आज बिहान सो दुर्घटना हुँदा दुर्घटनास्थलमा पाँचजनाको मृत्यु भएको थियो । मृत्यु भएका अन्य ५ जनाको पनि सनाखत भएको छ ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको थियो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा गुल्मी घर भइ नेपाली सेनामा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङ सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरीका ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेको प्रहरीले जनाएको छ ।
बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
Post a Comment