Latest Updates :

१८ वर्षीया युवतीको बलात्कारपछि हत्या, हत्या पछि शव यस्तो अवस्थामा राखेको भेटियो (भिडियो)

SHARE THIS POST :
काठमाडौं । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको र हत्याराको बारेमा किटानी जोहरी दिँदासमेत प्रहरीले अहिलेसम्म अपराधीलाई फक्राउ गर्न ढिलाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ । पीडित परिवारले तत्काल अपराधी पहिचान गरि पक्राउ गरेर कानून अनुसार कडा कारबाही गर्न समेत माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित परिवारले भदौ ७ गतेबाट बेपत्ता भएर मृत भेटिएकी छोरीका हत्यारालाई प्रहरीले पहिचान गरेर पक्राउ गर्न नसकेको आरोप लगाएका हुन । छोरीको हत्यामा संलग्न भएको दाबी गर्दै किटानी दिँदासमेत हत्यारालाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै मृतक नेपालीका बुबा तुलामान नेपालीले सरकारप्रति आक्रोश पोखे ।

परिवारले दिएको जानकारी अनुसार मृत्तक लक्ष्मी भदौ ७ गते दिउँसो ४ बजेदेखि एक्कासी सम्पर्कविहिन भएकी थिईन् । मृत्तककी बुवा तुलामानले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भदौ ७ गतेबाट सम्पर्कविहिन भएकी छोरी भदौ १५ गते का दिन काठमाडौं वडा नम्बर ३ स्थित् बसुन्धरास्थित् स्पिड गेष्ट हाउसको कोठा नं. १०१ मृत अवस्थामा भेटिएको भन्ने महाननगरीय प्रहरी बृत्त मराजगंजबाट जानकारी पाउना साथ उक्त प्रहरी बृत्तमा सम्पर्कमा गई घट्नाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा भन्दा कडा कारबाहीको होस भनि जोडदार माग गर्दै आवश्यक कानुनी कारवाहीको लागि मिति २०७५ भदौ १६ गतेका दिन महानगरीय प्रहरी बृत्त महारजगंजमा जाहेरी दिएको थिएँ ।’ विज्ञप्तीमा थप भनिएको छ, ‘तत्पश्चात् मृतकको शब पोष्टमार्टम गरियो भने अनुशन्धानको लागि थप सहयोग हुने भनि महानगरीय प्रहरी बृत्त महाराजगंजले आग्रह गरेको हुँदा पोष्टमार्टमको लागि म पीडित पक्ष निवेदकले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गरें । तर, प्रहरी अनुशन्धानको लागि आफ्नो स्थानबाट सक्ने सबै किसिमको सहयोग गर्दासमेत आज मिति २०७५ साल भदौ २६ गतेसम्म पनि अपराधी सार्वजनिक हुन नसक्नुले अत्यन्तै दुःखित भएको छु । यस दुःखद् घट्नाको सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गरी कानुनी राज्यको प्रत्याभुति गराउन सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकार्षणको लागि तपाई पत्रकार मित्रहरुसमक्ष सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।’

पत्रकार सम्मेलनमा ‘छोरीको हत्याराको नामसहित मैले जाहेरी दिएको छु । विगत लामो समयदेखि छोरीसँग कुरा गर्ने र बिदेशमा बस्ने खोटाङ्का अनिल परियारको नाममा मैले जाहेरी दिएको छु । छोरी वेपत्ता भएको ४ दिनसम्म छोरीको मोबाईलमा फोन लागिरहेको थियो । तर, प्रहरीले पक्राउ गर्न सकेन । मैले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत भेटेर न्याय दिन आग्रह गरिसकेको छु । प्रहरी प्रसाशनले अनुसन्धान भईरहेको छ भन्छ । तर, खै परिणाम अहिलेसम्म केही पनि आएको छैन् । मेरो माग दोषीको पहिचान गरि उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्यो ।’ त्यस्तै कार्यक्रममा पत्रकार ऋषि धमलाले अपराधमा संलग्नलाई पहिचान गरि कानूनबमोजिक कडा सजाय गर्न माग गरेका छन् । उनले भने,‘बलात्कारजस्तो जघन्य अपराधले दिनप्रतिदिन जरा हाम्रो समाजमा गाढिरहेको छ । यस परिस्थितिमा सरकालाई मेरो आग्रह छ, बलात्कारीलाई कुनैपनि हालतमा पक्राउ गरेर कानूनको दायरामा ल्याउनुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ ।’ त्यस्तै महिला आयोगकी पूर्वअध्यक्ष मनु हुमागाइँले वर्तमान सरकार महिलाको बारेमा सुरक्षा दिन पूरै असफल भएको आरोप लगाएकी छन् । उनले भनिन्,‘वर्तमान सरकार महिलाको सुरक्षाको बारेमा गम्भिर देखिएन । १९ दिनसम्म पनि लक्ष्मी नेपालीका हत्यारालाई पक्राउ गर्न सकेको छैन् । प्रहरी प्रसाशनले तदारुकताका साथ काम गर्न सकेन । सरकार त पूरै अपराधी र गुण्डाहरुको ईशारामा चलेकोजस्तो देखिन्छ । निर्मला पन्तको हत्या भएको डेढ महिना भईसक्यो । त्यत्रो आन्दोलन भयो । अर्को बालकमाथि गोली प्रहार गरियो र उनको ज्यानै गयो । आजका दिनसम्म अपराधिलाई पक्राउ गरेर सार्वजनिक गर्न सकेको छैन् ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger