Latest Updates :

आठ महिने शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ

SHARE THIS POST :
महोत्तरीको औरही नगरपालिकाकी ८ महिने शिशु सोनाली चौधरीको हत्याको अभियोगमा पक्राउ परेका छन् । सोनालीको हत्या भएको झण्डै २ महिनापछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् ।

सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको इनरवा भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो । भण्टाबारी प्रहरी चौकीको टोलीले शिशु हत्याको अभियुक्तलाई पक्राउ गरेको हो  महोत्तरीको भंगहा प्रहरी चौकीमा केही महिना अघि इन्चार्जको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले पक्राउ गर्न सफल भएको जनाइएको छ ।
पक्राउ परेका हत्यारा साहलाई महोत्तरी ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गएको भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर बलात्कार गरी हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए । शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दै आएका थिए ।

घटना पश्चात हत्यारालाई चाँडो पक्राउ गरी कार्वाही गर्न औरहीबासीन्दाले बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलनसमेत गरेका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger