Latest Updates :

दशैं मान्न आउछु भनेर फोन गरेका छोरा काठको बाकसमा फर्किँदा थामीएन आँसु

SHARE THIS POST :
जीतबहादुरले परदेशको ठाउँ, भनेको बेला छोराले विदा पाएन होला भन्दै चित्त बुझाए ।तर, केही दिनमा दुःखद खबर आयो, साउदीमा ड्राइभिङ गर्दै आएका ज्वाला दुर्घटनामा परे । उनको उतै मृत्यु भयो ।बुधबार दशैंको पहिलो दिन धेरै आमाबाबु विदेशबाट फर्किएका सन्तानलाई विमानस्थलमा स्वागत गरिरहँदा जीतबहादुर भने काठको बाकसमा आएको छोराको शब बुझ्दै थिए ।

छोराको शव राखिएको बाकस देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन् ।जति पटक पुछे पनि उनका बलिन्धारा आँशु खसिरहे । बुढेसकालको साहारा ठानेका छोराको शव बुझ्न विवश बाबुको यो हाल देख्नेहरुको पनि आँखा रसाए । परिवारका सदस्यहरुका अनुसार ३४ वर्षका ज्वाला दुई वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । ८ असोजमा फोन गरेर दशैंमा घर आउँछु भनेका थिए । तर विदा नमिलेपछि भाका सारे । भाका भन्दा अघि नै आए तर … ।

‘दशैंमा आउँछु भन्थ्यो, बुहारीले पनि के के भनिदिई अनि मंसिर आउँछु भनेर फोन राखेको हो’, जितबहादुरले भक्कानिँदै यत्ति भन्न सके ।ज्वालाको दुर्घटनामा परेर मृत्यु भएको खबरले जितबहादुरको परिवारमा बिपत्ति बर्सियो । निधन भएको खबर लगत्तै शव ल्याउन पहल थाले पनि प्रक्रिया लामो हुँदा १७ दिनपछि बल्ल छोराको शव ल्याउन सकेको जीतबहादुरले बताए । जीतबहादुरका अनुसार ज्वाला तेस्रो पटक रोजगारीका लागि साउदी अरब गएका थिए ।

यसअघि पनि दशैंमा आउने जाने गर्थे । तर, यो पटक दैवले चुँडेर लग्यो । जीतबहादुरलाई आफ्नो भन्दा पनि नातीको चिन्ताले पिरोलेको छ । पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि दोस्रो विहे गरेर ज्वाला साउदी गएका थिए ।जेठीपट्टीकै छोरा हुन् सृजल । उनी अहिले पाँचमा पढ्छन् । दशैंमा बाबुले नयाँ कपडा ल्याइदेलान भन्ने आशमा रहेका उनी बाबुको निधनको खबरले दशैं हुँदैन भनेर बुझ्नसम्म सक्ने भएका छन् ।



आमा पनि रोजगारीका लागि विदेशमै रहेका सृजललाई कसरी सम्झाउने हो जितबहादुरले सोच्न सकेका छैनन् ।ज्वाला जस्तै धन कमाएर परिवारमा खुसी ल्याउने आशमा विदेशीका नेपालीले वर्षेनी अकालमा ज्यान गुमाउने गरेका छन् । औसतमा दैनिक ३ वटा शव विमानस्थलमा आउँछन् । पछिल्लो दश वर्षको तथ्यांक हेर्ने हो भने यो संख्या भयावह छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger