Latest Updates :

३ सय रुपैयाँमा बिहे गरेर एकाएक भाइरल बनेका सञ्जेलको ठुलो रहस्य खुल्यो ! पाहुना बिदा गरेर ‘जग्गे’मा

SHARE THIS POST :
बिहेमा जम्माजम्मी ३०० रुपैयाँ खर्च गरेको भन्दै शिक्षा अभियन्ता उत्तम सञ्जेल सोमबार एकाएक भाइरल बने । ४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेललाई उदाहरणीय काम गरेको भन्दै धेरैले बधाइ दिए ।पशुपति क्षेत्रको गुहेश्वरीमा विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरु उपस्थित थिए ।


दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् । सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३०० रुपैयाँमा बिहे गरेको सबैलाई बताए ।यो खबर एकाएक भाइरल भयो । शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका सञ्जेलले अर्को अनुकरणीय काम गरेको भन्दै समाचार बने, धेरैले बधाइ दिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger