दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही वस्तीहरूसमेत डुवानमा परेका छन्। डुवानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको छ। डुवानपछि नगरका अधिकारीले भल निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन्।
भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले आगामी दुई दिनसम्म बर्षा भइरहने जनाएको छ। आइएमडीले हरियाणा, चण्डीगढ, दिल्ली र वरपरका क्षेत्रमा विशाल बर्षा हुने जनाएको छ।
बर्षाको प्रभाव दुईदिनपछि बिस्तारै कम हुने विभागले जनाएको छ। शनिबारको बर्षापछि यमूना बजारमा डुबान हुँदा करिब ३० जना अलपत्र परेको जनाइएको छ। उनीहरू यात्रा गरिरहेको बस सडकमा जम्मा भएको पानीका कारण बिग्रिएपछि उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेका थिए।
Post a Comment