Latest Updates :

रौतहटमा गोलि चल्यो

SHARE THIS POST :
 शव जलाउने क्रममा गाउँलेबीच बुधवार दिउँसो विवादपछि झडप भएको छ । झडपपछि प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर र अश्रुग्यास हानेको छ । रौतहटको गरुडा नगरपालिका–९ स्थित श्रीपुरमा स्थानीय ६५ वर्षीय रामप्रीत सहनीको शव जलाउने क्रममा झडप भएको हो ।

झडपपछिको अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले ३० राउण्ड भन्दा बढी हवार फायर गरेको भने २९ सेल अश्रूग्यास प्रहार गरिएको जनाएको छ । झपडमा केही स्थानीय घाइते भएका छन । एकजना प्रहरी साहयक निरीक्षक विश्वनाथ यादवसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।एक हप्ता अघि पनि त्यही स्थानमा शव जलाउने बिषयमा विवाद भएको थियो । त्यसपछि जनप्रतिनिधी, स्थानीय प्रशासन र गाउँलेबीच छलफल भएको थियो । असोज ३ गते जिल्ला प्रशासन कार्यालय उक्त स्थानमा शव नजालाउने सहमति भएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger