Latest Updates :

२२ वर्षकै उमेरमा १०३ वेवारिसे लाशको दाहसंस्कार गर्ने यी समाजसेवीको मार्मिक कथा [हेर्नुहोस् भिडियो]

SHARE THIS POST :
दोलालघाट जन्मिएकी पवित्रा लामाको बाल्यकाल कोशिपरिमा बित्यो। उनी सानै देखि संचारकर्मी बन्न चाहन्थिन्। त्यसैले पनि उनको सपना बिपनामा बदल्न उनी कोशीपारी देखि धुलिखेल सम्म भागेर आइन्। त्यतिबेला उनले भर्खर एसएलसी पास गरेकी थिइन्। उनको एक दिदि थिइन् जसले उनलाई संचारकर्मी बन्न हौसाईन्। दिदिको साथ अनि आफ्नो इक्षा पुरा गर्न उनी लागि परिन्। उनको सानै देखिको सपना माध्यम बन्यो रेडियो शेफहर्ड।

धुलिखेल स्थित रेडियो शेफहर्ड कार्यक्रम संचालन गर्ने अवसर पाइन्। उनका पाहिला यतिमा नै रोकिएन। उनी ‘याक्सन फर सोसियल चेन्ज’ नामक सामाजिक संस्था आवद्ध भईन्। वरिष्ठ समाजसेवी बिनय जंग बस्नेतको प्रेरणा, हौसला र साथसहयोगमा उनी यस संस्थामा आवद्ध भएको उनको भनाई रहेको छ।

बिगत लामो समय देखि समाजसेवामा लागेका बिनय जंग बस्नेत वेवारिसे लासको उत्थान गर्दै जलाउने, जाडरक्सिको कुलतमा फसेकालाई कुलतबाट निकाल्ने, गरिव, असहाय र दुखिलाई सकेको सहयोग गर्ने गर्दछन्। यो सब त उनको जीवनको एक पाटो नै बनिसकेको छ। उनको याक्सन फर सोसियल चेन्ज नामक संस्था मार्फत उनले समाजसेवामा अतुलनिय योगदान पुराउदै आएका छन्।

बिनय जंग बस्नेत संगै पवित्रा पनि यी सबै काममा सक्रिय छिन्। बिनय जंग बस्नेत पुरुष पक्षबाट संस्थापक अध्यक्ष हुन् भने महिला पक्षबाट उनि संस्थापक अध्यक्ष पनि हुन्। महिला भएर पनि उनले वेवारिशे लाशको दाहसंस्कार दखि हरेक कुरामा बिना हिच्किचाहट सक्रिय छिन्।

हुन त पवित्रा आफैमा समाजसेवी भवना भएकी नारि हुन्। उमेरमा उनी भर्खर २२ वर्षको भईन्। तर पनि उनका कार्य परिपक्क व्यक्तिको जस्तो छ। यो सबको पछाडी उनी आफ्नो आमालाई पनि श्रेय दिन चाहन्छिन्। जब उनी केहि बुझ्ने भइन् तब उनका पिताले अर्को श्रीमती विवाह गरे। आफ्नो पिताको यस्तो हर्कतले उनको घरपरिवारमा ठुलो विपत परेको उनी बताउछिन्। उनले भनिन् ,’जति दुख गरेर भए पनि आमाले हामीलाई कुनै कुराको कमि हुन दिनु भएन। मेलापात गरेर भएपनि आमाले हाम्रो सबै इक्षा पुरा गर्दिनु भयो। मेरो आमा पनि समाज सेवी नै हुनुहुन्छ त्यसैले पनि म पनि समाजको नै सेवा गर्न चाहान्छु। ‘

विगतको समयमा धेरै दुख पाए पनि अहिले पवित्राका पिता माता एकै परिवारम मिलेर बसेका छन्। उनी पनि अहिले खुसि नि छिन्। आर्थिक स्थिति पनि अहिले निकै सुध्रिदै गएकोले अहिले स- परिवार खुसि छन्। आफुले गरेको काममा सधै आफ्नो परिवारले साथसहयोग गरेकोमा उनलाई अगाडी बढ्न अझै प्रेरणा तथा हौसला पुगेको उनको भनाई रहेको छ।

उनि भन्छिन् ,’नारीले के गर्न सक्दिन र ! हामीले आफैले आफ्नो लागि गर्नु पर्छ। अरुको मुख ताकेर बस्नु मुर्खता हो।’ सानै देखि अत्याचार नसहने, बोल्नमा पोख्त उनी राजनीतिमा पनि नलागेकी होइनन्। उनको आमाको राजनीतिमा केहि राजनीतिज्ञसँग चिनजान भएकोले उनले टिकट पनि सजिलै पाईन्। आफ्नो गाउँबाट उनि उपमेयरको लागि उठिन्। प्रयास गरिन् तर असफल भइन्। त्यसपश्चात उनलाई राजनीति सोझाको लागि रहेनछ भन्ने लाग्यो र हाल उनी राजनीतिमा सक्रिय छैनन्।

हाल उनी समाजसेवामा नै व्यस्त हुन्छिन्। उनको अधिकतम समय सेवामा नै बित्छ। मिठोमिठो खाने, रमाउने, घुम्ने रहर रहरमा निया सिमित राखेर अरुको सेवामा लागि परेकी उनलाई आफ्नो जीवनमा कुनै विस्मात छैन।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger