Latest Updates :

यी हुन् श्रीयालाई बलात्कारपछि हत्या गर्ने क्रुर मानिस, यसरी भएको थियो हत्या (भिडियो सहित)

SHARE THIS POST :
पोखरा – पोखराको पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विक हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । छिमेकी २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको हो ।बुधबार बिहानै पक्राउ गरे पनि स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले अभियुक्त पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले अघिल्लो साँझ मादक पदार्थ सेवन गरी श्रीयाको हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरीले बताए अनुसार साँझ पौडेल मदिराले मातेर घर फर्कँदै गर्दा श्रीयालाई बाटैमा भेटेपछि ५ रुपैयाँ दिएर बलात्कार प्रयास गरेका थिए । श्रीयाले प्रतिकार गरिन् । पौडेलले श्रीयालाई १० रुपैयाँ दिएर फेरि बलात्कार प्रयास गरे ।बालिका चिच्याएपछि उनले आक्रमण गरेका थिए । नजिकैको झाडीमा फालिदिएपछि बेहोस हुँदा श्रीयाको मृत्यु भएको आशंकामा पौडेलले ढुंगाले थिचेको बताइएको छ ।पैसा दिएर बलात्कार गर्न खोज्दा हत्या गरेको भन्दै प्रहरीले पौडेललाई बुधबार अपराह्न सार्वजनिक गरेको हो । दिनभर पोखरामा जिल्ला प्रशासन कार्यालय घेरा उगर्दै नारावाजी भएपछि दवावमा परेर प्रहरीले अभियुक्त सार्वजनिक गरेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger