Latest Updates :

भेटियो अहिलेसम्मकै अदभुत माछा, आराजस्तो ३२ दाँत भएको डरलाग्दो माछा फेला (भिडियो सहित)

SHARE THIS POST :
भारतको महाराष्ट्रस्थित सिंधुदुर्ग जिल्लाको बिजयदुर्ग सामुद्रिक तटमा माछा मार्ने क्रममा ३२ ओटा दाँत भएको दुर्लभ ‘आरेमाछा’ समातिएको छ।

गत सोमबार स्थानिय माछा मार्ने मछुवाहरुले जालमा अजिबको माछा देखेपछि बाहिर निकालेका थिए । करिव १६ फुट लामो उक्त माछा ७०० किलो भएको र नाकबाट बाहिर काठ काट्ने आरा जस्तो धारिलो ३२ ओटा ठूला ठूला दाँत रहेको स्थानियहरुले बताएका छन्।

समुद्रमा कमैमात्र पाइने यो माछाको वास्तविक नाम भने सफिस (आरामाछा) तथा ‘कारपेण्टर शार्क’ भनिन्छ। सिंधुदुर्ग जिल्ला प्रमुख उदय चौधरीका अनुसार स्थानिय मछुवा मुनीर मुजावारले गत आइतबार थापेको जालमा सफिस परेको र सोमबारमात्रै थाहा पाएर पाँच जना मिलेर झिकिएको बताए।

स्थानीय मछुवा मुजावारले सफिस ७०० किलोको रहेको र लामो नाकसंग जोडिएको मुखमा ३२ ओटा धारिलो दाँत भएको बताए । उनले भने–‘मैले थापेको जालमा माछाको नाक अल्झेको थियो।’ सिंधुदुर्ग जिल्लाको दक्षिण बन्दगाहमा शार्कमाछा अवलोकनको लागी प्रसिद्ध मानिन्छ।

सात प्रजातीमा मात्रै रहेको सफिस भारत, इरान, श्रीलंका, बगंलादेश, मलेसिया म्यानमार लगायतको देशहरुमा कमै मात्र पाइन्छ । साथै सफिसलाई माछा संरक्षणकर्ताहरुले निकट भविष्यमै पृथ्वीबाट लोप हुने माछाको सुचिमा सफिस रहेको उल्लेख गरेका छन्।

यसप्रकारको माछा भारतमा विक्रीबितरण गर्न रोक लगाइएकोले महंगो रकममा तस्करी हुने जिल्ला प्रमुख चौधरीले बताए । उनका अनुसार नियमानुसार ७० प्रतिशत माछालाई जहाँबाट समातिएको हो त्यहिं छोड्नुपर्छ अन्यथा सरकारकोे संरक्षणमा राख्नुपर्छ।

अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइसियूएन)ले यस प्रजातीको माछालाई कुनै हानी गरे अन्र्तराष्ट्रिय वन्यजन्तु संरक्षण ऐन १९७२ अन्र्तगत कारवाहि गर्ने गर्दछ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger