Latest Updates :

बलात्कारबाट बच्न ‘रेप प्रुफ पेन्टी’को आविष्कार हेर्नुहोस भिडियो सहित

SHARE THIS POST :
काठमाडौं । पछिल्लो सयम देशमा जताजतै बलात्कारका घटनाहश्र घटिरहेका छन् । बलात्कार घटना बढिरहँदा यसलाई रोकथाम गर्ने उपायहरुको बारेमा पनि सोच्नेबेला भईसकेको छ । यस्तैक्रममा भारतकी एक किशोरीले बलात्कारबाट बचाउने पेन्टी बनाएकी छिन् । भारतमै ७ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना सुनेपछि उनले यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीमा अध्यनरत छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् ।

यो आम पेन्टीभन्दा फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जोडिएको छ । जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लाग्नेछ । त्यस्तै, पेन्टीमा जडित रेकर्डरले घटनास्थल वरिपरिको आवाजहरूलाई रेकर्ड समेत गर्नेछ । सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताईन् ।

उनले बलात्कारबाट बचाउने पेन्टी आविष्कार गर्ने योजनाअनुसार पेन्टी बनाएको बताइन् । ‘एक महिनाको मिहेनतपछि मैले यो पेन्टी तयार पारेकी हुँ,’ उनले अगाडि भनिन् । पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न सकिँदैन् । न कि यो कपडा जलाउन सकिन्छ ।

पेन्टीमा एउटा बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं. मा स्वचालित रूपमा फोन जान्छ । त्यसपछि प्रहरी पेन्टीमा जडित जीपीआरएसको सहायताबाट महिला भएको स्थानसम्म पुग्नेछन् । उनले यसलाई अझ सुधार र परिष्कृत गर्दै लान सकिने समेत बताइन् ।

पेन्टीको नमुना तयार गर्न उनलाई ५ हजार रुपैयाँ खर्च लागेको उनले जानकारी दिइन् । ‘मलाई थाहा छ, यसलाई सुधार गर्दै बजारमा लैजान सकिन्छ, यो पेन्टी बजारमा पाइने साधारण पेन्टीभन्दा केही महँगो हुन सक्छ,’ उनले अगाडि भनिन्, ‘यद्यपि, सरकारले यसलाई महिला सुरक्षाको योजनासहित गरिब महिलासम्म पु¥याउन सहयोग गर्नेछ ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger