आयु छ भन्ने थाहा पाएर धेरै प्रसन्नता व्यक्त गरेन र न कसैलाई यस रहस्यको भेद नै बतायो।

जब त्यो बालक ११ वर्षको भयो, बालककी आमा त्यसको व्रतबन्ध, विवाह आदि संस्कार संपन्न गर्ने कुरा गर्न थालिन तर साहू यस कुरामा सहमत भएन। बरु उसले पुत्रलाई अध्ययन गर्न काशी पठाउने निधो गर्यो। व्यापारीले आफ्नो सालो अर्थात् बालकको मामालाई प्रशस्त धन उपलब्ध गराई बाटोमा जुन स्थानमा पुगे पनि यज्ञ गर्दै र ब्राहमण-भोजन गराउँदै बालकलाई काशी लिएर जान आदेश गर्यो। ती दुबै मामा-भाञ्जा यज्ञ संपन्न गर्दै र ब्राहमण-भोजन गराउँदै जाँदै थिए। बाटोमा तिनले एउटा सहर भेटे।

त्यस सहरमा राजाकी छोरीको विवाह हुँदै थियो र अन्य देशको राजाको छोरो जो विवाह गर्न जन्ती लिएर आएको थियो त्यो विचरा कानो थियो। दुलाहाका पितालाई कतै कन्यापक्षले दुलाहालाई देखेर विवाहमा अवरोध सिर्जना गर्ने त होइनन भन्ने चिन्ता थियो।

बाटोमा बेउलाको बाबुले अति सुन्दर साहूपुत्रलाई देखेर मनैमन विचार गर्यो, स्वागतद्वारमा यही बच्चोलाई बेउलो बनाएर राख्नु पर्ला ! यस्तो सोचेर वरका पिताले त्यस केटो र उसका मामासँग कुरा गर्दा ती पनि यस कुरामा सहमत भए। अनि त्यस वैश्यपुत्रलाई बेउलाका पहिरन लगाएर घोडामा चढ़ाएर स्वागतद्वारमा लिएर गए र सबै कार्य प्रसन्नतापूर्वक पूर्ण भयो।

त्यसपछि वरका पिता पुनः विचार गर्न थाल्यो, यदि विवाहका अन्य कार्य पनि यसै केटाको सहयोग लिई गर्दा के बेफाइदा होला र ? बेउलाको पिताले वैश्यपुत्र र उसका मामासँग भन्यो – यदि तपाईंले यज्ञमण्डपमा बेउलाको सट्टामा यिनै बालकको सहयोगमा यज्ञ, गोडधुवा, कन्यादान आदि विवाहका शेषकृत्य सम्पन्न गराउनु भए ठूलो कृपा हुनेथियो। म यसको प्रत्युपकारमा हजुरलाई प्रशस्त धन प्रदान गर्नेछु।

ती दुबै मामाभान्जाले राजाको प्रस्ताव स्वीकार गरे र विवाहको शेष कार्य पनि साह्रै राम्ररी सम्पन्न भयो। तर विदा हुने बेलामा त्यस व्यापारीपुत्रले राजुकुमारीको खास्टोको छेउमा लेख्यो – तेरो विवाह त छलपूर्वक म वैश्यपुत्रसँग भएको छ र जुन राजकुमारसित तँलाई विदाई गरी पठाउने छन त्यो केटो त कानो छ। म अध्ययन गर्ने उद्देश्यले काशी पढ़न जाँदैछु। केटो गएपछि राजकुमारीले आफ्नो खास्टोमा लेखेको देखि र उसले राजकुमारसंगै जान अस्वीकार गरी। बेउलीले भनी – यो राजकुमार मेरो पति होइन, मेरो विवाह यससङ्ग भएको होइन। मेरा पति त अध्ययन गर्न काशी गएकाछन। राजकुमारीका माता-पिताले यथार्थ कुरो पत्ता लगाए र आफ्नी छोरीको विदाइ गरेनन अनि जन्ती बेउलीबिना नै फिर्ता गयो। उता सेठको छोरो र उसको मामा काशी पुगे।

त्यहाँ पनि तिनले यज्ञ गर्ने सिलसिला जारी राखे साथै केटोले अध्ययन प्रारम्भ गर्यो। जब केटाको आयु बाह्र वर्षको भयो त्यस दिन पनि यज्ञको योजना हुँदैथियो कि केटो अचानक बिरामी भयो र उसले मामासँग भन्यो – मामा आज मेरो स्वास्थ्य ठीक छैन। मामाले भित्र गई आराम गर्न भने। केटो भित्र पसेर सुत्यो र केही समयपछि उसका प्राणपखेरु उडे। मृत भान्जो देखेर मामालाई असाध्यै पीडा भयो अनि सोच्न थाल्यो यदि मैले शोकका कारण रुनकराउन थालें भने यज्ञको संपादनमा विघ्न आउने छ, अतः उसले शीघ्रताका साथ यज्ञ सम्पन्न गरी ब्राहमण विदा गरेपछि रुनकराउन र छट्पटाउन थाल्यो।

संयोगवश त्यसै समयमा शिव-पार्वती पनि त्यही बाटो पारी कतै जाँदै हुनुहुन्थ्यो। माता पार्वतीका साथमा भगवानले ठूलोठूलो स्वरमा रोएको आवाज सुन्नुभयो अनि पार्वतीमातले भगवानलाई भन्नुभयो – हे ख्वामित् ! कुनै दुखिया रोइरहेको छ यसको कष्ट निवारण गर्नुहवस्। शिव-पार्वती नजीकै गएर हेर्दा मृत अवस्थामा पुगेको त्यही वैश्यपुत्रलाई देख्नुभयो। माता पार्वतीले पुनः भन्नुभयो – स्वामी ! यो त त्यसै सेठको छोरो हो, जो हजुरको वरदानस्वरूप जन्मिएको थियो। शिवजीले आज्ञा गर्नुभयो – पार्वती ! यसको आयु यत्ति नै थियो जुन यसले भोग गरिसक्यो।

अनि पुनः पार्वतीले भन्नुभयो – हे मालिक ! यस बच्चालाई अझ आयु प्रदान गर्नुहवस नत्र यसका माता-पिता तड़पी-तड़पी मृत्युपरवश हुनेछन। पार्वतीले बारम्बार आग्रह गर्दा शिवजीले त्यसलाई जीवन प्रदान गर्नुभयो र शिवजीको कृपाले केटो जीवित हुन पुग्यो।शिवजी-पार्वती आफ्नो धाम कैलाश जानुभयो। त्यसपछि त्यो केटो र मामा पहिले जसरी नै यज्ञ गर्दै र ब्राहमण-भोजन गराउँदै आफ्नो घरतिर लागे। बाटोमा त्यही सहर आयो जहाँ केटाको विवाह भएको थियो।

त्यहां आएर तिनले यज्ञ आरंभ गरे, राजाले त्यस वैश्यपुत्रलाई चिन्यो र महलमा लगेर ती दुबैको स्वागतसम्मान गर्यो। साथै धेरै दास-दासीसहित विधिपूर्वक छोरीज्वाइँलाई विदा गर्यो। आफ्नो सहरका नजीकमा पुगेपछि मामा घरमा खबर गर्न बेउलाबेउलीभन्दा पहिले नै घरतर्फ गयो। उता बाह्रवर्ष बितेपछि त्यस केटाका माता-पिता घरको छानामा बसेर यदि हाम्रो पुत्र सकुशल फर्कियो भने राजी-खुशीसाथ छानाबाट तल झर्ने नत्र छतबाट फाल हालेर प्राण त्याग्ने भनी प्रतिज्ञाबद्ध भई छोराको बाटो कुरेर बसेका थिए ।

त्यत्तिकैमा त्यहां आई पुगेको केटाको मामाले व्यापारीदम्पतिको पुत्र पुत्रवधुका साथमा प्रशस्त धनसंपत्तिसमेतको समाचार भन्यो। सेठदम्पति आनन्दपूर्वक तल झरे र छोराबुहारीको विधिवत स्वागत गरे। त्यसपछि उनीहरू बडो प्रसन्नताका साथमा जीवन यापन गर्न थाले। जसले सोमवारको व्रत विधिपूर्वक लिने गर्दछ, त्यसका सम्पूर्ण मनोकांक्षा पूर्ण हुनेछन् अथवा सोमबारका दिन यस कथालाई पढ़नाले वा सुन्नाले मात्र पनि उसका समस्त मनोकामना पूर्ण हुन्छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger