Latest Updates :

डरलाग्दो चट्टानमा १५ सय खुट्किला उक्लेर बालबालिका स्कुल जाँदै

SHARE THIS POST :
हामीलाई एक देखि दुई घण्टा हिडेर स्कुल जान सहज हुन्छ रु पक्कै सहज हुँदैन । यस्तै, १५ सय खुट्किला उक्लेर स्कुल जानुपर्‍यो भने हाम्रो हालत के होला रु आफैँ कल्पना गर्नुस् । तर दक्षिण–पश्चिमी चीनको एक हिमाली गाउँ लियाङसाङमा स्कुले बालबालिका डरलाग्दो चट्टान ९ठाडो भीर०मा १५ सय खुट्किला उक्लेर स्कुल जान्छन् ।

निकै अग्लो पहाडमा स्टील पाइपको भर्‍याङ झुण्डाइएको छ । भर्‍याङ उक्लेर माथि पुग्न १५ सय खुट्किला छिचोल्नु पर्छ । सो दृश्य गत मे महिनामा पहिलो पटक सार्वजनिक हुँदा लाखौं मानिसहरु आत्तिएका थिए । अहिले त्यहाँका स्थानीयले यात्रालाई कम जोखिमयुक्त बनाउन भर्‍याङमा थप स्टील पाइप जोड्ने तयारी गरेका छन् । त्यहाँको स्थानीय सरकारले करिब १ करोड ५० लाख खर्च गरी भर्‍याङमा थप १५ सय स्टील पाइप जडान गर्ने जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger